समाचार

    Showing 6,231-6,240 of 23,528 items.
  • डेडिकेटेड तथा ट्रंक लाइनको महशुल सरलीकरण गर्न उर्जा मन्त्रालयलाई प्रधानमन्त्रीको पत्र

    काठमाडौं— उद्योगी व्यवसायीहरूले उठाउँदै आएका डेडिकेटेड ट्रंक लाइन शुल्कसम्बन्धी समस्यालाई समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई शुल्क सरलीकरण र पुनरावलोकनका लागि आवश्यक पहल गर्न निर्देशन दिएको छ ।केहिदिन अघि प्रधानमन्त्रीको उपस्थितिमा अर्थमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, मुख्य सचिव, कानून सचिव तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूबीच छलफल भएको थियो । सो बैठकमा उद्योग सञ्चालनमा देखिएका चुनौतीहरू तथा महशुल भुक्तानी प्रक्रियाबाट उद्योगी व्यवसायीलाई परिरहेको दबाबबारे विस्तृत रूपमा समीक्षा

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 533 पटक पढिएको
  • जुम्लाको नराकोट इलाका प्रशासन कार्यालय बन्द हुँदा सेवा अवरुद्ध

    मुगु— जुम्लाको नराकोटस्थित इलाका प्रशासन कार्यालय लामो समयदेखि बन्द रहँदा स्थानीय सेवाग्राहीहरू समस्यामा परेका छन् । कार्यालय प्रमुख नरबहादुर बुढा लामो समयदेखि अनुपस्थित रहँदा कार्यालयका सबै प्रशासनिक सेवा ठप्प बन्न पुगेका हुन् ।कार्यालय बन्द भएपछि नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली दर्ता–नवीकरण तथा सिफारिसजस्ता दैनिक आवश्यक सेवा पाउन स्थानीयले कठिनाइ भोग्नुपरेको छ । काम लिएर कार्यालय पुगेका सेवाग्राहीहरू निराश बनेर फर्किन पर्ने बाध्यता छ ।जिल्ला प्रशासन कार्यालय जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलका अनुसार कार्यालय प्रमुख नहुँदा केही काम जिल्ला प्रशासन कार्यालयबाट

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 483 पटक पढिएको
  • हिमपात र चिसो छल्न बेँसीतिर झर्दै भेडीगोठ

    बाजुरा— बाजुराका उच्च हिमाली तथा लेकाली भू–भागमा अत्याधिक चिसो बढ्न थालेपछि यहाँका भेडीगोठ बेँसीतिर (औल) झार्न थालिएको छ ।यहाँका नौं वटै स्थानीय तहका उच्च क्षेत्रमा बसोबास गर्दै आएका भेडीगोठ हिमपात संगै चिसो बढ्न थालेपछि बेँसितिर झार्न थालिएको हो। गत जेठमा लेक चढेका भेडीगोठ चिसो बढेपछि धमाधम बेसी झर्न थालेका हुन् ।लेकबाट बेँसितिर भेडा झर्न थालेपछि विभिन्न ठाउँ भेडाबाख्राका बथानले भरिएका छन् । बाजुरामा कात्तिकको पहिलो सातादेखि अत्याधिक चिसोसंगै उच्च हिमाली क्षेत्रमा हिमपात भएर यहाँका चिसो बढिपछि भेडीगोठलाई कठिनाई भएको हो ।चिसोका कारण भेडाबाख्राको चरनको लागि कठिनाइ भएकाले बेँसीतिर भेडीगोठ सार्न

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 668 पटक पढिएको
  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव

    काठमाडौं— क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।पार्टीका महासचिव सीपी गजुरेल (गौरव) द्वारा जारी प्रेस विज्ञप्तिमा नेपालको वर्तमान सत्ता संरचना ‘दलाल पूँजीवादी राज्यसत्ता’ भएको आरोप लगाउँदै यसको विकल्पमा स्वतन्त्र र जनमुखी सरकार आवश्यक रहेको उल्लेख गरिएको छ ।पार्टीले हालको अस्थायी सरकारलाई ‘कठपुतली सरकार’ भन्दै यसले जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारसम्बन्धी समस्या झन् गम्भीर बनाएको दाबी गरेको छ ।विज्ञप्तिमा भनिएको छ, ‘यो नवऔपनिवेशिक जंजीरलाई तोड्न राष्ट्रिय राजनीतिक सम्मेलन गरी देशभक्त, क्रान्तिकारी र वाम

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 485 पटक पढिएको
  • गिलि अटो एक्स–५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो

    काठमाडौं— गिलि अटोग्रुप आफ्नो पूर्णत विद्युतीय एसयुभि गिलि एक्स–५ को २ लाख १० हजार युनिट विक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिले गिलि एक्स–५ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको छ ।उत्पादक देश चीनमा गिलि एक्स–५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो । थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशहरूमा उपलब्ध  छ ।गिलि अटोले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरी १४ लाख सवार

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 611 पटक पढिएको
  • वायु प्रदुषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकुलता घटाउने प्रयास

    काठमाडौं— काठमाडौं महानगरपालिकाको खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै यस्ता बस्तु बाल्न रोक लगाइएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।  विभागका अनुसार जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ । प्रदुषण बढ्नमा यसरी खुला रुपमा बालिने बस्तुको महत्वपूर्ण हिस्सा रहेको विभागका प्रमुख सरिता राईले बताइन् । उनले भनिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।’ वायु प्रदुषणले बालबालिका,

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 518 पटक पढिएको
  • कालाजाग्रामा भव्य पूजाआजा, परम्परागत संस्कृतिको जेगेर्ना

    बाजुरा— बाजुराको धार्मिक तथा पर्यटकीय स्थल कालाजाग्रामा भव्य पूजाआजा गरिएको छ ।लामो समयपछि बडीमालिका नगरपालिका वडा नम्बर ७ मा रहेको धार्मिक स्थल कालाजाग्रामा देवीको विधिवत् रुपमा पूजाआजा गरिएको हो ।‘टाइगर हिल’का नामले परिचित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल कालाजाग्रामा शनिवार दिनभर विधिवत् रुपमा भव्य पूजाआजा गरिएको हो ।रजातोलीका स्थानीयले बर्षाैदेखि पूजा गर्दै आएकोमा बिचमा केही समस्याका कारण देवीको पूजा हुन सकेको थिएन् । ढम्कनेका स्थानीयले फाट्टफुट्ट पूजा अर्चना गरेपनि विधिवत् रुपमा ठूलो पूजा रजातोलीका स्थानीयले गर्ने गर्थे । १९ पुस्तादेखि निरन्तर पूजा हुँदै आएको तर बिचमा केही समस्याक

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 554 पटक पढिएको
  • एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

    काठमाडौं— नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नोटा छाप्न ठेक्का दिएको जानकारी दिएको हो ।उक्त ठेक्का अनुसार, एक हजार रुपैयाँ दरका कुल ४३ करोड थान नोट छाप्ने कामको लागि करिब २ अर्ब ४० करोड ३५ लाख रुपैयाँ अर्थात् अमेरिकी डलर १६.९८५ मिलियन खर्च हुने अनुमान गरिएको राष्ट्र बैंकले जनाएको छ ।यस ठेक्कामा नोटको डिजाइन, प्रिन्टिङ, आपूर्ति र डेलिभरीको पूर्णसेवा समावेश छ । उक्त कम्पनीले विगत केही वर्षदेखि नेपालमा नोट छाप्ने ठेक्काहरू लगातार

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 570 पटक पढिएको
  • नेकपा एकीकृत समाजवादी पुनर्गठन, संयोजकमा घनश्याम भुसाल चयन

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ ।शनिबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई सर्वसम्मत रूपमा संयोजक बनाएको जानकारी नेता दामोदर अर्यालले दिए। बैठकमा ६७ जना केन्द्रीय सदस्यको सहभागिता रहेको थियो ।उक्त बैठकमा संयोजक भुसालले ‘वर्तमान अवस्था र हाम्रो दायित्व’ विषयमा सम्बोधन गर्दै पार्टी पुनर्गठनका आवश्यक कदमबारे धारणा राखेका थिए।बैठकले आगामी मङ्सिर महिनामा आयोजना हुने राष्ट्रिय भेलाको तयारीबारे पनि विस्तृत छलफल गरेको छ। यता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू माओवादी केन्द्रसहितका दलहरूसँगको एकता प्रक्रिया

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 484 पटक पढिएको
  • आकस्मिक सेवाका चालक जोखिममा, मागप्रति सरकार मौन

    चितवन— संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै सम्बोधन हुन सकेको छैन । सङ्घले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग राख्दै आएको छ । त्यसैगरी, एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने सङ्घको माग छ । देशभर छ हजार एम्बुलेन्स छन् । तीमध्ये ८० प्रति

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 566 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.