समाचार

    Showing 6,131-6,140 of 19,509 items.
  • घरमा बसिरहेका बेला चट्याङ लागेर एक जनाको मृत्यु

    ताप्लेजुङ— ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका पारिवारीक श्रोतले जनाएको छ । उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो । त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दि

    • प्रकाशित मितिः असार २५, २०८२
    • 380 पटक पढिएको
  • अध्यागमन विभागद्वारा अनुमति विनाको प्रवेश निषेधलाई कडाइ गर्यो कारण यस्तो

    काठमाडौं— अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा कडाइ गरेको छ ।विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा अध्यागमन कर्मचारीहरू र यात्रुहरूबाहेक अन्य व्यक्तिहरूको अनुमति विनाको प्रवेश निषेधलाई कडाइ  गरेको छ ।विभागका अनुसार आगमन वा प्रस्थान गर्ने यात्रुका आफन्तहरूको अध्यागमनसम्मै हुने अनधिकृत प्रवेशलाई पूर्ण रूपमा निषेध हुनेछ ।अध्यागमन निकायले चेकजाँच गर्ने कागजात प्रवेश विन्दुदेखि उपस्थित अधिकांश निकाय, सुरक्षाकर्मी, हवाइसेवा कम्पनीहरू, ग्राउण्ड ह्याण्डलिङ रहेका एयरलाइन्सका कर्मचारीहरू समेतले अनावश्यक चेकजाँच गर्ने र या

    • प्रकाशित मितिः असार २५, २०८२
    • 455 पटक पढिएको
  • देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा बीर अस्पताललगायतका अस्पतालका बिरामी मर्कामा

    काठमाडौं— उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक संघले  असार २३ गतेदेखि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । बिरामीहरुलाई देशभरका अस्पताल बन्द हुने जानकारी नहुँदा टाढाबाट फ्लोअपमा आउने बिरामीहरुलाई समस्या झेल्नु परेको छ ।देशकै सबैभन्दा पुरानो (जेठो( वीर अस्पताल, नयाँ बानेश्वरमा रहेको सिभिल सर्भिस, ट्रमा सेन्टर, कान्तिबाल अस्पताल, टिचिङ् अस्पताललगायत अस्पतालमा   ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउनबाट बञ्चित भएका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेव

    • प्रकाशित मितिः असार २५, २०८२
    • 874 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ २५ पैसा र बिक

    • प्रकाशित मितिः असार २५, २०८२
    • 211 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यदेखि पूर्ण बदली भएको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश

    • प्रकाशित मितिः असार २५, २०८२
    • 162 पटक पढिएको
  • गैरकानुनी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न, २ भारतीय नागरिक पक्राउ

    काठमाण्डौ । गैरकानुनी क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललितपुरको सानेपाबाट पक्राउ गरेको छ । किराना पसलको आवरणमा सञ्चालन भइरहेको अवैध कारोबारबारे प्राप्त विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।पक्राउ परेका व्यक्तिहरूबाट अनुसन्धान टोलीले विभिन्न सामग्रीहरू बरामद गरेको छ । अनुसन्धानको क्रममा उनीहरूको साथबाट मोबाइल फोन ५ थान फेला परेको छ । नेपाली रुपैयाँ ८ लाख २० हजार, भारतीय रुपैयाँ १० हजार नगद बरामद भएको सीआईबीले जनाएको छ । घटनास्थलबाट सीसीटीभी डीभीआर १ थान पनि बरामद गरिएको छ। प्रतिबन्धित वन्यजन्

    • प्रकाशित मितिः असार २४, २०८२
    • 286 पटक पढिएको
  • आन्दोलनरत चिकित्सक र सरकार पक्षबीच वार्ता आज साँझ

    काठमाडौं — नेपाल चिकित्सक संघको अगुवाइमा सुरु भएको देशव्यापी आन्दोलन चर्किंदै जाँदा सरकार अन्ततः संवादमा उत्रिएको छ। मंगलबार दिउँसो सरकार र आन्दोलनरत पक्षबीच प्रारम्भिक छलफल भए पनि औपचारिक वार्ता भने अझै हुन बाँकी छ।स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सहभागी थिए। सो बैठकपछि नेपाल चिकित्सक संघका पदाधिकारीलाई संवादका लागि बोलाइएको थियो।संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सन्दीप तिवारी, पूर्वअध्यक्ष डा. लोचन कार्की, र मेडिकल काउन्सिल अध्यक्ष डा. चोपलाल भुसाल समेत बैठकमा उपस्थित थिए।संघका अध्यक्ष डा. कार्

    • प्रकाशित मितिः असार २४, २०८२
    • 244 पटक पढिएको
  • स्पेन भ्रमणमा सहभागी केही व्यक्ति फर्किएनन् भन्ने दाबीले संसद तात्यो, रास्वपा–एमाले–माओवादीबीच कडा बहस

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणसँग जोडिएको विषय संसदमा विवादको कारण बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भ्रमणमा सहभागी भएका केही व्यक्ति स्वदेश नफर्किएको दाबी गरेपछि सत्ता र प्रतिपक्षका सांसदबीच चर्को भनाभन भएको हो।गौतमले मंगलबारको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा दुरुपयोगको विषय उठाउँदै, हालै सम्पन्न स्पेन भ्रमणका क्रममा समेत "केही व्यक्तिहरू उतै रोकिएको" समाचार आएको दाबी गरिन्। उनले यस्तो विषय गम्भीर भएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरिन्।“प्रधानमन्त्री सहभागी कार्यक्रमको नाममा गएका केही प्रतिनिधि स्वदेश फर्क

    • प्रकाशित मितिः असार २४, २०८२
    • 202 पटक पढिएको
  • काठमाडौंबाट एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

    काठमाण्डौ  ।  काठमाण्डौको बौद्धबाट एक करोड ४४ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँबस्तीमा कोठा भाडामा बसेका ४० वर्षीय वाङ जियानलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनको कोठामा खानतलासी गर्दा ठूलो मात्रामा नगद फेला पारेको र उक्त रकमको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ।काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार रकम र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रक्रियामा अघि बढाइएको छ।

    • प्रकाशित मितिः असार २४, २०८२
    • 240 पटक पढिएको
  • देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन् : कुलमान घिसिङ

    दोहा (कत्तार) – नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् ।विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न मध्यपूर्र्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका कार्यकारी निर्देशक घिसिङले  आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताए । कत्तारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिट्यान्स)बाट नेपालको अर्थतन्त्र

    • प्रकाशित मितिः असार २४, २०८२
    • 241 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा