काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को नियन्त्रणमा रहेका युनुस अन्सारीले उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) को रिट दायर गरेका छन्।नक्कली नोट प्रकरणमा ६ वर्षको सजाय पूरा गरी जेठ १० गते नख्खु कारागारबाट रिहा भएका अन्सारीलाई CIB ले तत्कालै पुनः पक्राउ गरी हिरासतमा राखेको थियो। ब्युरोले उनीमाथि सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) को अभियोगमा थप अनुसन्धान गरिरहेको जनाएको छ।यसैबीच, अन्सारीले आफ्नो निरन्तर थुनालाई गैरकानुनी दाबी गर्दै शुक्रबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्। उक्त रिटमाथि आइतबार न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा सुनुवाइ हुने बताइएको छ।युनु
रौतहट— चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । आइतबार विहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते उनको गौरस्थित प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए।
काठमाडौं— संघीय सांसद तथा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले वर्तमान सरकारले अगाडि सारेको कर नीतिले आम नागरिक र व्यवसायीहरूलाई संकटमा पारेको भन्दै त्यसविरुद्ध निर्णायक संघर्षको तयारी थालिएको घोषणा गरेका छन् । शनिबार काठमाडौँमा सम्पन्न आम सम्पर्क मञ्चको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारले पटक–पटक करको नाममा जनतामाथि गरेको अन्याय अब सहन नसकिने अवस्थामा पुगेको बताए ।‘सरकार पिच्छे करको नाममा जनतामाथि जुन अत्याचार गरिरहेको छ, त्यो अब सह्य छैन,’ अध्यक्ष साहले भने ।‘आज नागरिकको पेशा, व्यवसाय, पसल, उद्योग–कारखाना सबै संकटमा परेका छन् । त्यसैले यसविरुद्ध राष्ट्रव्य
काठमाडौं – वैदेशिक रोजगारीका लागि साउदी अरब गएका ५ सय ४४ नेपाली नागरिक विभिन्न अपराध अभियोगमा जेल चलान भएका छन्। साउदीको कडा कानुन र साथीभाइको प्रभावमा परी गैरकानुनी गतिविधिमा संलग्न हुँदा उनीहरू कारागार पुग्न बाध्य भएका हुन्।साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार, जेलमा रहेका नेपालीमध्ये सबैभन्दा बढी अर्थात् ३४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसार अभियोगमा छन्। साउदीमा मदिरा सेवन तथा कारोबार पूर्णरूपमा गैरकानुनी र दण्डनीय मानिन्छ।त्यस्तै,८४ जना लागूऔषध ओसारपसार,५३ जना चोरी,१२ जना वेश्यावृत्तिमा संलग्न,१६ जना तोडफोड,१५ जना घुसखोरी,४ जना हत्या,७ जना कानुन उल्लङ्घन,र १
काठमाडौं - विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले बैठकमा अवरोध कायम राख्ने भएका हुन् । आइतबार बिहान सिंहदरबारमा सभामुख देवराज घिमिरेले गरेको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले आफूहरुको माग पूरा नगरेसम्म बैठकमा अवरोध कायम रहने बताए ।उनले भने ,‘हामीले भिजिट भिसा र अध्यागमन
काठमाडौं — विद्यालय शिक्षा विधेयक-२०८० माथि भइरहेको छलफलका क्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले शिक्षा प्रणालीमा रहेका विभिन्न प्रकारका शिक्षकहरूको समायोजन (म्यापिङ) कसरी गर्ने भन्ने विषयमा प्रश्न उठाएकी छन्।शनिबार बसेको संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै श्रेष्ठले निजी विद्यालय, प्रारम्भिक बाल विकास (ईसीडी) केन्द्र, र शिक्षक वर्गीकरणका विषयमा शिक्षा मन्त्रालयले अझै ठोस र स्पष्ट नीति नल्याएकोप्रति असन्तुष्टि जनाइन्।उनले भनिन्, "विभिन्न प्रकारका शिक्षकहरू छन्, ती सबैको म्यापिङ कसरी हुन्छ भन्नेबारे हामीले विध
पोखरा - विभागीय टिम एपीएफ क्लबले ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा नेपाल पुलिस क्लबमाथि शानदार जित निकाल्दै एपीएफ पहिलो संस्करणको प्रतियोगिताको च्याम्पियन बनेको हो ।एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा हरायो । पुलिसमाथि हाबी बनेको एपीएफले २५–१९, २५–२० र २५–१३ को सहज जित निकाल्यो । निरुता ठगुन्नाको अलराउण्डर प्रर्दशनमा एपीएफको सहज जित सम्भव बनेको हो । उपाधि सहित एपीएफले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । पुलिसले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।उपाधिको दाबेदार मानिएको न्यु डायमण्ड स्पोट्र्स क्लब तेस्रो बन्यो । न्यु डामण्डले तेस्रो स्थानका ला
विराटनगर— विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन व्यक्तित्व शनिबार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा चर्मरोग विशेषज्ञ डा. केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा भएको कार्यक्रममा कोशी प्रदेशमा नै सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिका रुपमा डा. ठाकुर सम्मानित भएका हुन् । ७० वर्षीय ठाकुरले ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान गरेका थिए ।यस्तै आफै रक्तदाता मात्र नभएर नाटक, टेलिफि
काठमाडौं - सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।बैठकमा प्रमुख दलका प्रमुख सचेतकहरुको सहभागीतामासंसदको क्यालेन्डरलगायतका विषयमा छलफल हुनेछन् ।प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोधको कारण बजेटमाथिको छलफद अघि बढ्न सकिरहेको छैन । यसबारेमा पनि सभामुखले नियमित छलफल चलाइरहेका छन् ।
काठमाडौं - राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ ।कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको उक्त हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदकालागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ । त्यसैगरी त्रिपुरेश्वरस्थित राप्ती हाईड्रो पावरको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ, पोखरा, नेपालगन्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल ध
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.