समाचार

    Showing 7,001-7,010 of 25,597 items.
  • रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

    काठमाण्डौ । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।उच्च अदालत बुटवलका सूचना अधिकारी रामबणहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै बिगो बराबरको धरौटी बुझाएपछि रिहा गर्न सकिने आदेश दिएको हो।अदालतका रजिस्ट्रार अमित उप्रेतीका अनुसार जिल्ला अदालतले तोकेको धरौटी रकम र निवेदकले प्रस्ताव गरेको धरौटी स्वीकार गरिएको छ। “उनले पेश गर्ने भनेको धरौटी स्वीकार गर्ने आदेश भएको हो,” उप्रेतीले बताए, “जिल्

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 562 पटक पढिएको
  • शंकर पोखरेल भन्छन अनुभवी र स्वीकार्य नेतृत्व पार्टीले अनुमोदन गरेको छ

    काठमाडौं— नवनिर्वाचित एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्र लोकतान्त्रिक अभ्यास सफल भएकाले सबैले विगतका कुराहरु विर्सेर एकढिक्क भएर अगाडि बढ्नुपर्ने प्रतिक्रिया दिएका छन् ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै संचारकर्मीहरुसँग कुरा गर्दै अनुभवी र स्वीकार्य नेतृत्व पार्टीले अनुमोदन गर्नुपर्ने भएकाले ओलीको विजयी स्वभाविक भएको बताए ।उनले भने,‘अधिवेशनमा हामीले लोकतान्त्रिक अभ्यास गरेका छौं । हिजो कहाँ थियो भन्ने विर्सेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । राष्ट्रका सामू उत्पन्न भएका चुनौतिहरुलाई सामना गर्न र पार्टीलाई निर्णायक शक्तिका रुपमा स्थापित गराउने कार

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 490 पटक पढिएको
  • एड्भेन्चर ह्वाइट माउन्टेनद्वारा नयाँ पदयात्रा तथा साहसिक प्याकेज सार्वजनिक

    काठमाडौं— देशको साहसिक यात्रा क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको एड्भेन्चर ह्वाइट माउन्टेनले नयाँ पदयात्रा र साहसिक प्याकेजहरू सावर्जनिक गरेको छ ।विश्वभरका पदयात्रीहरूलाई आकर्षित गराउन परिष्कृत यात्रा कार्यक्रमहरू, विलासी र प्रामाणिक हिमालयी अनुभवहरूमा गहिरो ध्यान केन्द्रित गर्दै नयाँ पदयात्रा र साहसिक प्याकेजहरू एड्भेन्चर माउन्टेनले सावर्जनिक गरेको हो । नयाँ प्याकेजहरूले अनुभवी अन्वेषकहरू र आराममा सम्झौता नगरी नेपालको प्राकृतिक भव्यताको स्वाद खोज्नेहरू दुवैलाई पूरा गर्ने ह्वाइट माउन्टेनले जनाएको छ ।नेपालको पर्यटन क्षेत्र विगतका समस्याहरुबाट मुक्त हुँदै गर्दा पदयात्रा यसको महत्वपूर्ण

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 528 पटक पढिएको
  • फिफा विश्वकपको पुरस्कार रकम घोषणा, विजेताले ५ करोड डलर पाउने

    काठमाडौं— फिफा काउन्सिलले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार रकम स्वीकृत गरेको छ ।आगामी विश्वकपमा सहभागी टोलीका लागि कुल ६५५ मिलियन अमेरिकी डलर पुरस्कार वितरण गरिने भएको हो । जुन २०२२ मा कतारमा भएको विश्वकपको तुलनामा झण्डै ५० प्रतिशतले बढी हो ।विश्वकपको उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर पुरस्कार पाउनेछ, जुन अघिल्लो संस्करणमा प्रदान गरिएको रकमभन्दा ४ करोड २० लाख डलर बढी हो । उपविजेता टोलीलाई ३ करोड ३० लाख डलर दिइनेछ ।यस्तै, तेस्रो स्थान हासिल गर्ने टोलीले २ करोड ९० लाख र चौथो स्थानमा रहने टिमले २ करोड ७० लाख डलर प्राप्त गर्ने फिफाले जनाएको छ । यस्त

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 582 पटक पढिएको
  • एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङको सर्वाधिक मत

    काठमाडौं— नेकपा (एमाले)को उपाध्यक्ष पदमा पाँच जनाको टुंगो लागेको छ ।बिहीबार पदाधिकारी तहको मतगणनाको नतिजा सार्वजनिक भइसक्दा पाँच जना पदाधिकारीको टुंगो लागेको हो । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत १७३७ ल्याएका छन् ।त्यस्तै, विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए । गोकर्ण विष्ट ईश्वर पोखरेल पक्षका हुन् ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 520 पटक पढिएको
  • एमालेको ११ औं महाधिवेशनः सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी

    काठमाडौं— नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा केपी शर्मा ओलीको प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सचिव पदमा सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन् । जित्ने मध्ये पहिलो नम्बरमा महेश बस्नेत छन् । उनले १५४४ मत प्राप्त गरेका छन् । पद्माकुमारी अर्याल र शेरधन राईले १५३० मत प्राप्त गरेका छन् ।छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 530 पटक पढिएको
  • नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी

    काठमाडौं— नेपाली कांग्रेसका नेता गुरु राज घिमिरेले अबको नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने दाबी गरेका छन् ।बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले नेपाली कांग्रेसले आगामि दिनमा देशको प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशबाटै नेतृत्व गर्नेमध्येकालाई दिने निर्णय गरेको जानकारी गराएका छन् ।बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिमिरेले नेपाली कांग्रेस नेतृत्वमा आउने बित्तिकै प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशलाई दिने संकल्प गरेको घोषणा गरेका छन् ।उनले देशको प्रथम राष्ट्रपति पनि नेपाली कांग्रे

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 538 पटक पढिएको
  • झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

    काठमाडौं— झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौंबाट दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकबल गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।झुठ्ठा विवरण पेस गरेर नागरिकता,

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 521 पटक पढिएको
  • ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी

    काठमाडौं— नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएर विजयी भएका हुन भने उपमहासचिवमा योगेशले १३४८ मत पाएका हुन् । ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 554 पटक पढिएको
  • एमाले महासचिवमा शंकर पोख्रेल विजयी

    काठमाडौं— नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् । 

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 511 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.