समाचार

    Showing 6,941-6,950 of 19,527 items.
  • अवरुद्ध प्रतिनिधिसभा बैठकमा सहमति नजुटेपछि आज पनि खुलेन

    काठमाडौं— भिजिट भिसा सेटिङ प्रकरणका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सहमति नजुटेको हो । बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरूबिच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे । छलफलमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमा

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 215 पटक पढिएको
  • सप्तकोशी नदीमा बेपत्ता गोताखोरको चार दिनपछि शव भेटियो

    काठमाडौं— विपद् पूर्वाभ्यासको क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव आइतबार बिहान भेला परेको छ । कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो । कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भन्डारीको टोलीले उनको शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्दै थापाले जानकारी दिए।  सप्तरी जिल्लामा गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव शुक्रबार भेटिएको थियो। 

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 228 पटक पढिएको
  • अत्यधिक कार्यभार र कम तलब भएका कारण जागिर छोड्ने प्रहरीको संख्या बढ्दो

    काठमाडौं— मधेस प्रदेशका युवामाझ कुनै समय नेपाल प्रहरीको जागिरमा ठूलो आकर्षण थियो। तर मधेसमा पछिल्लो समय प्रहरी सेवाबाट राजीनामा दिनेहरू बढिरहेको देखिन्छ । नेपाल प्रहरीमा विशेष गरी तल्लो दर्जाका कर्मचारीहरूले विभिन्न कारण देखाउँदै जागिर छाड्ने प्रवृत्ति बढ्दो छ। मुख्यतः न्यून तलब, अत्यधिक कार्यभार, राजनीतिक हस्तक्षेप, पारिवारिक जीवनमा असन्तुलन र वैदेशिक रोजगारीको आकर्षणले उनीहरूलाई जागिर छाड्न बाध्य बनाएको हो।कम तलब र अत्यधिक कार्यभारप्रहरी जवानहरूको मासिक तलब करिब २६ हजार रुपैयाँ मात्र छ, जसमा खाद्यान्न भत्ता पनि समावेश हुन्छ। यो तलब दैनिक खर्च, परिवारको पालनपोषण र भविष्यको सुरक्षाका लागि

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 353 पटक पढिएको
  • ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ६ बर्ष पछि पक्राउ

    मोरङ— मोरङको विराटनगर महानगरपालिका–१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा ५५ बर्षीय एसराज लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।जेठ २३ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी लामालाई पक्राउ गरेको छ । प्रतिवादी लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर१६ स्थितमा बस्दै आएकि २१ बर्षीया ईशा योगी शेर्पाको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । घाईते शेर्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 223 पटक पढिएको
  • अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, आज दिउँसो ४ बजे काठमाडौं आइपुग्दै

    काठमाडौं— अवैध रूपमा अमेरिका पुगेका थप ५० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरूलाई चार्टर्ड विमान मार्फत नेपाल फिर्ता पठाएको छ । आज दिउँसो ४ बजे उनीहरु नेपाल आईपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले जानकारी दिए।राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो ।ट्रम्पले शासन सम्हालेपछि मात्रै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १ सय ५० पुगेको छ । 

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 127 पटक पढिएको
  • बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

     दोलखा—  दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।गौरीशंकर गाउँपालिका –४ झ्याँकुको देपुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।दुर्घटना परी स्थानीय अन्दाजी ४५ वर्षीया फुलमाया शेर्पाको घटनास्थलमै र गम्भीर घाईते भएकी अन्दाजी ३२ वर्षीया डोल्मा शेर्पाको उपचारको लागि चरिकोट लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोेलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिए।सामान्य घाईते छिरि शेर्पालाई स्थनीय रोल्वालिङ सामुदायिक अस्पताल सिंगटी लगिएको छ । शुक्रबार गौरीशंकर गाउँपालिक

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 116 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सशस्त्रका असइको मृत्यु

    झापा— पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक (असइ) पुरनलाल राजवंशी रहेका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते सप्रनानि राजवंशीको  बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 189 पटक पढिएको
  • टिप्परको ठक्करबाट बौद्धमा एक जनाको मृत्यु

    काठमाडौं—  काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध रामहिटीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजेतिर टिप्परको ठक्करबाट नाम नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिप्पर चालक काभ्रे मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।चालकलाई मण्डनदेउपुरबाट आइतबार बिहान  नियन्त्रणमा लिएर काठमाडौं ल्याउन लागिएको एसपी बोहराले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 125 पटक पढिएको
  • माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाः आउटलेटबाट हेडरेस सुरुङ निर्माण सुरु

    काठमाडौं— धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो ।सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै आयोजनाको काम सम्पन्न गर्न आग्रह गरे । योसँगै यस आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ ।यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४ खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सु

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 195 पटक पढिएको
  • आइतबार (आज) बस्दै प्रतिनिधिसभाको बैठक

    काठमाडौं—  सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछ

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 211 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा