समाचार

    Showing 6,691-6,700 of 19,527 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६० पैसा र बिक्रीदर १८६ रुपैयाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्र

    • प्रकाशित मितिः असार ५, २०८२
    • 248 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डक

    • प्रकाशित मितिः असार ५, २०८२
    • 298 पटक पढिएको
  • उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न भएको छ। बैठकमा आयोगको उद्देश्य, कार्यक्षेत्र तथा प्राथमिकता कार्यसूचीबारे विस्तृत छलफल गरिएको छ।बैठकमा सहभागी सदस्यहरूले आगामी दिनमा आयोगले लिनुपर्ने रणनीतिहरू, नीति निर्माणमा आवश्यक सुझाव, तथा सुशासन प्रवर्द्धनमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरूबारे आफ्नो धारणा राखेका थिए। आयोगले प्रतिनिधित्व सुनिश्चित गर्न विभिन्न राजनीतिक दल, विज्ञ समुदाय, तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई यथासिघ्र मनोनयन गर्ने निर्णय गरेको छ। आयोगको दोस्रो पूर्ण बैठक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 295 पटक पढिएको
  • घट्यो १५९ वटा कम्पनीको शेयरमूल्य

    काठमाडौं— बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक सय ५९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बुधबार नेप्सेमा भएको शेयर कारोबारमा ८८ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।आज नेप्सेमा १.०७ अंकको गिरावट आउँदा नेप्से परिसूचक घटेर २६५३.६८ अंकमा पुगेको छ । आज नेप्सेमा नौ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ रुपैयाँको शेयर कारोबार भएको थियो भएकोमा नेप्से परिसूचक घट्दा पूँजीकरण पनि ०.०४ प्रतिशतले घटेको छ ।आज नेप्सेमा भएको शेयर कारोबारमा पियोर इनर्जीका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट डेभलपमेन्ट बैंकका कारोबारीले सबै

    • प्रकाशित मितिः असार ४, २०८२
    • 256 पटक पढिएको
  • गणेश ठाडा मगरले पाए एआईजीको दर्ज्यानी चिन्ह

    काठमाडौं — सशस्त्र प्रहरी बल (एपीएफ) का नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) गणेशबहादुर ठाडा मगरले पदोन्नतिसँगै दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्। सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले बुधबार एक औपचारिक समारोहका बीच मगरलाई एआईजी पदको चिन्ह प्रदान गरेका हुन्। एआईजी मगर सशस्त्र प्रहरी संगठनमा अनुशासित, निष्ठावान र कुशल अधिकृतको रुपमा परिचित छन्। आफ्नो कार्यकालमा उनले देशका विभिन्न संवेदनशील स्थानहरूमा खटिएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बढुवापछि अब उनलाई संगठनको उच्च व्यवस्थापन तहमा थप जिम्मेवारी मिल्नेछ। कार्यक्रममा एपीएफका उच्च पदस्थ अधिकृतहरू, सहकर्मी, तथा मगरका

    • प्रकाशित मितिः असार ४, २०८२
    • 907 पटक पढिएको
  • कारागारमा व्यवसायीको रहस्यमय मृत्युपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात ठप्प

    डडेल्धुरा– डडेल्धुराका २८ वर्षीय युवा व्यवसायी हरिसिंह पालीको कैलाली कारागारमा रहस्यमय मृत्यु भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ।बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीको मृत्यु प्रहरीको कुटपिटका कारण भएको आरोप लगाउँदै उनका आफन्त र स्थानीय व्यवसायीहरू आन्दोलित बनेका हुन्। उनीहरूले न्यायको माग गर्दै बैतडी, डडेल्धुरा, दार्चुला, बाजुरा, अछाम र बझाङ लगायतका जिल्लाको सवारी आवागमन अवरुद्ध गरेका छन्।प्रहरीका अनुसार पालीलाई कैलाली जिल्ला अदालतले २९ फागुनमा बैंकिङ्ग कसुरअन्तर्गत १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीला

    • प्रकाशित मितिः असार ४, २०८२
    • 401 पटक पढिएको
  • उपसभामुख राना लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा सहभागी हुन दक्षिण अफ्रिका प्रस्थान

    काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा सहभागी हुन आज दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेकी छन्।उपसभामुख रानामगर दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा यही असार ५ र ६ गते आयोजना हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना: विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक संवादमा भाग लिन गएकी हुन्।उक्त कार्यक्रम इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्ट्रोरल असिस्टेन्स (IDEA), ओपन सोसाइटी फाउण्डेशन तथा दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको संयुक्त आयोजनामा हुँदैछ। संवादमा उपसभामुख रानामगरले लोकतन्त्र, प्रतिनिधित्व र समावेशीता

    • प्रकाशित मितिः असार ४, २०८२
    • 252 पटक पढिएको
  • भोटेकोशी र सुनकोशीमा बाढीको जोखिम, स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह

    काठमाडौं— तिब्बत क्षेत्रमा भइरहेको भारी वर्षाको प्रभावस्वरूप भोटेकोशी र सुनकोशी नदीमा बाढीको सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।सिन्धुपाल्चोक जिल्लाको प्रशासन कार्यालयले असार ३ गतेदेखि ७ गतेसम्मको अवधिमा बाढीको सम्भावना उच्च रहेको भन्दै सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश नेपालीद्वारा जारी सूचनामा भनिएको छ, “भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रहरू भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 243 पटक पढिएको
  • बाढी र पहिरोले ५ वटा सडक पूर्णरूपमा अवरुद्ध, ३ वटा एकतर्फी सञ्चालनमा

    काठमाडौं— देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानका पाँचवटा सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् भने तीनवटा सडकखण्डमा एकतर्फी मात्र सवारी आवागमन भइरहेको छ।नेपाल प्रहरीका अनुसार, सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीनवटै स्थानमा पहिरोले पूर्णरूपमा अवरुद्ध भएको छ। त्यसैगरी, डोल्पाको भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि हाल सवारी सञ्चालन गर्न नसकिने अवस्थामा छन्।प्रहरीले बुधबार बिहान १० बजेर ४६ मिनेटमा फेसबुकमार्फत जानकारी दिँदै धनकुटाको रवि–राके–भेडेटार सडक, गुल्मीको कालीगण्डकी करिडोर र जुम्लाको जुम्ला–मुगु सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 289 पटक पढिएको
  • भन्सार छली गरेर ल्याउँदै गरिएको १२ लाखभन्दा बढीको अवैध सामान बरामद

    विराटनगर– झापा, मोरङ र सुनसरीका विभिन्न सीमावर्ती क्षेत्रहरूबाट भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको करिब १२ लाख ८५ हजार रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ।सिमावर्ती क्षेत्रमा परिचालन गरिएको प्रहरी टोलीले असार २ गतेको दिन चेकजाँचको क्रममा विभिन्न प्रकारका भन्सार नतिरी ल्याइएका सामग्रीहरू नियन्त्रणमा लिएको हो। बरामद सामानहरूमा कस्मेटिक सामग्री, लत्ता कपडा, औषधी, मोबाइलको टेम्पर ग्लास, मोटर पार्ट्स, इलेक्ट्रिक स्कुटरको ब्याट्री तथा किराना सामानहरू रहेका छन्।स्रोतका अनुसार, बरामद गरिएका सबै सामानहरू आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 302 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा