समाचार

    Showing 6,711-6,720 of 19,527 items.
  • चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित

    काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ ।सहकारी संस्थाहरूमा हुने ठगी र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘महाभोज’ले नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ । दर्शकहरुले यो चलचित्र मनोरञ्जन मात्र नभई शिक्षा दिने काम गरेको बताउछन् ।  एक दर्शकले भने, ‘चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु ।’विशेष शोमा सहभागी साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी व्यवस्थाको कमजोरीमाथि प्रश्न उठाएको टिप्पणी गरे । ‘संविधान र कानूनका कारण हामी

    • प्रकाशित मितिः असार ४, २०८२
    • 265 पटक पढिएको
  • शास्त्रीको निधनमा कांग्रेसले तीन दिन पार्टी झन्डा आधा झुकाउने

    काठमाडौं— नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक कार्यक्रम सार्वजनिक गरेको हो।कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४, ५ र ६ गतेसम्म तीन दिन पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाइनेछ। त्यस्तै, असार ५ गते बिहीबार पार्टीका सबै तहका कार्यालयहरू बन्द गरिने निर्णय गरिएको छ।शास्त्रीको निधनको १३ दिनसम्म पार्टी कार्यालयहरूमा शोक पुस्तिका राखिनेछ भन

    • प्रकाशित मितिः असार ४, २०८२
    • 150 पटक पढिएको
  • एकतर्फी खुल्यो अवरुद्ध कालीगण्डकी करिडोर

    गुल्मी— गुल्मीको कालीगण्डकी गाउँपालिका– ६ बर्लाबास्थित कालीगण्डकी करिडोर सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । पहिरोका कारण सोमबारदेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबार साँझदेखि एकतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार सोमबार दिनभर पहिरो खसेको थियो । निकै लामो प्रयासपछि सडक एकतर्फी खुलेको हो ।यहाँबाट पर्वत, बाग्लुङ र पोखरासम्म आवतजावत गर्न समस्या भइरहेको थियो । ठुलो चट्टानसहित खसेको सुख्खा पहिरोका सडक सडक दुईतर्फी सञ्चालन हुन अझै समय लाग्ने बताइएको छ । सडक अवरुद्ध हुँदा सवारी

    • प्रकाशित मितिः असार ४, २०८२
    • 199 पटक पढिएको
  • खोला दोभानमा वेवारीसे अवस्थामा शव भेटियो

     तनहुँ— तनहुँको व्यास नगरपालिका—१ स्थित बुल्दीखोला र मादीसेतीको दोभानमा आज एक पुरुषको शव भेटिएको छ।स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक आशिष विकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ। शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार ४, २०८२
    • 129 पटक पढिएको
  • आज कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने

    काठमाडौ— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा बिहान ८ बजे सुरु हुने गरी बैठक बोलाइएको हो । कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्न आजको बैठक बोलाइएको हो । यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक अगाडि नै बोलाइएकोले आकस्मिक बैठक भनिएको मुख्यसचिव  कृष्णप्रसाद पौडेलले  जानकारी दिए ।

    • प्रकाशित मितिः असार ४, २०८२
    • 212 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०२  पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः असार ४, २०८२
    • 260 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान ह

    • प्रकाशित मितिः असार ४, २०८२
    • 163 पटक पढिएको
  • सदन अवरोध खुलाउन सभामुख–सचेतकबीच छलफल

    काठमाडौं— संसदमा जारी रहेको रास्वपाको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुखले प्रमुख पाँच दलका सचेतकहरूसँग मंगलबार बानेश्वरमा छलफल गरेका छन्।सभामुखको आह्वानमा बसेको उक्त छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी थिए।छलफलमा सभामुखले संसद अवरुद्ध हुनु राज्य प्रणालीका लागि गम्भीर विषय भएको भन्दै अविलम्ब समाधान खोज्न सबै पक्षसँग आग्रह गरेका छन

    • प्रकाशित मितिः असार ३, २०८२
    • 245 पटक पढिएको
  • सुनचाँदी व्यवसायी प्रकरणः भक्तपुरका व्यवसायीले न्यूरोडमा गरे प्रदर्शन

    काठमाडौं— सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सुन तथा सुनका गहनामा सरकारले पटक पटक लगाएको २ प्रतिशत विलासिता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतित भ्याटको विरुद्धमा सुनचाँदी आन्दोलित बनेका हुन् । सुनचाँदी व्यवसायी संघ र महासंघहरुहरुले संगठित रुपमा आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिएका हुन् । सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको निर्णयको विरोधमा व्यवसायीहरू विगत केही दिनदेखि सडक केन्द्रित आन्दोलनमा थिए ।आन्दोलनकै सिलसिलामा मंगलबार

    • प्रकाशित मितिः असार ३, २०८२
    • 191 पटक पढिएको
  • संसदमा रास्वपाका सांसदहरुले नाराबाजी गरेपछि आधा घण्टाका लागि बैठक स्थगित

    काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको आरोप लगाइन् । कार्कीले २०६४ सालदेखि चल्दै आएको यो विकृति तत्काल रोक्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरिन् ।उनको सम्बोधनपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । घिमिरेले भनाइ राखिसकेपछि सभामुख घिमिरेले बैठक आजै आधा घण्टापछि पुनः बस्नेगरी स्थगित गरेका छन् ।

    • प्रकाशित मितिः असार ३, २०८२
    • 261 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा