काठमाण्डौ । नेपाल निगमले मूल्य स्थीरिकरण कोषको सदुपयोग गर्दै उपभोक्ता वर्गलाइ मूल्य वृद्धिको चाप कम पर्ने गरी मूल्य समायोजन गरेको छ।
सोहिअनुसार २०८२ पौष १६ गते इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोनलयम पदार्थको मूल्यअनुसार निगमका अनुसार प्रतिलिटर पेट्रोल रु. ४, डिजेल/मट्टितेल प्रतिलिटर रु. ५ ले घटाइएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।
एल. पि. ग्यासमा प्रति सिलिण्डर रू.१००।३५ ले बढेर आएको भएता पनि निगमले उपभोक्ताको हितलाइ ध्यानमा राखी बिक्री मूल्य यथावत राखेको जनाएको छ।






































