समाचार

    Showing 6,841-6,850 of 19,527 items.
  • वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

    रौतहट  - पर्साको वीरगञ्जस्थित सिताराम चोकमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा बा.प्र.०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।पर्सा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुस लोड गरिरहेको एचआर ५५के ३९७१ नम्बरको भारतीय ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । शुक्रबार बिहान ५ बजेतिर भएको दुर्घटनामा छिपहरमाई गाउँपालिका–३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीउ विजय यादवको मृत्यु भएको उनले जानकारी द

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 356 पटक पढिएको
  • कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दैछ : सभापति देउवा

    काठमाडौं -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान अनुसार गर्नुपर्ने कामहरु धेरै नै बाँकी रहेको बताएका छन् । उनले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक रहेको पनि औंल्याए । शुक्रबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै बोल्दै उनले अबको बाटो संकल्प र कार्यकारी कामको भएकाले पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक रहेको बताएका हुन् ।उनले भने, ‘नेपालको संविधान अनुसार हामीले गर्नुपर्ने काम धेरै नै छन् । अबको बाटो संकल्प र कार्यकारी क

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 294 पटक पढिएको
  • मिश्र र राणा फरार घोषित, पक्राउ पुर्जी जारी हुने तयारी

    काठमाडौं— राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणा अदालतमा अनुपस्थित भएपछि उनीहरूलाई फरार अभियुक्त घोषणा गरिएको छ। अब उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी हुने प्रक्रिया अघि बढाइएको छ।तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा संलग्न रहेको आरोपमा मुद्दा दायर हुँदा मिश्र र राणा दुवै अदालतमा उपस्थित थिएनन्। उनीहरू अनुपस्थित रहँदा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आरोपपत्र पेश गरिसकेको छ।राणा उपचारका लागि अदालतबाट हाजिर जमानीमा छुटेका थिए भने मिश्र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत रिहा भएका थिए। तर अब उनीहरू सम्पर्कविहीन छन्। अदालत स्रोतका अनुसार अनुसन्धान

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 412 पटक पढिएको
  • मानवताविरुद्ध विज्ञानको प्रयोग हुन थाल्यो : गृहमन्त्री

    काठमाडौं -  गृहमन्त्री रमेश लेखकले आजको युगमा विज्ञानको प्रयोग मानवहितका लागि मात्रै नभइ अपराधको लागि प्रयोग हुने गरेको बताएका छन् ।  शुक्रबार अनुसन्धानकर्ता प्रहरी र अभियोगकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन उदघाटन समारोहमा बोल्दै उनले मानवताको विरुद्ध विज्ञानको प्रयोग भइरहेको बताएका हुन् । उनले भने, ‘आजको युगमा विज्ञानको प्रयोगले सकरात्मक पनि दिएको छ सहजता पनि दिएको छ तर यसका नकरात्मक पक्षहरु पनि उजागर भएका छन् । विज्ञानको प्रयोग मानवहितका लागि मात्रै भइरहेका छैनन् मानवताको विरुद्धमा पनि भइरहेका छन् । अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले  अन

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 213 पटक पढिएको
  • अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले

    अहमदाबाद — बिहीबार अहमदाबादमा भएको भयावह विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान घटनास्थल पुगेका छन्। उनले दुर्घटनास्थलको अवलोकन गरेका थिए र त्यसपछि सिभिल अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।प्रधानमन्त्री मोदीले दुर्घटनाबाट जीवित बच्न सफल एकमात्र यात्रु विश्वकुमार रमेशलाई अस्पतालमा भेटेर हौसला दिएका थिए। रमेश लन्डन जाने क्रममा आफ्नो भाइसँग एआई-१७१० फ्लाइटमा सवार थिए। प्रधानमन्त्रीले रमेशको हात समाउँदै सान्त्वना दिएका थिए, जसले रमेशको अनुहारमा केही राहतको अनुभूति झल्किएको देखिन्थ्यो।विश्वकुमार रमेशले विमान दुर्घटनाबारे भने,“मेरो आँखै अगाडि सबै भयो।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 365 पटक पढिएको
  • कन्सट्रक्सनको सामान चोरीमा संलग्न आरोपमा तीन जना पक्राउ

    ओखलढुंगा— कन्सट्रक्सनको सामान चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिमल कार्की, रज बिश्वकर्मा र एक जना बालक रहेका छन् ।खिजिदेम्बा गाउँपालिका–७ स्थितमा रहेको एपोलो हाइड्रोपावर प्रा.लि. अन्तर्गतको त्रिसाइज कन्सट्रक्सन कम्पनीको सामानहरु खिजिदेम्बा–८ स्थित क्याम्पको कम्पाउण्डमा राखेकोमा जेठ २७ गते राती ड्रिल मेसिन १ थान, ग्रेन्डर १ थान र बिभिन्न प्रकारको तारहरु चोरी भएको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खोजतलाशमा खटिएको प्रहरी टोलीले सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 334 पटक पढिएको
  • विपद् व्यवस्थापनमा तीन तहको सरकारबीच समन्वय आवश्यक : उपप्रमुख डङ्गोल

    काठमाडौँ — काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताएकी छिन्।सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म मुख्यालयद्वारा आयोजित मनसुनजन्य विपद् प्रतिकार्य कृतिम अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले संकटको समयमा नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हुने भएकाले यसको भूमिका अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरिन्।उनले भनिन्, "विपद् पूर्वतयारीदेखि उद्धार र पुनःस्थापनासम्म तीन तहका सरकारहरूबीच नीति निर्माण मात्र होइन, कार्यान्वयनमा पनि गहिरो समन्वय हुनुपर्छ।"प्राकृ

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 189 पटक पढिएको
  • गृहमन्त्री लेखकको घोषणा: नेपाल प्रहरीको बजेटमा उल्लेख्य वृद्धि, वर्षभरका लागि तलब–रासनको एकमुष्ट व्यवस्था

    काठमाडौँ — गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षका लागि नेपाल प्रहरीको बजेटमा उल्लेखनीय वृद्धि गरिएको बताएका छन्।काठमाडौंमा आयोजित अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले प्रहरी संस्थाको आधारभूत आवश्यकता पूरा गर्न सरकार गम्भीर रहेको स्पष्ट पारे।उनका अनुसार, चालू वर्षहरूमा देखिँदै आएको तलब, पोसाक र रासनसम्बन्धी बजेट अभावको समस्या अब दोहोरिने छैन। विगतमा ८ देखि ९ महिनासम्म मात्र बजेट व्यवस्थापन भई बाँकी महिनामा गृह तथा अर्थ मन्त्रालयबीच जटिलता देखिने गरेको भए पनि यस पटक वर्षभरिका लागि एकमुष्ट बजेट विनियोजन गरिएको छ।गृहमन्त्

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 253 पटक पढिएको
  • भालुबाङमा सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण

     दाङ— सिम्रिक एयरको हेलिकप्टर दाङको भालुबाङमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट बिरामी ल्याउन बाजुरा जान लागेको हेलिकप्टर खराब मौसमका कारण भालुबाङस्थित सशस्त्र प्रहरीको २९ नम्बर गणमा आकस्मिक अवतरण गरिएको हो ।करिब १ घण्टा अघि अवतरण गरिएको हेलिकप्टर अझैँ त्यही रहेको गणपति एसपी मनोज धितालले नेपाल प्रेसलाई जानकारी दिए ।भीषण वर्षाका कारण भालुवाङबाट हेलिकप्टर उड्न नसकेको हो ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 301 पटक पढिएको
  • रुपन्देहीमा एक महिनामा साढे २ करोडभन्दा बढीको भन्सार छलीको सामान नियन्त्रणमा

    रुपन्देही — जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले पछिल्लो एक महिनाको अवधिमा झन्डै २ करोड ५२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छली तथा चोरी निकासीका सामानहरू नियन्त्रणमा लिएको छ। प्रहरीको सक्रियतासँगै सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको बताइएको छ।२२ वैशाखदेखि सुरु गरिएको विशेष निगरानी अभियान अन्तर्गत प्रहरीले २६ जेठसम्म विभिन्न स्थानहरूबाट तस्करी गरिएका सामग्री बरामद गरेको हो। यसै क्रममा, २७ जेठमा प्रहरीले करिब २४ लाख ४५ हजार रुपैयाँ बराबरका १,३६९ थान कृत्रिम यौन खेलौना बरामद गरेको छ।ओमसतिया गाउँपालिकाको बाइपास सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्ल

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 371 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा