बिर्तामोड / झापाको गौरादह नगरपालिका- ५ मा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-५ कि ४० वर्षीया मन माया थापा रहेकी छन । हावाहुरी र पानी सँगै परेको चट्याङ लागि घाईते भएकी थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
काठमाडौं / व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशिएका अलपत्र परेको घटना बढ्न थालेपछि नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्य रुपमा भर्नुपर्ने व्यवस्था गरेको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली ठगिएर विदेशमा अलपत्र पर्नेको संख्या बढ्न थालपछि वैदेशिक रोजगार विभागले स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको हो ।विभागमा महानिर्देशक शेषनारायण पौडेलका अनुसार तत्कालका लागि साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुस जस्ता देशहरूमा भिजिट भिसामा जाने
बिर्तामोड / झापाको बिर्तामोडमा आइतबार एक नयाँ सुनचाँदी पसल (ज्वेलर्स )सञ्चालनमा आएको छ । बिर्तामोडको रत्नसुपर मार्केटमा कुबेर श्रेष्ठ , लक्ष्मी भण्डारी श्रेष्ठ , गणेश भण्डारी र निर्मला भण्डारीले संयुक्त रुपमा ऊँ गणपति ज्वेलर्स सञ्चालनमा ल्याएका हुन् ।ज्वेलर्सका सञ्चालक कुबेर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ प्रदेशका सदस्य बिनोद कुमार बस्नेतले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरेका थिए । प्रमुख अतिथि बस्नेतले कार्यक्रममा विधिवत् रूपमा रिबन काटेर सुनचाँदी पसलको उद्घाटन गरेका हुन् । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका कार्य बाहक अध्यक
बिर्तामोड / इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । बिहान मर्निङ वाकमा निस्किएको समयमा चुलाचुली गाउँपालिका–३ का ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एडभान्स अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गबहादुर थापाले बताएका छन् । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।
बिर्तामोड / सरकारले रामनवमीको अवसरमा आइतबार चैत २७ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै रामनवमीको अवसरमा सरकारी कार्यालय र सार्वजनिक निकायलाई बिदा दिने भएको हो ।
बिर्तामोड / काठमाडौँबाट– झापाको भद्रपुरका लागि उडेको जहाजमा सवार यात्रुले उडानको समयमा नै जहाजभित्र चुरोट सल्काएपछि उनलाई विमान कर्मचारीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।बुद्ध एयरको नाइन एन एएनएफ कलसाइन ९५७ उडानमा सवार यात्रुलाई उडानमा रहेको जहाज भित्रै चुरोट सल्काएको समयमा पक्राउ गरिएको हो ।उडान सुरक्षाका लागि जहाजमा यात्रा गर्दा दुर्घटना हुन नदिन सलाई र लाइटर जस्ता खतराजन्य बस्तु तथा सामाग्री लान अथवा बोक्नका लागि बर्जित गरिएको छ । सुरक्षाघेरा समेत पार गरेर विमान सम्म पुगेका यात्रुको साथमा लाईटर रहेको खुलेपछि विमानस्थल सुरक्षामा खटिएका र चेकजाँचमा संलग्न अधिकारीमाथि पनि प्रश्न उठेको छ ।विम
बिर्तामोड / तेह्रथुममा चट्याङले लागेर एक बालिकाको मृत्यु भएको छ । त्यस्तै ३ जना घाइते भएका छन् ।मृत्यु हुनेमा आठराई गाउँपालिका – ६ चुहानडाँडास्थित फुङसिङस्थित १० वर्षीया बालिका मिना कन्दङवा रहेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिएका छन् ।शुक्रबार अपरान्ह साढे ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेकी बालिकालाई उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।प्रहरी निरीक्षक थान्दारका अनुसार चट्याङ चट्याङबाट वर्ष ५१ का दिलकुमार थोप्रा लिम्बू, वर्ष ३५ की ललिता थोप्रा लिम्बू र वर्ष ३७ का शुक्रराज थोप्रा लिम्बू घाइत
काठमाडौं / उपत्यकासहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनको भाडा बढेको छ ।बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरि सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।मन्त्रालयको शुक्रबारको निर्णय अनुसार यात्रु बहाक र मालबाहक सवारी साधनको भाडा बढाएको हो । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भा
बिर्तामोड / सुरक्षा सङ्गठनभित्र महिलाका विषयमा कायम विभेद र मानसिकतालाई चुनौतीका रुपमा लिएर त्यसको सामना गर्न तयार हुँदै सशस्त्र प्रहरी बलमा ५ जना महिला इन्स्पेक्टरमा उत्तीर्ण भएका छन् । प्रकाशित नतिजाअनुसार उत्तीर्ण भएका कुल ४९ जना उम्मेदवारहरु मध्ये पाँच जना महिला रहेको शसस्त्र प्रहरी मुख्यालय हल्चोकले जनाएको छ । उत्तीर्ण हुनेहरूमा पुष्पा बानियाँ , मन्जु बिसुंखे , पूर्णिमा लिम्बू , कमला पहराई र पूजा विष्ट रहेका छन् । ललितपुर टिकाथलीकी पुष्पा बानियाँ अन्यलाई पछि पार्दै पहिलो नम्बरमा नाम निकाल्न सफल भएकी छिन् । पुष्पाले सैनिक कलेज भक्तपुरबाट स्नातक पास गरेकी छिन् । उनले सैनिक कलेज भ
काठमाडौँ / अन्तर्राष्ट्रिय व्यापारका लागि खुला रहेका २४ वटा सीमा भन्सार नाका बाट आयत मात्रै भइरहेको छ , भने बाँकी १० नाकाबाट निर्यात शून्य रहेको तथ्याङ्क सार्वजनिक भएको छ । चालु आर्थिक वर्ष २०७८ र ७९ को साउन देखि फागुनसम्मको अवधिमा १० वटा नाकाबाट निर्यात शून्य रहेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार २४ वटा नाका मध्ये सबैभन्दा ठुलो वैदेशिक व्यापार हुने नाका वीरगन्ज हो । नेपालको कूल आयात व्यापारमध्ये ३५ दशमलव ४० प्रतिशत वीरगन्ज नाकाबाट हुने गरेको छ । कूल निर्यात व्यापारको ४४ दशमलव ९२ प्रतिशत वीरगन्ज नाकाबाटै हुने गरेको छ । विभागको तथ्याङ्क अनुसार पछिल्लो सात महिन
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.