समाचार

    Showing 7,001-7,010 of 19,527 items.
  • प्रतिनिधिसभा अघि विपक्षी दलहरूको रणनीति बैठक,राप्रपालाई सहभागी गराइएन

    प्रतिनिधिसभा बैठकअघि विपक्षी दलको बैठक बसेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएर संसद अवरुद्ध पार्दै आएका विपक्षीहरु आज सदनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन जुटेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका शीर्ष नेता सहभागी छन् । प्रतिपक्षमै रहेको राजावादी दल राप्रपालाई भने बैठकमा सहभागी गराइएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटवार्ताबारे संक्षिप्त जानकारी गराएको बताइएको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 245 पटक पढिएको
  • गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै

    काठमाडौँ । अर्थविद् डा .विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज (मंगलबार)अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 190 पटक पढिएको
  • क्यानडामा सगरमाथा दिवस मनाइयो, नेपालको साहसिक पर्यटनबारे चर्चा

    काठमाडौं । क्यानडा स्थित क्यालगरी शहरमा सगरमाथा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।अल्बर्टा नेपाल चेम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैरआवासीय नेपाली संघ क्यानडाको समेतको संयोजनमा विभिन्न कार्यक्रम गरिएको हो । चेम्बरका अध्यक्ष समीर पाण्डेको अध्यक्षता र चेम्बरकै सचिव किरण खरेलले सहजीकरण गरेको कार्यक्रममा दुई पटक सगरमाथा आरोहण गरिसकेका रोड़्नी अल्बर्टाले सगरमाथा आरोहणमा अनुभव सुनाएका थिए । डेभ रोड़्नी तथा मिग्मा तेन्जिङ शेर्पाको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा हिमाली क्षेत्रको अवस्था र आरोहणबारे चर्चा गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 263 पटक पढिएको
  • दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

     रौतहट ।  २०५८ सालको जेठ १९ गते राति दरबारभित्र घटेको भीषण हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन गरिएको छ।उक्त दिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको निर्मम हत्या भएको थियो।यस ऐतिहासिक घटनाको २४औं वार्षिक स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा स्थानीय राजावादीको पहलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रममा सहभागीहरूले सयौं थान घिउबत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए। केही सहभागीले हातमा दीप बोकेर मौन प्रार्थना पनि गरेका थिए।कार्यक्रम संयोजक विवेक विक्रम शाहीले राजा वीरेन्द्रसँगै मारि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 210 पटक पढिएको
  • दुईवटा निर्माण कम्पनी परे कालो सूचीमा, कुन कुन परे ? सूचना (सहित)

    काठमाडौं— प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।ती निर्माण कम्पनीलाई एक वर्ष ६ महिनादेखि दुई वर्षसम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीको विवरण

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 208 पटक पढिएको
  • बेलिब्रिजको जडान गर्न लागिएकोले कान्तिलोकपथ ४ दिन बन्द हुने

    काठमाडौं— कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ ।यो अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ ।कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान(कलंकी(हुमाने वा कुलेखानी(सिस्नेरी(फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 198 पटक पढिएको
  • झापामा जंगली हात्तीको करेन्ट लागेर मृत्यु

    झापा—  झापाको कमल गाउँपालिका–३ रतुवामाई जंगलमा विद्युतप्रवाह (करेन्ट) चुहावट हुँदा जंगली हात्तीको मृत्यु भएको छ ।गएराति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले जानकारी दिए । उनले  करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 126 पटक पढिएको
  • विश्व बैंकले नेपाललाई ३५ अर्ब सहयोग गर्ने

    काठमाडौं— विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका दुई परियोजनालाई स्वीकृति दिएको हो ।यो सहयोगमार्फत नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने र सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । कार्यक्रम अनुसार, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण सञ्जाललाई थप समृद्ध बनाउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा कार्यान्वयन गरिने यो परियोजनाले नयाँ वितरण सब(स्टेशन निर्माण, विद्यमान प्रसारण एवं वितरण

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 212 पटक पढिएको
  • गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका भन्दै सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।आयोगले सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ रुपेयाँ बराबर रहेको जनाएको छ । सो अवधिमा सोडारीले एक करोड ९३ लाख ८९ हार ६३६ रुपैयाँ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 211 पटक पढिएको
  • सरकार र आन्दोलित यातायात व्यवसायीबीच छ बुँदे सहमति,निष्कर्ष निस्कन नसकेपछि आज पुनःबैठक बस्ने

    काठमाडौं— सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ।सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो।गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए।सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रध

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 206 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा