काठमाडौं— बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगन भएका थिए । आजको बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकको भनाइ छ ।
काठमाडौं— चर्चित पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा आज बिहान उपस्थित भएका छन्। जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार पाठक बिहान ९ बजे अदालत पुगेका हुन्।पाठकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा साइबर ब्यूरोमार्फत् मुद्दा दर्ता गरिएको थियो। सरकारी वकिलको कार्यालयले उजुरीको आधारमा उनीमाथि “विद्युतीय माध्यममार्फत गैरकानुनी सामग्री प्रकाशन” गरेको अभियोग लगाएको हो।आजै अदालतमा पाठकको बयान लिने र त्यसपछि थुनछेक बहस सुरू गर्ने तयारी गरिएको छ।साइबर ब्यूरोमा परेको उजुरीअनुसार, पाठकले आफ्नो युट्युब च्यानलबाट प्रसारण गरेको एक भिडियोमा नेपाली कांग्रेस सभा
भद्रपुर (झापा), १९ असारः बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो । गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको
काठमाडौं— नेपाल प्रहरीले कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले दयाललाई अहिले दिउँसो नेपालगन्जबाट पक्राउ गरेको हो।सिआइबीका अनुसार मिश्र २०६६ सालदेखि ०७५ सालसम्म बैँकको अध्यक्ष थिए। उनी बैक घोटला प्रकरणमा पक्राउ परेका हुन्।
विराटनगर— झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूमा गरिएको प्रहरी कारबाहीमा लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ।वडा प्रहरी कार्यालय भद्रपुर, झापाको टोलीले भारतबाट नेपाल प्रवेश गर्ने क्रममा बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यस्तै, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३ का २६ वर्षीय बिर बहादुर राजबंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।यस्तै लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको शनिश्चरे–८ निवासी ३२ वर्षीय उजिर लिम्बुलाई विराटनगर–१५ स्थितबाट २ ग्राम ४ मिलिग्राम
काठमाडौं— करार बमोजिम वस्तुको मूल्य बापतको रकम नतिरी फरार रहेका प्रतिवादी दिनेश सिलवाललाई प्रहरीले पक्राउ गरेको छ। वादी पूजा सोप एण्ड हाउसहोल्ड प्रा.लि. को तर्फबाट दायर मुद्दामा प्रतिवादीमाथि रु ३,९३,३१२।८३ (अक्षरेपी तीन लाख त्रियानब्बे हजार तीन सय बाह्र रुपैयाँ त्रियासी पैसा) बिगो बराबरको रकम नतिरेको आरोपमा २ वर्ष कैद सजाय तोकिएको थियो।काठमाडौं महानगरपालिका–३४ स्थायी घर भई हाल महानगरपालिका–३१ मिलनचोकमा बस्दै आएका ५५ वर्षीय दिनेश सिलवाल फरार रहेका थिए। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१ स्थित मिलनचोकबाट पक्राउ गरेको हो।पक्राउ पश्चात् प्रतिवादीलाई
धनुषा— धनुषामा छुराप्रहार गरी एक वृद्धको हत्या गरिएको छ । आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या ती वृद्धको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको प्रहरीले जनाएको छ । विमललाई उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले बुधबार बिहान १० बजे घरमै छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले ससुरालाई घरमै छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि वासुदेव गम्भीर घाइत
काठमाडौं— नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीलाई तीन दिन भित्र स्पष्टीकरण दिन पार्टीले अल्टिमेटम दिएको छ ।नेतृ झाँक्रीले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाल भ्रष्टाचारको मुद्दा खेपिरहेका बेला अध्यक्षलक्षित अभिव्यक्ति दिएकी थिइन् ।उनले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।यही अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को आक्रोश छ। पार्टी अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको सचिव सोमप्रसाद पाण्डेले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.