समाचार

    Showing 6,691-6,700 of 23,538 items.
  • मुस्ताङमा भारी हिमपात भएपछि जनजिवन प्रभावित

    काठमाडौं— हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात परिरहेको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ ।  गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन् ।स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो ।मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ भने उच्च भेगमा हिमपात भइरहेको

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 615 पटक पढिएको
  • जेनजी आन्दोलनका बेला नक्खु कारागारबाट भागेका युवक पक्राउ

    काठमाडौं— जेनजी आन्दोलनका बेला ललितपुरस्थित नक्खु कारागारबाट भागेका थप एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार भदौ २४ गते नक्खु कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका २० वर्षीय युनिक लामालाई सोमबार काठमाडौंको गुह्येश्वरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनलाई नक्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 460 पटक पढिएको
  • रामेछापको मन्थलीबाट काँकडभिट्टा जाँदै गरेको रात्रि बस झापामा दुर्घटना, १९ जना घाइते

    रामेछाप—  रामेछापको मन्थलीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बस झापाको शिवसताक्षि नगरपालिका–१० माईधार चौक नजिक दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।अस्थायी प्रहरी चौकी माईधारका अनुसार प्र.१–०१–००१ क ४२०९ नम्बरको बस मंगलबार बिहान करिब ४ बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिँदा दुर्घटना भएको हो।बसमा २५ जना सवार रहेका मध्ये १९ जना घाइते भएका छन् भने बाँकी ६ जना यात्रु सकुशल भएकाले आफ्नो  गन्तव्यतर्फ गएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बस चालक झापा मेचिनगर नगरपालिका–६ का

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 512 पटक पढिएको
  • यस बर्षको छठ पर्व सकिएसँगै जलाशय सरसफाइ गरिँदै

    रौतहट— आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई यस बर्षको छठ पर्व समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन सोमबार अस्ताउँदो र मंगलबार उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएपछी सम्पन्न भएको हो । रौतहटको चन्द्रपुर, गरुडा, गौर सहित १८ वटै पालिकामा रहेका जलाशयमा पुगेर ब्रतालुहरुले छठ पूजा गरेका हुन । अघ्र्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन  छ । सूर्यलाई अघ्र्य  दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने ध

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 471 पटक पढिएको
  • ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच मंगलबार दुईवटा महत्वपूर्ण द्विपक्षीय सम्झौता सम्पन्न भएको छन् । एक सम्झौता व्यापारसँग सम्बन्धित छ भने अर्को दुर्लभ र महत्वपूर्ण खनिजको आपूर्ति सुदृढ गर्न केन्द्रित छ ।पहिलो सम्झौतामा ‘अमेरिका–जापान गठबन्धनको नयाँ सुनौलो युग’को घोषणा गरिएको छ । यस सम्झौताअनुसार जापानी लगानीकर्ताले अमेरिकामा करिब ५५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन् । बदलामा अमेरिकी पक्षले जापानी निर्यातमा १५ प्रतिशत कर लागू गर्ने व्यवस्था गरेको छ ।दोस्रो सम्झौताले दुर्लभ र महत्वपूर्ण खनिजको खानी र प्रशोधन क्षेत्रमा सहकार्य बढाउने ढाँचा तय

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 553 पटक पढिएको
  • सिरहामा धूमधामका साथ छठ पर्व सम्पन्न

    सिरहा— आज छठ पर्वको मुख्य दिनमा सिरहाका विभिन्न तलाउ, नदी र पोखरीहरूमा व्रतालुहरूले विधिपूर्वक उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व सम्पन्न गरेका छन् ।हजारौं भक्तजन बिहानैदेखि पवित्र स्नान, पूजा र अघ्र्यका लागि घाटमा भेला भएका थिए ।श्रद्धा, भक्ति र अनुशासनको प्रतीक यस पर्वमा महिलाहरूले चार दिनसम्म निराहार व्रत बसेर सूर्यदेव र छठी मइयाको आराधना गरेका थिए ।पर्वको अवसरमा सिरहाका घाटहरूमा आकर्षक सजावट गरिएको थियो भने सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।सूर्यदेवप्रति आस्था र कृतज्ञता व्यक्त गर्दै सम्पन्न भएको यो पर्वले सिरहामा धार्मिक उत्साह र सामाजिक एकता झल्काएको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 524 पटक पढिएको
  • अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो

    काठमाडौं— चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।विभागका अनुसार आव २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।गत आव २०८१/८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो । नेपाल बाट निर्यात हुने मुख्य बस्तु मध्ये अलैंची पनि पर्दछ ।विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्रा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 493 पटक पढिएको
  • बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

    काठमाडौं—  नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डल’ले सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत उनले देशमा देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्न माओवादी धारासहितका बामपन्थीहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन् । ‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु,’ उनले लेखेका छन् । देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबी

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 443 पटक पढिएको
  • नेपाल नेपालले भारतलाई २–१ ले पराजित

    काठमाडौं—  नेपाली महिला फुटबल टोलीले भारतमाथि जित हासिल गरेको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् ।भारतस्थित शिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी हुन् । यस्तै, खेलको ६३ औँ मिनेटमा साम्बाले अर्को उत्कृष्ट गोल गरेकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो ।त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 485 पटक पढिएको
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व सम्पन्न

    काठमाण्डौ  ।  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व सम्पन्न भएको छ। उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ। यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ।बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिबा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 262 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.