समाचार

    Showing 6,161-6,170 of 19,509 items.
  • टीकापुर नगरपालिकामा कुपोषित बालबालिका खोजी अभियान तीव्र, सुधारका लागि बहुआयामिक प्रयास

    कैलाली— बालबालिकामा शीघ्र कुपोषण अन्त्य गर्न टीकापुर नगरपालिकाले कुपोषित बालबालिकाको खोजी अभियान तीव्र पारेको छ। संघीय सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय सरकारको समन्वयमा ६ महिना देखि ५ वर्षमुनिका बालबालिकाको पोषण लेखाजोखा तथा सुधारका कार्यक्रमहरु सञ्चालनमा छन्।टीकापुर नगर क्षेत्रका पाँचवटा स्वास्थ्य संस्थामार्फत बालबालिकाको उचाइ, तौल नापी पोषणको अवस्था मापन गरिँदै छ। यसै क्रममा, हालसम्म ३० बालबालिका शीघ्र कुपोषणको शिकार भएका र १२० बालबालिका कुपोषणको जोखिममा रहेका तथ्यांक सार्वजनिक गरिएको छ।स्वास्थ्यकर्मीहरू स्वयं समुदायमा पुगेर पोषण लेखाजोखा गर्न थालेपछि गत वर्षको तुलनामा कुपोषित ब

    • प्रकाशित मितिः असार २४, २०८२
    • 552 पटक पढिएको
  • रसुवामा बाढी : तिन प्रहरीसहित १५ जना बेपत्ता, उद्धार कार्य जारी

    काठमाण्डौ । चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार जिल्लाको टिमुरेमा बाढीमा १५ जना बेपत्ता भएका हुन् ।रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका छन् ।चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर टिमुरे स्थित ड्राइपोर्टमा कार्यलयका केही मजदुरहरू पनि सम्पर्कविहीन भएको रसुवाका डीएसपी हेम शाहीले बताए । उनले भने, ‘ड्राइपोर्टमा काम गर्नेहरू पनि सम्पर्क विहीन भएका छन्, खोजी र उद्धार भइरहेको बताए ।’इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका प्रहरी सहायक निरीक

    • प्रकाशित मितिः असार २४, २०८२
    • 388 पटक पढिएको
  • दाउरा संकलन गर्न त्रिशुली नदीमा पुगेका २ जना फसे, हेलिकोप्टरमार्फत उद्धार गरिँदै

    काठमाडौं— त्रिशुलीमा बाढी आउँदा दुई जना नदीको बिचमा फसेका छन्। बिदुर नगरपालिका— १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा एक पुरुष र एक महिला फसेका हुन्।नदीको बीचमा दाउरा संकलन गर्न पुगेका उनीहरु बिहानदेखि त्यहाँ फसेका थिए। दाउरा संकलनका क्रममा बाढीले नदीको सतह बढेपछि उनीहरु रुख चढेर बसेका हुन्। अहिले घटनास्थलमा सुरक्षा कर्मी र स्थानीय पुगेका छन् भने उद्धारका लागि हेलिकोप्टर पुगेको छ। 

    • प्रकाशित मितिः असार २४, २०८२
    • 481 पटक पढिएको
  • जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्ययोजना तयार गरिंदै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समितिहरू गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।साथै, यी समितिहरूको अधिवेशन २०८२ पौष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका संयोजक किरणराज शर्मा पौडेलले यो जानकारी दिएका हुन् ।कांग्रेसले प्रवासमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्न र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा जनसम्पर्क समितिहरू गठन गर्ने निर्णय गरेको छ । यो कदमले विश्वभर छरिएर रहेका नेपाली

    • प्रकाशित मितिः असार २४, २०८२
    • 138 पटक पढिएको
  • ४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ

    रौतहट । बारा प्रहरीले प्रतिवन्धित लागुऔषध एम्पुल सहित एक जनालाई पक्राउ गरेको छ । ४ हजार ५ सय पिस एम्पुल सहित प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका वाड न. ७ बस्ने बर्ष २० को सेराज अन्सारीलाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका वाड न. ५ भरत चोकबाट मटिअर्वा जाने सडकबाट प्रतिवन्धित लागुऔषध एम्पुल सहित अन्सारीलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार दुई वटा आँपको क्यारेटमा लागुऔषध राखी उभिरहेका मानिस प्रहरी टोलिलाई देख्नसाथ भाग्न खोजेपछी शंकाको आधारमा चेकजाँच गर्दा फेला परेको हो । प्रतिवन्धित लागुऔषध एम्पुल सहित नोफिन १५

    • प्रकाशित मितिः असार २४, २०८२
    • 175 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पै

    • प्रकाशित मितिः असार २४, २०८२
    • 190 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको  छ।दिउँसो सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भ

    • प्रकाशित मितिः असार २४, २०८२
    • 294 पटक पढिएको
  • १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

    काठमाडौं— सम्पत्ति शुद्धीकरण मुद्दामा १५ लाख रुपैयाँ धरौटी तोकिए पनि रकम बुझाउन नसकेपछि युनुस अन्सारी कारागार चलान भएका छन्। न्यायाधीश बलराम लम्सालको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिए पनि अन्सारीले रकम बुझाउन नसकेपछि उनी जेल पुगेका हुन्।नक्कली नोट प्रकरणमा सजाय पूरा गरेर रिहा भएको केही समयमै, गत जेठ १० गते शनिबार, सीआईबीले उनलाई ललितपुरबाट पक्राउ गरेको थियो। उनीसहित चार व्यक्ति र एक संस्थामाथि सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित उनकी पत्नी सालमा खातुन, प्रमीला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहलाई प्रतिवादी बनाइएको छ। ती तीन जना हाल फरार छन्।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 460 पटक पढिएको
  • नेकपा एमालेका सांसद सूर्य थापा भन्छन् रविका पक्षमा चलाइएको हस्ताक्षर अभियान राजनीतिक प्रोपोगाण्डा मात्रै हो

    काठमाडौं— नेकपा (एमाले) का सांसद तथा सहकारी ठगी छानबिन संसदीय समितिका अध्यक्ष सूर्यबहादुर थापा क्षत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा थालिएको हस्ताक्षर अभियानलाई 'राजनीतिक प्रोपोगाण्डा'को संज्ञा दिएका छन्।प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै थापाले लामिछानेमाथि सहकारीको बचत रकम ठगी प्रकरणमा अदालतमा आधा दर्जनभन्दा बढी मुद्दा चलिरहेको अवस्थामा रास्वपाको हस्ताक्षर अभियान निरर्थक रहेको बताए।'२०७९ असार ७ गतेदेखि भैरहवा कारागारमा रहेका व्यक्तिको नाममा १५ पृष्ठको याचनापत्र आएको छ। त्यसको आधारमा अहिले हस्ताक्षर संकलन चलाइएको छ,' उनले भने, 'सर्वोच्च अदालत, उच्च अदा

    • प्रकाशित मितिः असार २३, २०८२
    • 489 पटक पढिएको
  • सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं— सामाजिक सञ्जाल (फेसबुक) मा महिलाको चरित्र हत्या गरेर सामग्री पोस्ट गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी घर भएका ३१ वर्षीय रमेश बाग रहेका छन् ।उनलाई आइतबार साँझ काठमाडौंको नयाँ बानेश्वरस्थित मिलन चोकबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। आरोपी विरुद्ध प्रहरीले विद्युत्तीय कारोबार ऐन–२०६३ दफा (४७) अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।आरोपीले एक महिलाको अश्लील फोटो बनाएर फेसबुकमा पोस्ट गरेको आरोप छ । सो पोस्टबारे अनुसन्धान भइरहेको ब्युरोका अधिकृतहरू बताउँछन् । 

    • प्रकाशित मितिः असार २३, २०८२
    • 482 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा