समाचार

    Showing 6,541-6,550 of 25,597 items.
  • आज राष्ट्रिय पोसाक एवं टोपी दिवस

    काठमाण्डौ । हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो पहिचान भन्ने नारासहित विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरूवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक हो। ‘नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन था

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 404 पटक पढिएको
  • आजदेखि २०२६ इस्वी संवत्को नयाँ वर्ष सन् सुरु

    काठमाण्डौ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउछन् । ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भ

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 335 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 276 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ र बिक्रीदर १९३ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०५ रुपैयाँ १५ पैसा, सिङ्

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 353 पटक पढिएको
  • आज २०८२ साल पुस १७ गते बिहिवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। प

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 449 पटक पढिएको
  • इलामको पशुपतिनगर गुल्मका गुल्मपति सशस्त्र प्रहरीका डिएसपीको हृदयघातले मृत्यु

    फिक्कल  ।  सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर गुल्मका डिएसपी प्रकाश कोइरालाको हृदयघातका कारण मृत्यु भएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं.२० गण हे.क्वा. काठमाण्डौ दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे. क्वा. पशुपतिनगरका गुल्मपतिको रुपमा कार्यरत कोईराला बुधबार बिहान करिब ११:०० बजे अचानक चक्कर लागेर आफ्नै निवासको बेडरुममा बेहोस भएका थिए ।कोइराला बुधबार बिहान सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरी फर्केका उनी कार्यालय आएपछि अकास्मात् ढलेका थिए ।  उपचारका लागि उनलाई स्थानीय पशुपतिनगर स्वास्थ्य केन्द्रमा लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि फिक्कल अस्पताल लगिएको

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 606 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ ।  नेपाल निगमले मूल्य स्थीरिकरण कोषको सदुपयोग गर्दै उपभोक्ता वर्गलाइ मूल्य वृद्धिको चाप कम पर्ने गरी मूल्य समायोजन गरेको छ। सोहिअनुसार २०८२ पौष १६ गते इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोनलयम पदार्थको मूल्यअनुसार निगमका अनुसार प्रतिलिटर पेट्रोल रु. ४, डिजेल/मट्टितेल प्रतिलिटर रु. ५ ले घटाइएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ  । एल. पि. ग्यासमा प्रति सिलिण्डर रू.१००।३५ ले बढेर आएको भएता पनि निगमले उपभोक्ताको हितलाइ ध्यानमा राखी बिक्री मूल्य यथावत राखेको

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 387 पटक पढिएको
  • जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ : प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन् ।नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको बताइन् ।उनले भनिन्,‘फागुन २१ गते निर्वाचन गर्नेगरी यो सरकार गठन भएको सबैलाई जानकार नै छ । सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं ।’त्यस्तै उनले नेपालको राजनीतिक परिवर्तनले समान

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 348 पटक पढिएको
  • पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने अदालतको आदेश

    काठमाडौं । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ ।पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो ।विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 321 पटक पढिएको
  • सर्वसाधारणको नाममा वालेट आईडी बनाई ठगी गर्ने समुह पक्राउ

    जनकपुर । धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आईडी बनाएर ठगी गर्ने समुहलाई पक्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समुहका ६ जना पक्राउ गरेको बारे जानकारी दिएको छ ।पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानी चोकमा मामा भान्जा ट्रेडर्स (आईएमइ) सञ्चालन गरेर बसेका विशाल भुजेल, धनुषाधाम ९ घर भइ हाल धारापानी चोकमा मोबाईल पसल सञ्चालन गरेर बसेका ३७ वर्षिय सन्तोष मण्डल, धनुषाको धनौजी गाउँपालिका २ का २५ वर्षिय साधु राम, सोही स्थानमा घर भई हाल जनकपुरधामको शिव चोकमा डेरा गरी बसेका २२ वर्षिय बलराम मण्डल, धनौजी गाउँपालिका २ का २० वर्षिय रुपेश

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.