काठमाडौं— पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् । कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु-गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गर्नुभएको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।कांग्रेसको महाधिवेशन तालिकालाई लिएर विवाद चर्किएपछि डा.कोइरालाले सक्रियता जनाएका हुन् । केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि कोइरालाले सहजीकरण गरेका हुन् ।बैठक १ बजेका लागि तय गरिए
काठमाडौं— हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति रहेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी दिएको हो । यस वर्ष १ लाख ९४ हजार १ सय ९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । त्यसमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले गरेको वार्षिक समीक्षा अनुसार यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिए भने
काठमाडौं— वर्षौ देखि गिजोलिएको डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विवाद समाधान गर्न नेपाल उद्योग परिसंघले वार्तामा बस्न सरकार एवं उद्योगीलाई आग्रह गरेको छ । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको, उत्पादनमूलक उद्योगहरूले न्यून क्षमतामा वस्तु उत्पादन गरी जेनतेन उद्योग संचालन गरिरहेको अवस्थामा केही उद्योगहरूमा प्राधिकरणले बिजुलीको लाइन काट्दा ती उद्योगहरू थप मर्कामा पर्नुका साथै ती उद्योगहरूमा कार्यरत श्रमिकहरूसमेत मारमा परेको भन्दै विवाद समाधानका लागि तत्काल वार्ता संवादमा बस्न उद्योगी एवं सरकारलाई परिसंघले आग्रह गरेको हो । साथै, आवश्यक परेमा सो वार्ता संवादका लागि सहजीकरण गर्न परिसंघ त
विराटनगर— प्रतिकूल मौसमका कारण इटहरी उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय आज एक दिनका लागि बन्द गरिएको छ ।इटहरी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचनामार्फत विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर विद्यालय बन्द गर्न निर्णय गरिएको जनाएको छ ।“मौसम प्रतिकूल रहेकाले विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखी आजका लागि सम्पूर्ण विद्यालयहरू बन्द गर्न निर्णय गरिएको छ,” शिक्षा शाखा प्रमुख रमेश कुमार साहले जारी गरेको सूचनामा उल्लेख छ ।
विराटनगर— मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । असामान्य वर्षाका कारण किसानको भर्खर थन्काउने बेला पुगेको धानवाली र तोरीबालीमा ठूलो क्षति पु¥याएको हो । तराईदेखि हिमालसम्मको क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्यालय र बाली सबै क्षेत्रमा क्षति पुगेको छ । सुनसरी, मोरङ, झापा, उदयपुर सहित विभिन्न स्थानमा पानीले धानबाली डुबाएको किसानहरूले बताएका छन् ।रामधुनीकी निर्मला लुईटेल भन्छिन्, ‘वर्षाले भर्खरै लगाएको तोरीदेखि धान सबै डुबायो ।’वर्षाको असरले प्रदेशका कतिपय स्थानीय तहहरूले विद्यालय बन्द गर्नुपरेको छ । इटहरी उपमहान
रामेछाप— वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जेनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नसकिने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जेनजीको नाममा भदौ २३ र २४ गते भएका अपराधको घटनामा संलग्नलाई छाड्न नहुने बताए । ‘जसले जे अपराध गरे पनि जेनजी भन्ने बित्तिकै छाड्ने हो भने समाज कहाँ पुग्छ ? देश के होला ?’ उनले प्रश्न गरे । श्रेष्ठले राज्य सत्ता सञ्चालन गर्ने विषय ख्यालख्यालको विषय नभएको बताए । सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरि
काठमाडौं— युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमा रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएका छन् ।उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्,'यो स्पष्ट रूपमा आतंकवाद हो । सामान्य मानिसहरूले यसरी युद्ध गर्दैनन् । संसारले यो रुसी आक्रमणको उचित जवाफ दिनुपर्छ ।'हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाटको सम्भावना उठाएका थिए । उनले युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्न सकिने बताएका थिए ।यद्यपि, यो बैठकपछि रद्द गरिएको थियो । युक्रेनले पुटिन-ट्रम्प वार्ता स्थगित भएदेखि रुसी आक्रमणहरू तीव्र भएको
काठमाडौँ । पछिल्लो समय भएको निरन्तरको वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध हुन पुगेका छन् । जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवत ‘मोन्था’का कारण कोशी प्रदेशका धेरै स्थानमा अत्यधिक वर्षा भई विपद्जन्य घटना घट्न सक्ने कुरालाई मध्यनजर गर्दै मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । यो राजमार्गको इलाम खण्ड भने पहिरोका कारण अवरुद्ध छ । सङ्खुवासभाको भोटखोला–४ बरुणखोला स्थित कोशी राजमार्ग गत जेठदेखि नै अबरुद्ध छ । बरुणखोलामा बाढी आई ह्युम पाइप बगा
काठमाडौं— पछिल्लो तीन महिनाको अवधिमा नेपाल प्रहरीका करिब साढे चार सय प्रहरी कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। प्रहरीका अनुसार राजीनामा दिनेहरूमध्ये कोहीले २० वर्ष सेवा अवधि पूरा गरेकाले स्वेच्छिक अवकाश लिएका छन् भने केहीले ५ वर्षमै व्यक्तिगत कारण देखाएर जागिर छाडेका हुन्।हालै मात्र एसएसपी प्रकाश रानाभाटले पनि ‘व्यक्तिगत कारण’ देखाउँदै राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत प्रक्रियामा रहेको प्रहरी स्रोतले जनाएको छ।नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक (स.नि.) तहसम्मका कर्मचारी बढी छन्। “तल्लो तहका प्रहरीहरूबाट घरायसी र व्य
काठमाडौं— कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका–९ स्थित तीनघुम्तीमा एक यात्रुबस दुर्घटनामा परि एक जना घाइते भएकी छन्।झापाको दमकबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९५१९ नम्बरको सप्तकोशी यातायातको बस शुक्रबार बिहान सडक किनारमा पल्टिएको हो।दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ घाइते भएकी छन्। उनलाई तत्काल उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।बसमा रहेका अन्य २६ यात्रुहरू सामान्य अवस्थामा रहेको र गम्भीर क्षति नभएको प्रहरीले बताएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.