सुनसरी। धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गर्नुभएको बजेटमा नगर कार्यपालिकातर्फ रु दुई अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयतर्फ रु २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ ।आन्तरिक राजस्वबाट रु एक अर्ब ४० करोड ९४ लाख ८८ हजार, सङ्घीय अनुदानबाट रु ८६ करोड १९ लाख, प्रदेश सरका
खोटाङ। जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२/८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फछ्र्योट भएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित कार्यको समीक्षा तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्रर्योटको अवस्थाबारे जानकारी दिएको हो ।प्रहरीले २०८२ साल साउनदेखि २०८३ असार मसान्तभित्र दर्ता तथा फछ्रर्योट भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबर्जस्ती करणी, चोरी तथा डाँकासम्बन्धी कस
ताप्लेजुङ। ताप्लेजुङका सरोकार भएका निकायका प्रतिनिधिले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरी सडक विस्तारलगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन् ।ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहितको प्रतिनिधिमण्डलले सभापति लामिछानेसँग भेट गरी मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–८ खोक्सेखोलाबाट सुकेटारसम्मको सडक सीमा पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेको हो ।सडक डिभिजन कार्यालय इलामले गत जेठ १३ गते मेची राजमार्गको सडक सीमाअन्तर्गत सडकको केन्द्रबाट दायाँ–बायाँ १५–१५ मिटरभित्र रहेका संरचना हटाउन सूचना जारी गरेको थियो । त
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३३ पैसा र बिक
झापा। मेचीनगर नगरपालिकाले ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ । लामो अवधिदेखि फछ्रर्योट नभएको बेरुजु रकम बढेपछि अभियान नै सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।विसं २०५३ मा मेचीनगर नगरपालिकाको स्थापना भएको हो । त्यसभन्दा अघि अस्तित्वमा रहेका गाउँ विकास समितिकै पालादेखिको आर्थिक बेरुजु रकम फछ्रर्योट हुन बाँकी रहेको छ ।‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फछ्रर्योट गर्न सम्बन्धित सबैलाई सार्वजनिक सूचना प्रकाशित गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताउनुभयो ।दोस्रो चरणमा निर्माण तथा उद्योगी व्यवसायीको बेर
जनकपुर / पूर्वप्रहरी वरिष्ठ उपरीक्षक एसएसपी गोविन्द साहले आफ्नो पद र पहुँचको दुरुपयोग गरेर निर्दोषलाई फसाउन खोजेको पीडितहरुले आरोप लगाएका छन् । गत साउन २ गते मिटरब्याज तथा ठगी आरोपमा पक्राउ गरिएका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहका आफन्तहरुले बिहीबार जनकपुरधामको जिल्ला अदालत अगाडि विरोध प्रदर्शन एवम नाराबाजी गरे । रेखा साहका छोरा जयरामले पूर्वएसएसपी गोविन्दले आफ्नो पहिचान र दम्भ देखाउन खोजेको आरोप लगाए ।पूर्वएसएसपी गोविन्दले पाँच वर्षअघि आफैं बेचेको जमिन फेरि फिर्ता पाउने प्रयासमा मिटरब्याजीक
काठमाडौं / कोलम्बियामा दुई दिनअघि आएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहँदा भग्नावशेषबाट आठ जनालाई जीवितै उद्धार गरिएको छ । पश्चिमी क्षेत्रका विभिन्न सहरलाई प्रभावित पार्ने गरी सोमबार बिहान स्थानीय समयअनुसार ७ः३४ बजे ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण काली सहरस्थित ‘टोरेस डेल लिमोनार’ नामक आवासीय भवन पूर्णरूपमा भत्किएको थियो । भवन भत्किँदा दर्जनौं मानिस भग्नावशेषमा पुरिएका थिए । उद्धारकर्मी र स्वयंसेवकहरूले निरन्तर रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका छन् । भूकम्पपछिको अत्यन्त महत्वपूर्ण मानिने पहिलो ४८ घण्टाको अवधिमा उद्धार टोलीले जीवित व्यक्ति
काठमाडौं / पाटन सबस्टेशनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलि बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।नेपाल विद्युत् प्राधिकरणका अनुसार भोलि भाद्र २९ गते बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरी सटडाउन लिन लागिएको हो । सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबस्टेशनको ६६ केभी बसबारमा आवश्यक मर्मतसम्भार तथा प्राविधिक काम सम्पन्न गर्न सटडाउन लिन लागिएको हो । मर्मतसम्भारको काम निर्धारित समयभन्दा अ
काठमाडौं / पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार साढे ५ महिनापछि नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए । देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी गरेका थिए ।
काठमाडौं / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको केही तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.