समाचार

    Showing 6,131-6,140 of 25,595 items.
  • आजदेखि सोलु हाईड्रोपावरको आईपीओ सर्वसाधारणका लागि निष्काशन

    काठमाडौं— सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता साधारण शेयर जारी गरेको हो ।कुल शेयर मध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो शेयर’ प्रणालीबाट प

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 515 पटक पढिएको
  • निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

    काठमाडौँ। प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवता गरेको थियो ।आयोगका अनुसार, जनमत पार्टी, नेकपा(एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका तर्फबाट

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 136 पटक पढिएको
  • नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज हुने भएको छ ।पार्टी निर्णय अनुसार कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार दिउँसो १ः३० बजे सपथ ग्रहण सुरु हुनेछ ।पार्टीले केन्द्रीय सदस्यहरूको औपचारिक सपथ ग्रहणमार्फत संगठनात्मक जिम्मेवारीलाई थप सुदृढ गर्ने उद्देश्य राखेको जनाएको छ ।उक्त कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारीहरूको उपस्थिति रहने बताइएको छ ।

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 462 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

    काठमाडौं— दोस्रो विशेष महाधिवेशनको बीचमै नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्दैछ ।मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो विशेष महाधिवेशन जारी रहँदै गर्दा केन्द्रीय कार्यसमिति बैठक बोलाइनु राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनमा पार्टीको विधान संशोधन, नीति,

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 471 पटक पढिएको
  • समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले बन्दसूची पुनर्संरचना थालेका छन् । यसैक्रममा विभिन्न दलका ८५ उम्मेदवारले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ताको समय तोकेको थियो । आयोगका अनुसार उम्मेदवार स्वयं उपस्थित भएर वा अनुपस्थित अवस्थामा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने व्यवस्था गरिएको थियो ।नाम फिर्ता लिनेमा जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार रहेका छन् । दलगत रूपमा सबै

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 483 पटक पढिएको
  • प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

    काठमाडौं— काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र) मा १५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण सुरु भएको छ ।सोमबार वडा ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जगपूजा गर्दै पुनःनिर्माणको कार्य प्रारम्भ गरेका हुन् ।नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा (पाटी) को ऐतिहासिक र धार्मिक विरासतलाई जोगाउन वडाले करिब १३ लाख ७० हजार रुपियाँ लागतमा फल्चा पुननिर्माण थालेको हो ।पुननिर्माणका क्रममा प्राचीनता र कलात्मकतामा परिवर्तन नआउने गरी काम गरिने वडाध्यक्ष संगतले जानकारी दिए ।अध्यक्ष संगतका अनुसार फल्चा केवल विश्राम स्थल मात

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 502 पटक पढिएको
  • आज राष्ट्रिय भाक्का दिवस मनाइँदै, राजवंशी समुदायको परिकार भाक्का सबै जातजातिमा लोकप्रिय

    काठमाडौं— राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन्।यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ।पहिले कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने परम्परा पछिल्लो समय अन्य जातजातिमा समेत लोकप्रिय बन्दै गएको छ। विभिन्न समुदायले भाक्कालाई रुचाउन थालेपछि यसको पहिचान र संरक्षणका लागि पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउने परम्परा सुरु गरिएको हो।भाक्का राजवंशी समुदायको परम्परागत परिकार हो, जुन विशेषगरी हिउँद याममा बढी खाने गरिन्छ । चामलको पिठोलाई पानी

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 514 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ६४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७५ पैसा र

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 494 पटक पढिएको
  • आजको मौसमः कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।यस्तै, आज राती भने तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ।हुस्सु–कु

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 494 पटक पढिएको
  • आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

    काठमाडौं— आज २०८२ साल पुस २९ गते मंगलबार । माघ कृष्ण पक्षको दशमी तिथि ।मेषः समय राम्रो छ । बोलीमा सरस्वती बसेकाले सबैले प्रशंसा गर्नेछन् । बोल्दा ख्याल गर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारमा भने विश्वासको अभाव देखिन्छ ।वृषः दिन राम्रो छ । आम्दानी हुने दिन छ । पूर्वको यात्रा गरेमा अचानक धन खर्च हुनेछ । परिवारको साथमा हुने भएकाले दिन रमाइलोसँग बित्नेछ । प्रेमीसँग भेट हुनेछ ।मिथुनः शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आर्थिक उन्नति हुनेछ । मानसिक खटपटीले आफूलाई घाटा गर्नेछ । पारिवारिक मेलमिलाप हुनेछ।कर्कटः द

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 487 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.