समाचार

    Showing 6,991-7,000 of 25,597 items.
  • बालिकालाई यौनजन्य कार्यमा लगाएको अभियोगमा ५ जना पक्राउ, ८ जनाको उद्धार

    काठमाडौं— नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ ।सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिक

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 488 पटक पढिएको
  • जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

    काठमाडौँ। सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ ।जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले वर्गीकरणको सिफारिस गर्ने र सोही आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमाणित गर्नेछ ।कार्यविधि अनुसार घाइते भएका व्यक

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 290 पटक पढिएको
  • निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

    काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्णयहरूसमेतलाई आत्मसात् गरी उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै निर्वाचन सम्पन्गर्न नेपाल प्रहरी दृढ सङ्कल्पित रहेको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।निर्वाच

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 267 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ ।  राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 360 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ४० पैसा र बिक्रीदर १९३ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९५ पैसा

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 255 पटक पढिएको
  • आज २०८२ साल पुस ०४ गते शुक्रवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम राेकिनाले आयस्राेत समेत कमजाेर बन्न सक्छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)माहोल रमाइलो रहनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। प्

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 439 पटक पढिएको
  • इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

    इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको उनी आबद्ध क्लबले जानकारी दिएको छ ।बढ्दो आपराधिक हिंसाले ग्रस्त बनेको ग्वायाकिलमा यो घटना घटेको हो, जहाँ लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै गएको छ । ग्वायाकिल पछिल्ला वर्षहरूमा गिरोह हिंसाको प्रमुख केन्द्रका रूपमा चिनिन थालेको छ र हालैका महिनाहरूमा इक्वेडरका थुप्रै फुटबल खेलाडीहरू आक्रमणको निशानामा परेका छन् ।३३ वर्षीया पिनिडा सन् २०१८ र २०२२ को विश्वकप छनोट चरणमा इक्वेडरको राष्ट्रिय टोलीमा समावेश भएका थियो । यद्यपि सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको अन्तिम चरणका लागि भने उनी छन

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 299 पटक पढिएको
  • पर्सा प्रहरीले करिब ५ करोडको सुपारीसहित २ जना पक्राउ

    पर्सा । पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकको कमाण्डमा खटिएको टोलीले वीरगन्जबाट करिब ५ करोड रुपैयाँ बराबरको सुपारी बरामद गरेको छ । सुपारी लोड तथा अनलोड भइरहेको अवस्थामा २ कन्टेनर सुपारी बरामद गरिएको पर्साका प्रहरी प्रमुख एसपी पाठकले बताएका छन। विशेष सूचनाको आधारमा १८ सय बोरा सुपारीसहित २ जनालाई  पक्राउ गरिएको हो ।वीरगञ्ज महानगरपालिका–२ स्थित बाइपास रोडमा रहेको निशान्त सोनावर्तको दाल प्याकिङ गोदाममा सुपारी अनलोड भइरहेको सूचना प्राप्त भएपछि प्रहरीको टोलिले भन्सार छली ल्याइएको सुपारी अनलोड भइरहेको अवस्थामा ना ७ ख ७४२०  नम्बरको ट्रेलर ट्रक नियन्त्रणमा लिइएको हो। साथै सुपारी अनलोड गर्न

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 766 पटक पढिएको
  • शुक्रबार रिहाइ हुनेछन् रवि, यी हुन् रिहा गर्न अदालतले दिएका पाँच आधार

    काठमाडौं । उच्च अदालत तुलसीपुरले दिएको आदेशपछि रास्वपाका सभापति रवि लामिछाने शुक्रबारमात्रै थुनामुक्त हुनेछन् ।सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको हो ।"प्रतिवादी रवि लामिछानेको निवेदनका सन्दर्भमा विचार गर्न निजले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरीपा

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 300 पटक पढिएको
  • अध्यक्षमा भारी मतान्तरले जितेका ओली केन्द्रीय सदस्यमा हारे, ईश्वर पोखरेल विजयी

    काठमाडौँ । नेकपा एमालेको अध्यक्ष बन्न भारी मतान्तरले विजयी भएका केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने पराजित भएका छन् । एमालेको विधानअनुसार पदाधिकारीमा उठ्नेले केन्द्रीय सदस्यमा पनि उठ्न सकिन्छ ।अध्यक्षमा १ हजार ६ सय ६३ मत ल्याएर विजयी भएका ओलीले सदस्यमा भने ९ सय ७९ मत पाएर पराजित भए । एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुला केन्द्रीय सदस्यको २८ औँ नम्बरमा रहेका ओली पराजित भएको देखिन्छ ।रोचक कुरा अध्यक्षमा ५ सय ६४ मत ल्याएर पराजित भएका ईश्वर पोखरेल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । पोखरेल खुला केन्द्रीय सदस्यको ९ नम्बरमा रहेर विजयी भएको एमालेको निर्वाचन

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 242 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.