समाचार

    Showing 651-660 of 18,958 items.
  • मन्त्री पुन भन्छन ध्यान र योगलाई व्यवहारिक बनाउन पाठ्यक्रममा समावेश गर्नुपर्छ

    काठमाडौं— शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन् ।मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११ औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरिरहेको जानकारी दिएका हुन् ।उनले भने, ‘ध्यान र योग गर्ने कुरालाई कसरी व्यहारिक बनाउने भन्ने कुरा हो । पाठ्यक्रममा कसरी समावेश गर्ने भन्ने कुराहरुमा दुई÷तीन चरणका छलफल भएका पनि छन् । त्यसका साथै कक्षामा पाठ पढाएर मात्र यो हुने होइन् । ध्यान, र योगलाई व्यहारिकरुपमा लागु गर्न शुक्रबार हुने अतिरिक्त क्रियाकलापको

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 360 पटक पढिएको
  • नवलपरासीमा बसले ठक्कर दिएपछि वृद्धाको मृत्यु

    काठमाडौं— नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–५, भैरमपुरमा गएराति बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।लु १ ख ७०१९ नम्बरको बसले स्थानीय ६० वर्षीया सुमित्रा चमारलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि गम्भीर घाइते भएकी चमारलाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही–रुपन्देही लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको हो।प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 351 पटक पढिएको
  • सिनामंगलमा भारतीय नागरिक मृत अवस्थामा भेटिए

    काठमाडौं— काठमाडौं महानगरपालिका–९ अन्तर्गत सिनामंगलमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सिनामंगलमा डेरा गरेर बस्दै आएका भारतका ५५ वर्षीय सन्जय सिंह आफु बस्ने कोठामै गएराति मृत भेटिएका हुन्।प्रहरीले घटनास्थलमा गई मृत्युको कारणबारे थप अनुसन्धान अघि बढाएको बताएको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 348 पटक पढिएको
  • प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका युवा नेता राना पाल्पाबाट एकल सिफारिस

    काठमाडौं— नेपाली कांग्रेसका युवा नेता सन्दीप राना प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पाबाट प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा एकल सिफारिसमा परेका छन् ।आसन्न फागुन २१ को निर्वाचनका लागि काँग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिको बैठकले युवा नेता रानाको नाम प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।क्षेत्रीय सभापति झमनराज रानाको अध्यक्षतामा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, पालिका सभापति, महाधिवेशन प्रतिनिधि तथा नेपाली काँग्रेसका विभित्र तहमा रहेका नेताहरुको उपस्थितिमा बसेको बैठकले रामपुर नगरपालिका ७ निवासी रानाको नाम एकल सिफारिस गरेको हो ।राना नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य, म

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 333 पटक पढिएको
  • तनहुँको थर्पु अस्पतालमा अब नियमित आँखा उपचार सेवा

    तनहुँ— म्याग्दे गाउँपालिका–४ मा अवस्थित थर्पु अस्पतालमा अब नियमित आँखा उपचार सेवा उपलब्ध हुने भएको छ। यसका लागि म्याग्दे गाउँपालिकाले पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालसँग औपचारिक सम्झौता गरेको हो।स्थानीयवासीले आफ्नै आसपासमै सहज रूपमा आँखा परीक्षण र उपचार पाउन सकून् भन्ने उद्देश्यले गरिएको सम्झौताअनुसार सेवा आगामी पुस ३ गतेदेखि सञ्चालनमा आउनेछ। सम्झौतामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले हस्ताक्षर गरेका छन्।सम्झौता कार्यान्वयनसँगै दैनिक रूपमा नेत्र प्राविधिक खटाइनेछन्। यसले दमौली वा खैरेनीटार पुगेर आँखा परीक्षण गराउनुपर्ने

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 332 पटक पढिएको
  • देउवा डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिम पटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरूलाई बताएका हुन् ।डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए ।अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगन्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्न चाहेको बताएको जानकारी गराए ।मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापति देउवाले अन्तिम पटक चुनावमा उठ्ने जानकारी गराएको बताएका छन्

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 343 पटक पढिएको
  • रफाहको मावासीमा इजरायली गोली लागेर प्यालेस्टिनी बालिकाको मृत्यु

    काठमाडौं— दक्षिणी गाजाको रफाहस्थित मावासी क्षेत्रमा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी बालिकाको मृत्यु भएको छ। एम्बुलेन्स तथा आपतकालीन सेवाका अनुसार बालिकाको मृत्यु सेनाको तैनाथी क्षेत्र बाहिरै भएको हो।यसैबीच, इजरायल रक्षा बल (आइडीएफ) ले दक्षिणी गाजामा रहेका सैनिकहरू नजिक “पहेंलो रेखा” पार गर्दै तत्काल खतरा उत्पन्न गरेको एक आतंकवादीलाई पहिचान गरी हटाइएको दाबी गरेको छ। आइडीएफको भनाइ र स्थानीय स्रोतहरूको विवरणमा फरक देखिए पनि घटनाले गाजामा जारी तनाव थप गम्भीर बनेको संकेत गर्छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 343 पटक पढिएको
  • एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले  प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ ।विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिए। बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 361 पटक पढिएको
  • न्यायको खोजीमा भौतारिएको थिएँ, सर्वोच्चको फैसलाले राहत दियो : हितेन्द्रदेव शाक्य

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनः सोही पदमा पुन स्थापित गरेको छ ।न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ ढंगले र आवश्यक प्रक्रिया नपुर्याई पदबाट हटाइएको ठहर गर्दै सोमबार पुनस्र्थापना गर्ने आदेश दिएको हो ।सर्वोच्चको उक्त आदेश पछि शाक्यले भने,‘ लामो समय सम्म न्यायको खोजीमा भौंतारीएको थिएँ । अब मलाई सर्वोच्च अदालतले न्याय दिएको छ । सर्वोच्चको फैसलापछि प्राधिकरणको नेतृत्व पुनः जिम्मेवारी पुर्वक सम्हाल्नेछु ।’ शाक्यले न्यायिक प्रक्रियाले ढिलो भए पनि अन्ततः सत्य स्थापित भएको म

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 362 पटक पढिएको
  • उत्तरी जापानमा ७.५ को भूकम्पपछि महाभुकम्पको सम्भावना

    काठमाडौं— उत्तरी जापानमा ७.५ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानिय समय अनुसार भूकम्प सोमबार राति ११ः१५ बजे आओमोरी प्रिफेक्चरको पूर्वी तट क्षेत्रमा केन्द्रित भएको थियो ।भुकम्पपश्चात जापानी अधिकारीहरूले उक्त क्षेत्रमा सम्भावित ‘मेगाक्वेक’ अर्थात महाभुकम्पको जोखिमबारे चेतावनी दिएका छन् । यस्तो किसिमको महाभुकम्प आउने हो भने जापानको होक्काइडोदेखि लिएर चिबा प्रिफेक्चरसम्म र प्रशान्त तटमा ठूलो सुनामी आउन सक्ने बताइएको छ ।सोही कारण जापानी सरकारले प्रशान्त तट क्षेत्रका स्थानिय बासिन्दालाई आगामी एक सातासम्म उच्च सतर्कतामा रहन भनेको छ । तर, हालका लागि अनिवार्य रूपमा खाली गर्नुपर्ने निर्देशन भने

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 365 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा