काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भुभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहेकोछ।
दिउसो देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।






































