पर्सा  ।  पर्सा प्रहरीले १७६ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।  पर्नेमा बा २१ च ७८५५ नम्बरको पिकअप गाडीका चालक रामेछाप जिल्ला खाँडाडेवी गाउँपालिका– १ का सुबराज श्रेष्ठ रहेका छन्।

प्रहरीले वीरगन्ज महानगरपालिका– १७ कोनियाबाट अलौ जाने क्रममा सोमबार राति ८ बजेको समयमा उक्त गाँजा बरामद गरेको हो। प्रहरी चौकी श्रीसिया ड्राइपोर्टका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादव नेतृत्वको टोलीले उक्त गाँजा बरामद गरेको हो।

पिकअप गाडीको पछाडि बोरामा १२ पोकामा लुकाइएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरी निरीक्षक अमृत बस्नेतले जानकारी दिए।