समाचार

    Showing 6,401-6,410 of 23,538 items.
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३४ औँ बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।  बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । 

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 508 पटक पढिएको
  • एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    काठमाडौं— एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ ।यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 435 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । गत असोज २८ गतेबाट प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।   कार्यसमितिको बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा आफ्नो धारणा राख्नेक्रम जारी छ । मंगलबार बसेको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू— कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल,

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 405 पटक पढिएको
  • कांग्रेस अधिवेशनका लागि दुई वटा प्रस्ताव आएका छन् : प्रवक्ता महत

    काठमाडौं—  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिवेशनका लागि दुई वटा प्रस्ताव आएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगन थापाले र सहमहामन्त्री महेन्द्र यादवले आफ्नो व्यक्तिगत तर्फबाट अधिवेशनका लागि प्रस्तावहरु आएको बताएका हुन् । उनले भने, ‘आज केन्द्रिय समितिको बैठकमा व्यक्तिगतरुपमा दुई वटा प्रस्ताव अगाडि आए तपाईंहरुलाई थाहा छ । महामन्त्री गगन थापाले निर्वाचन अगाडि अधिवेशन गर्न सकिने प्रस्ताव उहाँले ल्याउनु भएको छ भने सहमहामन्त्री महेन्द्

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 413 पटक पढिएको
  • बालबालिकालाई दिन तयारी परिएको खोप म्याद नाघेको भेटियो

    रौतहट—  रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ को डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सीन म्याद नाघेको भेटिएको छ । कार्तिक महिनाको १७, १८ र १९ गते १२ महिनादेखी २३ महिना भित्रका बालबालिकाहरुको लागि दिन तयारी परिएको भ्याक्सीन म्याद नाघेको भेटिएको हो । चन्द्रपुर अस्पतालबाट ल्याइएको  भ्याक्सीन म्याद गुज्रिएको भेटिएकाले तत्काल सो खोप दिन रोकिएको चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे । ‘यस्तो लापरवाही गर्नु हुँदैन उनले भने, ‘यस विषयमा छानबिन हुन्छ । अस्पतालमा म्याद भएको भ्याक्सीन हुँ

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 440 पटक पढिएको
  • प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित

    जनकपुर— जनकपुरधामका व्यवसायीहरुले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सोमबार धनुषाका प्रशासन कार्यालयमा भएको छलफल पश्चात सहमतिमा कुरा टुंगिएपछि जनकपुरधामका व्यापारीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।सहमति अनुसार गत असोज ३१ गते जनकपुरधामको सोनरपट्टी बजारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्ने, व्यापारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने, र बजार सञ्चालनका लागि सहज वातावरण सुनिश्चित गर्ने सहमति भएको छ ।धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा जनकपुरधामको सोनारपट्टी बजार क्षेत्रको एक पसलमा छापा मारेको थियो । सो क्रममा करिब सात कि

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 144 पटक पढिएको
  • हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

    हेटौंडा— देशकै पुरानो सरकारी स्वामित्वको उद्योग हेटौंडा सिमेन्ट फ्याक्ट्री फेरि एकपटक संकटको चपेटामा परेको छ । उत्पादन स्थगित भएको झण्डै एक वर्ष नाघ्दा सरकारले यो उद्योगलाई निजीकरण प्रक्रियामा लैजाने तयारी थालेपछि यसबारे व्यापक बहस सुरु भएको छ ।वि.सं. २०३३ मा जापान सरकारको सहयोगमा स्थापना गरिएको हेटौंडा सिमेन्ट उद्योगले सन् १९८६ डिसेम्बर ११ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । सुरुवाती समयमा यसले देशको सिमेन्ट मागको ठूलो हिस्सा पु¥याएको थियो । वार्षिक २ लाख ६० हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यो उद्योग अहिले भने पुरानो प्रविधि, मेसिनरी जीर्णता र व्यवस्थापन कमजोरीका कारण लामो समयदेखि उ

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 415 पटक पढिएको
  • गरिबी निवारण, सामाजिक समावेशीकरण, दिगो विकास र समृद्धि लोकतन्त्रका आधार स्तम्भः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् । कतारको दोहामा मंगलबारबाट सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन अन्र्तगत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी र सामाजिक समावेशीकरण अमूर्त आदर्श मात्रै होइनन्, शान्ति सुव्यवस्था, समृद्धि र दिगो विकास लो

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 409 पटक पढिएको
  • अवैध चिनियाँ मदिरा ३५१ काटुन बरामद

    काठमाण्डौ  ।   जिल्ला प्रहरी कार्यालय हुम्लाले अवैध चिनियाँ मदिरा झिनीगिन्टी बरामद गरेको छ ।हुम्लाका विभिन्न स्थानहरूबाट ३५१ काटुन अवैध चिनियाँ मदिरा झिनिगिन्टी बरामद गरेको छ । ४ हजार २१२ बोतल अवैध चिनियाँ मदिरा झिनिगिन्टी मदिरा हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शङ्कर पोखरेलले जानकारी दिएका छन। प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मङ्गलवार राती १२ बजे बरामद गरेको हो।बेवारिसे रूपमा भेटिएका २ हजार  २२ लिटर अवैध अखाद्य चिनियाँ मदिरा बरामद गरेको सङ्कलन ग

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 379 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात तथा बाँकी प्रदेशको पहाडी भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 363 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.