समाचार

    Showing 6,621-6,630 of 19,527 items.
  • टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि

    काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाईम्स बास्केटबल क्लबले जितेको छ ।लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाईनलमा  गोल्डेनगेटललाई ८०–७२ ले हराएर टाईम्स च्याम्पियन बनेको हो ।टाईम्सले खेलको पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १९–१४ ले आफ्नो पक्षमा पारेपनि हाफ टाईमसम्म टाईम्सले नै ३४–२७ को अग्रता बनाएको थियो ।तेसो क्क्वाटर २६–२१ ले आफ्नो पक्षमा पारेपछि टाईम्सले अन्तिम क्वाटरअघि ६०–४८ को अग्रता बनाएको थियो ।चौथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो । च

    • प्रकाशित मितिः असार ८, २०८२
    • 208 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८६ पैसा

    • प्रकाशित मितिः असार ८, २०८२
    • 256 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित  बाँकी प्रदेशका केहि स्थानमा हल्का वर्षा भैरहेको छ । दिउसो बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागको धेरै स्थानहरूमा तथा बाँकी भू-भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू-भाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै

    • प्रकाशित मितिः असार ८, २०८२
    • 142 पटक पढिएको
  • ‘जलवायु परिवर्तनको समस्या नखाएको विषको असर हो, भोग्न बाध्य छौं’

    दोलखा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिल्वालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै यसबाट मानव जातीमात्र नभएर सम्पूर्ण जीव र वनस्पति समेत प्रभावित रहेको बताएका छन् । शनिबार दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा जारी रहेको‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा’ विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवादको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नखाएको विषको असरको रुपमा नेपालले अहिले जलवायु परिवर्तनको समस्या खेपिरहेको बताए । उनले भने,‘नखाएको विषको असर अहिले हामीले भोग्न परेको छ । जलवायु परिवर्तनले मानवमा मात्र होईन् ,सम्पूर्ण वनस्पति र

    • प्रकाशित मितिः असार ७, २०८२
    • 227 पटक पढिएको
  • योग दिवसमा ‘वल्र्ड रेकर्ड’ राख्ने भारतीय प्रधानमन्त्री मोदीको इच्छा

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज तीन लाख मानिसहरुको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाएर वल्र्ड रेकर्ड राख्दैछन् ।शनिबार भारतको आन्ध्र प्रदेशमा आयोजित विशाल योग जमघट कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी सहभागि भई गिनिज बुक अफ वल्र्ड रेकर्ड स्थापित गर्न लागेका हुन् । उक्त जमघटमा तीन लाख मानिसहरुले एकै साथ योग दिवस मनाउने कार्यक्रम रहेको छ ।अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन । ११ औं अन्तर्राष्ट्रिय योग दिवस समारोहका क्रममा विशाखापट्नममा भएको कार्यक्रममा भाग लिदै, उनले योगलाई ‘उमेरभन्दा बाहिर’ उपहारको रूपमा प्रशंसा गरे जसले

    • प्रकाशित मितिः असार ७, २०८२
    • 347 पटक पढिएको
  • नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसाका नाममा भइरहेको मानव बेचबिखन र अनियमितताबारे गम्भीर आरोप लगाउँदै गृहमन्त्रीको राजीनामाको माग गरेकी छन् ।शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले लामो समयदेखि राप्रपाले जनताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले विशेषगरी भिजिट भिसाको दुरुपयोग गरी विदेश पठाइएका नेपालीहरू, बेचिएका चेलिबेटीहरू र जीवन जोखिममा पारिएको भन्दै राजीनामा माग गरेकी हुन् ।‘आज हामी धेरै लामो समयदेखि आन्दोलनरत छौंं’, सांसद कार्कीले भनिन्, ‘हामीले आवाज उठाएका छौं । नेपाली जनताको लागि, विदेशमा गएर बेचिएका चेलीहरुका लागि, रसिया

    • प्रकाशित मितिः असार ७, २०८२
    • 214 पटक पढिएको
  • सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्न : सांसद ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रुपमा सदुपयोग नगरेको आरोप लगाएका छन् । शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफ्नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई सरकारले गम्भीर रुपमा नलिएको बताए ।उनले आफूहरुले अघि सारेका पाँच बुँदे माग पुरा नहुँदासम्म संसदमा आन्दोलन जारी राख्ने बताए । उनले आउने महाधिवेशनमा पनि संविधानले दिएसम्म पार्टीको सभापति रवि लामिछाने नै हुने बताए ।‘जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसमै अडिन भएर काम गरि रहेका छौं । पार्टी सभापतिले कारागरमै रहेपनि देश बनाउने

    • प्रकाशित मितिः असार ७, २०८२
    • 255 पटक पढिएको
  • टेक एण्ड पे फिर्ताका लागि प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक एसएमएस

    काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा ’टेक एण्डे पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई एकैपटक एसएमएस पठाएका छन् ।उनीहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत शनिवार बिहान १० बजे एकैपटक प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल, ऊर्जामन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकैपटक सयौं ऊर्जा उद्यमीले टेक एण्ड पे फिर्ता लिन एसएमएस गरेका हुन् ।टेक एण्ड पे पीपीएको व्यवस्था ऊर्जामा निजी क्षेत्रको लगानी बन्द ग

    • प्रकाशित मितिः असार ७, २०८२
    • 273 पटक पढिएको
  • राप्रपा र रास्वपाको अवरोधकाबीच अघि बढ्यो संसद

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरूले विरोध जारी राखेका हुन् ।भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै रास्वपा र राप्रपाले लामो समयदेखि बैठकमा विरोध जनाउँदै आएका छन्  । रास्वपा सांसदहरूले बेल घेराउ गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

    • प्रकाशित मितिः असार ७, २०८२
    • 291 पटक पढिएको
  • युवाहरुले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौं खर्च गर्दैछन् : सुमना श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शनिबार प्रतिनिधिसभाको बैठकमा युवाको भविष्य, वैदेशिक रोजगारी र राज्यको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएकी छन् ।संसदमा धारणा राख्दै सांसद श्रेष्ठले युवाहरूको ठूलो संख्या रसियन सेनामा सहभागी भइरहेको विषयलाई लिएर चिन्ता व्यक्त गरिन् ।उनले भनिन्, ‘यी विषयहरु सदनमा पटक–पटक उठेका कुराहरू हुन् । युवाहरू रसियन आर्मीमा गइरहेका छन् ।’उनले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भनिन्, ‘जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन ?’ श्रेष्ठको भनाइमा संसद जनताको आवाज बोल्ने, सुन्ने र कार्या

    • प्रकाशित मितिः असार ७, २०८२
    • 231 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा