समाचार

    Showing 6,991-7,000 of 19,527 items.
  • संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

    काठमाडौं— संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।विषयगत समितिमा

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 220 पटक पढिएको
  • यातायात व्यवसायीको आन्दोलन फिर्ता लिएपछि, आजदेखि सार्वजनिक गाडी चल्न थाले

    काठमाडौं— यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै सार्वजनिक गाडी चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । उनीहरुको आन्दोलन स्थगन भएसँगै गएराति देखि नै सार्वजनिक गाडी चल्न थालेका हुन् ।अस्ति सोमवार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । तर सहमतिको कार्यान्वयन नभएको भन्दै हिजो दिनभर व्यवसायीले सार्वजनिक गाडी चलाएका थिएनन् । सार्वजनिक गाडी नचल्दा हिजो र अस्ति दुई दिन यात्रुले सास्ती खेप्नुपरेको थियो ।हिजो बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका ल

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 257 पटक पढिएको
  • टिपरको ठक्करबाट बाजुराका घर भएका प्रहरी जवान मीन बहादुर दानीको मृत्यु

    सर्लाही— पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फूलजोर चोकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका–६ निवासी ३० वर्षीय मीन बहादुर दानी रहेका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दानी बयलवासबाट फूलजोरतर्फ जाँदै गरेको बीआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकलमा सवार थिए।सोही क्रममा रानिगन्जबाट आइरहेको ना १ क ८५२० नम्बरको टिपरले फूलजोर चोकमा ठक्कर दिएको थियो।गम्भीर घाइते भएका दानीलाई सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि बारास्थित एलएस न्युरो

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 141 पटक पढिएको
  • बन्द अवज्ञा गरेको बेला मयुर यातायात सञ्चालन गरेको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरूले गाडी रोकर दिए चेतावनी

    काठमाडौं—  हडतालको बेलामा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित बनेका छन् । काठमाडौंको जडीबुटीस्थित अरनिको बसपार्क अगाडि यातायात व्यवसायीहरूले मयुरको गाडी रोकेका छन् ।उनीहरूले मयुरको गाडी रोकेर बन्दको अवज्ञा गरेको भन्दै बाटोमा प्रदर्शन समेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।उनका अनुसार, प्रदर्शनका क्रममा एउटा सुमोमा तोडफोड पनि भएको छ । ना १ ज ६९७३ नम्बरको सुमो गाडीको झ्यालको सिसामा तोडफोड गरेर क्षति पुर्‍याएको एसपी बोहराले बताए ।व्यवसायीहरू सडकमा उत्रिएपछि केहीबेर जडीबुटी क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । राइड सेय

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 187 पटक पढिएको
  • अनलाइन सट्टेबाजीमा संलग्न आरोपमा १७ जना पक्राउ

    काठमाडौं— अनलाइन सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौँ र ललितपुरबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौंको धापासीबाट १५ जना र ललितपुरको सनराइज अपार्टमेन्टबाट २ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । आरोपीहरूले आइपिएल खेलको सट्टेबाजी गराएका हुन् । पक्राउ पर्नेमा अछाम घर भएका २९ वर्षीय डायमन्ड कुँवर, २१ वर्षीय मनोज बोगटी, कञ्चनपुरका ३० वर्षीय राजेन्द्र बहादुर महता, कैलाली घर भएका २१ वर्षीय अरविन कुमार खड्का, दाङ घर भएका विष्णु कुमार राउत, डोटीका ठक्क कुँवर, तिलक खड्का, पुर्व नवलपरासीका जीत बहादुर महतो, डोटीका सुवास खड्का र अछामका विकाश थ

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 193 पटक पढिएको
  • रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने बिष्टलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन

    काठमाडौं—  उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । मङ्गलबार न्यायाधीश टंकप्रसाद गुरुङको इजलासले जिल्लाको आदेशको सक्कल मिसिलसहितको प्रतिवेदन मगाउने आदेश गरेको हो ।विष्टले गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरी कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारमा अनधिकृत पत्र लेखेका थिए । उक्त पत्रका कारण चौधरी पाँच घण्टा गैरकानुनी थुनामा बस्नुपरेको थियो । सर्वोच्चले विष्टको उक्त पत्र अनधिकृत भन्दै सच्चाएर पत्र पठाएपछि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 261 पटक पढिएको
  • पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

    काठमाडौं— सर्लाहीको बरहथवा नगरपालिका— १७, कटानीमा आज बिहान नहरको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईलेका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका—४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो। बिहान करिब पौने ३ बजे बरहथवा नगरपालिका—१७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर तल खसेको प्रहरीले जनाएको छ ।मोटरसाइकल पुलबाट खस्दा चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको थियो। भेनस अस्पताल बरहथवामा प्राथमिक

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 242 पटक पढिएको
  • ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत्

    काठमाडौं— संघीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन्।श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलले माग गरेका हुन्।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो।भिजिट भिसा प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जानकारी दिए।छानबिनका लागि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 159 पटक पढिएको
  • प्रतिनिधिसभा सञ्चालन गर्न कुरीरहेका छन् सभामुख,उता विपक्षि भने गोप्य छलफलमा ब्यस्त

    काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न केही ढिलाइ हुने भएको छ । सभामुख देवराज घिमिरेले सदन सञ्चालनको वातावरण निर्माण गर्न पहिला प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेका थिए ।त्यसपछि सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले अहिले विपक्षी दलहरूको धारणा के आउँछ भनेर कुरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीबिच अहिले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा नयाँ वानेश्वरस्थित संसद् भवनमा बैठक बसिरहेको छ । त्यो बैठकले के धारणा बनाउँछ भनेर सभ

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 176 पटक पढिएको
  • छोरामाथि भ्रष्टाचारको आरोप लागेपछि मंगोलियाका प्रधानमन्त्रीको राजीनामा

    संसदमा विश्वासको मत गुमाएपछि मंगोलियाका प्रधानमन्त्री लुभ्सानाम्सराइ ओयुन–एर्डेनले राजीनामा दिएका छन्। केही दिनदेखि भ्रष्टाचारको आरोपमा चलेको व्यापक विरोध प्रदर्शनपछि यो मतदान भएको थियो। सन् २०२१ मा सत्ता सम्हालेका ओयुन–एर्डेनले ३० दिनभित्र उत्तराधिकारी नियुक्त नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन्। ‘महामारी, युद्ध र करजस्ता कठिनाइका समयमा मेरो देश र जनताको सेवा गर्न पाउनु सम्मानको कुरा थियो,’ मतदानपछि उनले भने। १२६ सिटको संसदमा बहुमतका लागि आवश्यक ६४ मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका हुन्। गोप्य मतदानमा करिब ८२ सांसदले भाग लिएका थिए। बीबीसीका अनुसार ४४ जनाल

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 283 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा