काठमाडौं— राजावादीहरूले राजसंस्थाको पक्षमा सुरू गरेको संयुक्त आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । आज काठमाडौंको नारायणचौरमा जनप्रदर्शनको कार्यक्रम भए पनि हिजोजस्तै बालुवाटार घेराउ गर्न जाने योजना बनाइएको छ ।आज २ बजे नारायणचौरमा भेला हुन सूचित गरिएको छ । त्यहाँबाट जुलुस लिएर बालुवाटारतर्फ लाग्ने तयारी रहेको राप्रपा नेपालका एक पदाधिकारीले बताए ।उनले भने, ‘आज पनि हाम्रो मुख्य प्रदर्शन बालुवाटारमै हुन्छ । वार्म अपमात्रै नारायणचौरमा हो ।’बालुवाटार निषेधित क्षेत्र हो । हिजो राजावादी प्रदर्शनकारीहरूले बालुवाटारको निषेधित क्षेत्र नतोडिकन प्रदर्शन गरेका थिए । आज पनि हिजैको स्थानमा प्रदर्शन गर्ने तय
काठमाण्डौ । राजावादीले आज नक्साल नारायणचौरमा दिउँसो २ बजे भेला भएर प्रदर्शन गर्ने तयारी गरेका छन् । आन्दोलनमा सहभागी हुनेको संख्या बढ्दै गएको संयुक्त जनआन्दोलन समितिले दाबी गरेको छ ।राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित राजधानीकेन्द्रित आन्दोलनलाई जारी राखेका छन् ।राजावादीले दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने जनाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो ।माग पूरा नभएसम्म आन्दोलन जारी रहने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन । जेठ १५ गतेदेखि राजावादीले राजधानी
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्र
काठमाण्डौ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। आम्दानी बढ्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहे
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल १५९ र डिजेल तथा मट्टितेल १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ । हवाई इन्धनको मूल्य भने घटाएको निगमले जनाएको छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँमा २२ अमेरिकी डलरले घटाइएको छ ।
काठमाडौं— गएराती परेको अविरल वर्षाले कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध भएका छन्। पानीसँगै आएको बाढीले कोशी लोकमार्ग अवरुद्ध भएको हो। धरान—धनकुटा सडकखण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी—६ लेउती खोलामा आएको बाढीले सडक कटान गरेको छ। सडक १०० मिटरजति कटान भएकाले दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले बाटो खुलाउन समन्वय गरिरहेको छ । यस्तै कोशी लोकमार्गअन्तर्गत गाँगुरीगढी—६स्थित नमस्ने झरना नजिक सडकमा रुख ढलेका छन्। प्रहरी र सेनाको पाँच—पाँच जनाको टोली खटिएर सडक खुलाउँदै छन्। राज
काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । हाल कोशीसँगै मधेश, बागमती र कर्णाली प्रदेशलगायत केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका केही स्थान, मधेशलगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशीको एक/दुई स्थ
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर
काठमाडौं— नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक बिनाका औषधीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको धोवनी गाउँपालिका वडा नम्बर ५ जगनाथपुरका ३२ वर्षिय मुनिस दास रहेका छन् । जेठ १३ गते काठमाडौंको दक्षिणकाली नगरपालिका– ५ फर्पिङ चेकपोस्ट स्थितमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०६३८ नम्बरको टाटा सुमो जिपको छतमा नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक समेत नभएको औषधी लुकाइ छिपाइ ल्याएको अवस्थामा चालक मुनिस दास पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।दासका साथबाट sildenafil Tablets IP 1
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.