समाचार

    Showing 6,231-6,240 of 19,509 items.
  • धर्ती र जीवन दुवैमा शान्ति छाओस् : केपी शर्मा ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धर्ती  र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिनुभएको हो । “आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादीमुक्त गर्ने, मनसुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो । कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ”, प्रधानमन्त्रीले लेख्नुभएको छ ।  आज आषाढ शुक्ल एकादशीका दिन भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने गरिन्छ

    • प्रकाशित मितिः असार २२, २०८२
    • 272 पटक पढिएको
  • श्रीमतीलाई आफूसँग पठाउन नमानेको भन्दै ससुरालीमा सामूहिक हत्या

    भोजपुर— भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ।प्रहरीका अनुसार ३० वर्षीय राजेन्द्र राईले गए राति आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।हत्या पश्चात राजेन्द्र राईले आफैंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए। उनको पेटमा गहिरो चोट लागेको र उपचारपछि उनलाई थप उपचारका लागि बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ।राजेन्द्र करीब एक हप्तादेखि ससुरालीमै बस्दै आएका थिए।  घरायसी विवादका कारण घटना भएको हुनसक्ने वडासदस्य जीव

    • प्रकाशित मितिः असार २२, २०८२
    • 393 पटक पढिएको
  • बिमलेन्द्र निधिमाथि खनिए एमाले नेता रघुवीर महासेठ

    जनकपुर – नेकपा एमालेका नेता एवम प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन् ।आइतबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए । जनकपुरधामको रिङ्ग रोड निर्माणदेखि डम्पिङ्ग साइट निर्माण जस्ता दर्जनौं बढी विकास निर्माणका कार्यहरु नेता निधिकै कारणले अगाडि बढ्न नसकेको महासेठको आरोप छ । राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पत्नी जुली महतोले अवरोध गरेको भन्दै शनिबार (हिजो) नेता निधिले जनकपुरधाममा पत्रकारसम्मेलन मार्फत जानकारी दिएका थिए । सो कुराको नेता महासेठले खण

    • प्रकाशित मितिः असार २२, २०८२
    • 226 पटक पढिएको
  • बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी : सभामुख

    काठमाडौं – सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउनेगरी काम गर्नुपर्ने बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनिकरणको लागि छलफल आवश्यक रहेको बताए । उनले भने,‘ ऐन वा कानुनको पूर्ण पालनगरी बेरुजु नबनाउनेगरी काम गर्नेतर्फ जोड दिन जरुरी छ । र यो कसरी गर्न सकिन्छ त्यसतर्फ छलफल केन्द्रीत हुनुपर्छ । वित्तिय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र न्यूनिकरणका उपायहरुबारे विषयगत ढंगबाट छलफल गर्न आवश्यक छ ।’ उनले सुशासन, समृद्धि, सुख ,समृद्धि र समानताको मुख्य आध

    • प्रकाशित मितिः असार २२, २०८२
    • 196 पटक पढिएको
  • उज्वेकिस्तानसँग नेपाल पराजित, एशियन कप खेल्नबाट बञ्चीत

    काठमाण्डौ – एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गतको निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो ।योसँगै नेपालले अब सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एशियन कप खेल्नबाट बञ्चीत भएको छ । निर्धारित समयमा ३–३ गोलको बराबरी भएको थियो. । नेपालको तीन वटै गोल कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी हुन् भने उज्वेकिस्तानकी खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले समान एक गोल गरे ।निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थ

    • प्रकाशित मितिः असार २२, २०८२
    • 210 पटक पढिएको
  • ‘माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको छ ’

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्द्र संसदीय व्यवस्थाको व्यापारी भएको बताएका छन् ।संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली भन्दै माओवादीले संसदीय व्यवस्थाको भरमग्दुर दोहन गर्ने गरेको बस्नेतको टिप्पणी रहेको छ ।उनले भने, ‘माओवादी चुनावमा एउटा दलसँग गठबन्धन गर्छ । सरकार बनाउन अर्को गठबन्धन र सरकार फेर्न फेरि अर्को गठबन्धन गर्छ । साना दलहरुलाई प्रयोग गर्छ । सरकार टिकाउन अन्य पार्टी फुटाउँछ । कसैसँग निहु खोज्न एउटा गठबन्धन गर्छ, आफै जाकिने भएपछि फेरि गठबन्धन फेर्छ । बाहिर जे भनेपनि संसदीय व्यवस्थामा सबैभन्दा

    • प्रकाशित मितिः असार २२, २०८२
    • 236 पटक पढिएको
  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

    काठमाडौं – बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । नेपालको आन्तरिक उड्डयन क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको कम्पनीले सन् २०२५ को ६ महिनामै उक्त नाफा कमाएको हो ।सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसअघि सन् २०२३ मा बुद्ध एयरले १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा कम्पनीको आम्दानी सन् २०२४ मा ८.८६ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढेको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको मूल्यांकनले देखाएको छ ।कम्पनीले कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी

    • प्रकाशित मितिः असार २२, २०८२
    • 237 पटक पढिएको
  • ‎‎पुल उद्घाटनको लागि प्रधानमन्त्री ओली हुम्ला

    काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने चुवाखोला बेलिब्रिजको आज उद्घाटन गर्दै छन्। ‎‎आइतबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले सोही चुवाखोला बेलिब्रिजको उद्घाटनको लागि हुम्ला जान लागेको जानकारी गराएका हुन्। उनले पुल उद्घाटनसँगै सडक सञ्जालमा जोडिन बाँकी रहेको देशको एकमात्र जिल्ला हुम्ला सदरमुकाम औपचारिक रूपमा राष्ट्रिय राजमार्गसँग जोडिने पनि बताएका छन् । ‎‎४१० किलोमिटर लामो यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्दै वैदेशिक व्यापारमा सहयोग पुरÞ्याउने उनको विश्वास छ ।उनले लेखेका छन्,‘ह

    • प्रकाशित मितिः असार २२, २०८२
    • 257 पटक पढिएको
  • बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

    काठमाडौँ  –  नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्।बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । नेपाली श्रमिक आबद्ध भएका विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाली संघको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो  ।बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 257 पटक पढिएको
  • अमेरिकाको टेक्ससमा बाढीः ५१ जनाको मृत्यु, २७ जना बालबालिका बेपत्ता

    एजेन्सी— अमेरिकाको टेक्सस राज्यमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु २७ जना व्यक्ति हराइरहेको बताइएको छ ।ग्वादालुप नदीमा आएको बाढीले राज्यको मध्यभागमा  व्यापक क्षति पुर्‍याएको एनबीसी न्युजले खबर दिएको छ ।खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् । खोजीकर्ताहरूले हेलिकप्टर, डुंगा र ड्रोनको सहायताले पीडितहरूलाई खोजिरहेका छन् । सडक बगेपछि क्याम्पहरूमा एक्लिएका व्यक्ति र रुखमा बसेर ज्यान जोगाइरहेका व्यक्तिलाई उद्धार गर्न खोजिएको छ ।केर काउन्टीमा बाढीले सबभन्दा बढी क्षति गरेको छ । बालिकाहरूको समर क्याम्प चलेको स्थान क्याम्प मिस्टिकमा बाढी पसेपछि २७ जना बालबालिका हराएका छन्

    • प्रकाशित मितिः असार २२, २०८२
    • 467 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा