काठमाण्डौ । झोलुगेँ पुल बेचेको आरोपमा वडाध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका कटुञ्जेबेशीबाट रघुचौर खार्पाचोक चिसापानी वाईवाडाँडा हुँदै महाभारत गाउँपालिका जोड्ने एकमात्र विकल्पको रुपमा रहेको झोलुङे पुल रोशी गाउँपालिका ७ का वडा अध्यक्ष अशोक कुमार गौतमले २५ लाख रुपैयाँमा कवाडीलाई बिक्रि गरेका हुन् । गौतमले गत बैशाख २५ गते कवाडीलाई बिक्रि गरेको र सो रकम आफनै बैक खातामा जम्मा गरेको थाहा पाएपछि वडा सदस्य मानर्दोजे तामाङ सहित स्थानीयबासीले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आईतबार किटानी जाहेरी दर्ता गरेका थिए । मुलुकी अपराध संहिता २०७४ अनुसार झोलुङेपुलको सामान चोरी
कञ्चन रौनियार भन्छन म माथि अन्याय भयो तर न्याय पायन उनि भन्छन : मेरा श्रीमान्सँग हाम्रो विवाह २०७९ सालको असार १० गते भएको थियो। विवाहपश्चात मलाई ५० लाख दाइजोको लागि सुरुभएको दाइजोको माग, मानसिक र शारीरिक हिंसा, झूटा आरोप, चरित्र हत्या र झूटा कागजहरूमार्फत मलाई दिनरात सताइयो र सामाजिक रूपमा यातना दिन थालियो। मैले यस्ता अन्यायको विरुद्ध बोल्ने साहस र हिम्मत गरेर न्यायिक बाटो रोजेँ।घरेलु हिंसा, दाइजो, अभद्र व्यवहार, अंश, साइबर क्राइम, मिलापत्र बदर, झूटा कागजात निर्माण लगायत मुद्दा दर्ता गरें। मेरो बारेमा मेरो श्रीमान् मुन्ना गुप्ताले आफ्नै व्यक्तिगत आईडी र अन्य आईडीहरूबाट प्रमाणको रूपमा पोस्ट गर
काठमाडौं— काठमाडौँको चक्रपथ र चक्रपथभित्रका धेरै ठाउँमा दुई महिनासम्मका लागि प्रदर्शन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासनले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक सेवा, शान्तिसुरक्षा र यातायातमा अवरोध पुगेको भन्दै अनशन, धर्ना, जुलुस र सभाजस्ता विरोध कार्यक्रम गर्न रोक लगाएको हो ।प्रदर्शनको लागि बल्खु, सिफल चौर र कोटेश्वर आकासे पुलदेखि दक्षित बालकुमारीतर्फको क्षेत्रमा मात्रै विरोधका कार्यक्रम गर्न पाइने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। आज दिउँसो माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। यस अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकबारे पनि प्रश्न उठेका कारण उनले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो। संसद्को बैठकमा यसबारे कसरी अगाडि बढ्ने भन्नेबारे पनि आज छलफल हुनेछ।
काठमाडौं— राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता लिएको छ।नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन्।पक्राउ परेका थापा,सिंह लगायतलाई गएराति रिहा भएका थिए।
काठमाडौं— गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। गण्डकी प्रदेशले रातो नम्बर प्लेटका चारपांग्रे सवारीसाधनलाई पनि राइड सेयरिङको अधिकार दिने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ पारित गरेको छ। ऐन खारेजीलगायत माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।
काठमाडौं— कैलालीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका— १० जवलपुरका करिब ७२ वर्षीय कुक्रु डगौरा थारुको आगलागीमा परेर मृत्यु भएको हो ।आज बिहानपख ४६ वर्षीय अनिल चौधरीको खरले छाएको कच्ची गोठमा आगालागी हुँदा सोही गोठमा सुतेका उनका बुवा कुक्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनाबारे जानकारी पाएपछि तीन बजेतिर इलाका प्रहरी कार्यालय मसुरिया कैलालीको टोली पुगेको थियो । प्रहरी पुग्ने बेला आयो नियन्त्रणमा आइसकेको थियो ।आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ । नारायणहिटी राजदरबार हत्याकाण्डको २३ औँ स्मृतिमा राजपरिवारका सदस्यले सोमबार दीप प्रज्ज्वलन गर्दैछन्। हिमानी कोषको आयोजनामा कमलादी गणेश मन्दिरमा उनीहरूले साँझ दीप प्रज्ज्वलन गर्न लागेका हुन्। कोषले नारायणहिटी दरबारभित्रै दीप प्रज्ज्वलनगर्ने तयारी गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको हो।हिमानी कोषको अध्यक्ष तत्कालीन रानी कोमल शाह छिन्। उनकी बुहारी तथा तत्काली युुवराज्ञी हिमानी शाह उपाध्यक्ष छिन् ।विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम
काठमाण्डौ । यातायात व्यवसायीहरूले सोमबारदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले सोमबार देशभर सार्वजनिक यातायात ठप्प बनाएका छन्।यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्।सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार
काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४४ पैसा र ब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.