समाचार

    Showing 6,331-6,340 of 25,597 items.
  • आज २०८२ साल पुस २३ गते बुधवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ। रचनात्मक काममा जुट्ने समय छ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। हडबडीले काम बिग्रन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 297 पटक पढिएको
  • सिनामंगलको काठ गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी

    काठमाडौं— काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको काठ तथा फर्निचरको गोदाममा मंगलबार दिउँसो आगलागी भएको छ। आगलागीको सूचना पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।काठमाडौं महानगरपालिकाको नगर प्रहरीका अनुसार आगोको मुस्लो देखिएपछि महानगरको दमकल तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले प्रारम्भिक रूपमा घरबाट सल्किएको आगो नजिकै रहेको काठ तथा फर्निचरको गोदाममा फैलिएको हुन सक्ने जानकारी दिएका छन्।हाल नेपाल प्रहरी, नगर प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याउने कार्य

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 502 पटक पढिएको
  • वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने

    रौतहट— धनुषा घटनालाई लिएर वीरगञ्जमा उत्पन्न तनाव न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित सर्वपक्षीय बैठक मंगलवार सम्पन्न भएको छ ।प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सामाजिक सद्भाव जोगाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।बैठकले सामाजिक र धार्मिक सद्भावलाई दीर्घकालीन रूपमा कायम राख्न एक ’स्थायी सद्भाव संयन्त्र’ गठन गर्ने निर्णय गरेको छ । यस संयन्त्रले आगामी दिनमा हुनसक्ने सम्भावित विवादहरूलाई समाधान गर्न र आपसी भाइचारा बलियो बनाउन काम गर्नेछ ।बैठकका मुख्य निर्णयहरू यस प्रकार छन्ः१. अनुमति अनिवार्यः अबदेखि कुनै

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 559 पटक पढिएको
  • नेप्से ९.९३ अंकले उक्लियो, कारोबार रकम ७ अर्ब नाघ्यो

    काठमाडौं— मंगलबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबारको वृद्धिलाई निरन्तरता दिँदै मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लागेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ ।सोमबार ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३३४ वटा स्टकको ८८ हजार ३६२ पटकको कारोबारमार्फत ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।शेयरमूल्य वृद्धितर्फ यस दिन जीवन विकास लघु

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 547 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यालय परिसरमा लफडा, नेताहरुलाई गेटमै रोक्ने प्रयास

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाहिर तनाव भएको छ । विशेष महाधिवेशन पक्षधरहरुले नेताहरुविरुद्ध नाराबाजी समेत गरे ।विशेष पक्षधरमा नेताहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएपछि उनीहरूले पनि अर्को खेमाका नेताहरूलाई भित्र छिर्न रोक्ने प्रयास गरेका छन् ।पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधिलाई पार्टी कार्यालय प्रवेशका क्रममा अवरोध भएको छ । मंगलबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय पुगेका थिए । तर उनीहरुले वैकल्पिक गेट प्रयोग गर्नु परेको छ ।नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएक

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 518 पटक पढिएको
  • स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय

    काठमाडौं— स्विट्जरल्यान्ड सरकारले अपदस्थ भेनेजुएलाली राष्ट्रपति निकोलस मादुरोसँग सम्बन्धित स्विट्जरल्यान्डस्थित सम्पत्तिहरू तत्काल जफत (फ्रिज) गर्ने निर्णय गरेको छ ।ती सम्पत्तिहरू गैरकानुनी रूपमा आर्जित भएको पुष्टि भएमा भेनेजुएलाली जनताको हितमा प्रयोग गरिने स्विस सरकारले जनाएको छ । स्विस संघीय सरकारले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै मादुरोसँग सम्बन्धित सबै स्विस–आधारित सम्पत्तिमा यो निर्णय तत्काल लागू हुने स्पष्ट पारेको हो ।स्वीस सरकारका अनुसार सोमबार संघीय परिषद्ले मादुरो र उनका नजिकका व्यक्तिहरूको नाममा रहेको सम्पत्ति जफत गर्ने निर्णय गरेको हो । स्विस सरकारको विज्ञप्तिमा भनिएको छ,‘य

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 526 पटक पढिएको
  • जेनजी युवा जागरण पार्टीकोे घोषणा, आन्दोलनका माग पूरा गर्न सडक संघर्ष

    काठमाडौं— जेनजी समावेशी युवा जागरण पार्टी घोषणा भएको छ । नयाँ जेनजी आन्दोलनका अधुरा एजेण्डा पूरा गर्न सडक संघर्ष गर्ने जानकारी गराएको छ ।मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर जेनजी युवा जागरण पार्टीले राजनीतिक, सामाजिक र आर्थिक समस्याविरुद्ध नयाँ वैकल्पिक राजनीतिक अभियान अघि बढाउने घोषणा गरेको छ ।पत्रकार सम्मेलनमा अध्यक्ष जीपी पोखरेलले पार्टीले युवाको सक्रिय सहभागितामा समावेशी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्ने उद्देश्य लिएको जनाकारी दिए ।‘नेपालमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, महँगी, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्याले जनताको जीवन कष्टकर बन्दै गएको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 539 पटक पढिएको
  • परिणाम स्वीकार्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल आधार होः ईश्वर पोखरेल

    काठमाडौं— नेकपा एमालेका नेता ईश्वर पोखरेलले एघारौँ महाधिवेशनको परिणामलाई स्वीकार गर्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल मर्म भएको बताएका छन् ।महाधिवेशनमा पराजित भएपछि आफ्नो धारणा स्पष्ट राख्दै पोखरेलले प्रतिस्पर्धात्मक राजनीतिमा सहभागी हुने जोकोहीले त्यसबाट आउने परिणामलाई स्वीकार गर्न सक्नुपर्ने बताए ।‘प्रतिस्पर्धामा जानु भनेको जितहार दुवैलाई स्वीकार गर्ने तयारीसहित अगाडि बढ्नु हो । परिणाम स्वीकार गर्न नसक्ने वा स्वीकार गर्न आँट नगर्नेहरू वास्तवमा प्रतिस्पर्धात्मक राजनीति गर्ने मान्छे हुँदैनन्,’ उनले भने ।उनले प्रतिस्पर्धात्मक राजनीतिका आफ्नै चुनौती र समस्याहरू हुने उल्लेख गरे । ती विषयमा अलग

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 568 पटक पढिएको
  • ओलीलाई चुनावी तालमेल गर्न र घोषणा पत्र बनाउने जिम्मा, ‘बादल’लाई निर्वाचन परिचालन कमिटीको जिम्मेवारी

    काठमाडौं— नेकपा )एमाले) को मंगलबार बसेको सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश र निर्वाचनको संयोजक तोक्नुका साथै राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्नेबारे अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।एमाले उपमहासचिव लेखराज भट्टका अनुसार निर्वाचन परिचालन कमिटी गठन गरेको र त्यसको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई संयोजक तोकेको छ । जसमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन् ।त्यस्तै, कांग्रेस र नेकपाबीच छलफल गर्ने र हरेक प्रदेशमा एकजना पर्ने गरी सात सीट माग गरेको उपमहासचिव भट्टले जानकारी दिए ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 540 पटक पढिएको
  • कांग्रेस महाधिवेशन: सानेपामा सुरक्षा व्यवस्था कडा

    काठमाडौं– नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर विवाद बढ्दै गएपछि पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मंगलबार पार्टीको सम्पादन समिति बैठक सुरु हुनुअघि कार्यकर्ताहरूको भीड बाक्लिँदै गएपछि सुरक्षा सतर्कता थप कडा बनाइएको जनाइएको छ। कार्यालय वरपर प्रहरीको उपस्थिति बढाइएको छ भने प्रवेशमा निगरानीसमेत गरिएको छ।पार्टीभित्र देखिएको आन्तरिक विवादले तनावको अवस्था सिर्जना भएपछि अप्रिय घटना हुन नदिन सुरक्षाका उपाय अपनाइएको स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 556 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.