उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थितबाट ७ सय ६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार राति १२:३० बजे इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-३ स्थित पैतालिस चौकबाट गाईघाट तर्फ आउदै गरेको को.१ ज ३४५६ नं. को बोलेरो गाडीलाई चेकजाँच गर्दा गाडी भित्र ३० बोरामा राखेको ७ सय ६३ किलो ७०० ग्राम गाँजा बरामद गरी चालक बेलका नगरपालिका -६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका -९ का राम बहादुर राईलाई पक्राउ गरेको छ ।






































