समाचार

    Showing 6,671-6,680 of 25,597 items.
  • स्याउका बेर्ना उत्पादन गर्दै कृषक केवी शाही

    काठमाडौँ । हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–४, घासाँमा कृषक केवी शाही स्याउका बेर्ना उत्पादनमा सक्रिय छन् ।लामो समय भारतको सिम्लामा काम गरेर स्याउ खेतीसम्बन्धी अनुभव हासिल गरेका शाही हाल मुस्ताङमा जग्गा लिजमा लिएर हजारौँ स्याउका बेर्ना उत्पादन गर्दै आएका छन् । स्थानीय वातावरणअनुकूल गुणस्तरीय बेर्ना उत्पादन गर्दा कृषकहरूलाई सहज हुने र स्याउ खेती विस्तारमा सहयोग पुग्ने विश्वास शाहीको छ।

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 201 पटक पढिएको
  • उदयपुरबाट ७६३ केजी लागू औषध गाँजा, बोलेरो गाडी सहित २ जना पक्राउ

    उदयपुर ।  उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थितबाट ७ सय ६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।शनिबार राति १२:३० बजे इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-३ स्थित पैतालिस चौकबाट गाईघाट तर्फ आउदै गरेको को.१ ज ३४५६ नं. को बोलेरो गाडीलाई चेकजाँच गर्दा गाडी भित्र ३० बोरामा राखेको ७ सय ६३ किलो ७०० ग्राम गाँजा बरामद गरी चालक बेलका नगरपालिका -६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका -९ का राम बहादुर राईलाई पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 353 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेकोछ।दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 308 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा, सिङ्ग

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 303 पटक पढिएको
  • आज २०८२ साल पुस १२ गते शनिवारको राशिफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Ariesआजको दिन तपाईंको लागि उत्तम रहेको छ ,मानसिक तथा शारीरिक रूपमा सबल भईएला,कुनै पनि नयाँ कामको थालनी पनि हुनसक्छ,जागीर तथा नोकरी बाट बिशेष लाभ होला ।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurusअध्ययन तथा अध्यापनमा मन जाने समय रहेकोे छ,मानसम्मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, दिउँसो पख भने शारीरिक पिडा हुनसक्छ ।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Geminiआजको दिन बिनाकारण कुनै विवादमा परिएला, तपाईंको खुट्टा तान्नेहरु कमि हुने छैनन् ,बोल्दा सावधानि अपनाउनुहोला,मध्याह्न पछी भने शुभ समाचार सुन्नाले मन प्रसन्न रहला।कर्कट राशी (हि,

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 443 पटक पढिएको
  • कठपुतली सरकार ल्याउने चुनावलाई वहिष्कार गर्नुपर्छ : सीपी गजुरेल

    काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले साम्राज्यवादीले वैधानिकता हासिल गरी एउटा कठपुतलीलाई ल्याएर सरकारमा राख्नको लागि मात्र निर्वाचन गर्न लागेको बताएका छन् ।शुक्रबार १३३ औं माओ दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिले चुनावको विषय नेपालमा विचित्र ढंगले आएको भन्दै त्यसको बहिस्कार गर्नुपर्ने बताए ।उनले भने,‘अहिले चुनावको जुन विषय नेपालमा आइराखेको छ । त्यो विचित्र ढंगले आएको छ । चुनाव हुन नियमित ढंगले समय पुगेको हुनुपर्छ । समय पुगेको त छैन, दुई वर्ष बाँकी नै थियो । त्यो दुई वर्ष बाँकी हुँदै चुनाव गर्नुको कारण के हो कसैलाई थाहा छैन । पत्रकारले सोधे भ

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 237 पटक पढिएको
  • निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

    काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ । आयोगको बहादुर भवनस्थित कार्यालयमा स्थापना गरिएको केन्द्र आजदेखि सञ्चालनमा आएको हो ।समन्वय केन्द्रको उद्घाटन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका हुन् । कार्यक्रममा आयुक्तहरू डा।जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा, आयोगका सचिव कृष्णबहादुर राउतलगायतको उपस्थिति रहेको थियो ।आयोगका अनुसार निर्वाचनसम्बन्धी सूचना तथा सन्देशहरू मतदाता, उम्मेदवार, राजनीतिक दल र सरोकारवालास

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 227 पटक पढिएको
  • अपाङ्गता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चितको मागसहित सर्वोच्चमा रिट

    काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर गरिएको छ ।राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थ लगायत अपाङ्गता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सिताराम केसीको कानुनी सहायतामा शुक्रबार सर्वोच्च अदालतमा रिट नं.०८२डब्लुओ ०६५३ (उत्प्रेषण) दायर गरेका हुन् । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।रिट निवेदनमा नेपाल स

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 209 पटक पढिएको
  • काठमाडौं महानगरको नगरसभाः स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

    काठमाडौं— काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका हुन् ।नगरसभाले ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हुन् ।यसअनुसार स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूमा विभिन्न पदका लागि ३० जना तथा सफ्टवेयर विकास तथा सञ्चालनका लागि थप २० ज

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 601 पटक पढिएको
  • अस्तालको बेडमै बिरामीमाथि कुटपिट गरेको भिडियो भाइरल भएपछि भारतीय चिकित्सक निलम्बित

    काठमाडौं— अस्पतालको वार्डमै बिरामीलाई मुक्का हान्दै गरेको भिडियो भाइरल भएपछि भारतको हिमाचल प्रदेशस्थित एक सरकारी अस्पतालका चिकित्सक निलम्बित भएका छन्।शिमलाको इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पताल (आईजीएमसी) का सिनियर रेजिडेन्ट चिकित्सक डा. राघव नरुलाविरुद्ध प्रहरीले फौजदारी मुद्दा दर्ता गरेको छ। भिडियोमा चिकित्सकले बेडमा सुतिरहेका बिरामीमाथि कुटपिट गरिरहेको देखिन्छ।घटनापछि अस्पताल प्रशासनले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। हिमाचल प्रदेश सरकारले घटनालाई गम्भीर र अस्वीकार्य भन्दै दोषीमाथि कडा कारबाही हुने जनाएको छ।बिरामीले सम्मानजनक व्यवहार माग्दा विवाद बढेको दाबी गरेका छन् भने चिकित्सकले

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 510 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.