काठमाडौं— प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । कार्कीले कुनै पनि अपराध विरूद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न निर्देशन समेत दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् । प्रहरी महान
काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज दुई रोचक खेल हुँदैछन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने भएका छन् । खेल बिहान ११ः४५ बजे हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् । यी दुई टिम अपरान्ह ४ बजे भिड्नेछन् । चितवन राइनोजको नेतृत्व कुशल मल्लले गर्नेछन् भने कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन् । त्यसैगरी, विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानी टिम हो भने पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल हुन् ।&
मकवानपुर— जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बिहानैदेखि सेवाग्राहीको ठूलो भीड लागेको छ । विशेषगरी राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरूको संख्या बढेपछि कार्यालय परिसर भरिभराउ भएको हो।प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार दैनिक सेवाग्राहीको चाप पछिल्ला केही दिनयता निकै बढेको छ। ‘राष्ट्रिय परिचयपत्र नवीकरण र नयाँ कार्ड बनाउन आउनेको संख्या असाध्यै धेरै छ। बिहानै ६ बजेदेखि लाइन लागेको देखिन्छ,’ अधिकारीले जानकारी दिँदै भने । उनका अनुसार सेवाग्राहीको चाप व्यवस्थापन गर्न अतिरिक्त काउण्टर संचालन, टोलीमार्फत सूचनाको सहज प्रवाह र क्रम अनुसार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।से
काठमाण्डौ । सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाइलाइ प्रहरीको टोलीले भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरेको हो । अहिले प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ। निवास परिसरबाट उनलाई निकाल्दै गरिएको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रसाईंले केही बोलेको सुनिन्छ । उनले आफू गाडी चढ्दै गरेको खिच्न कसैलाई भनिरहेको सुन्न सकिन्छ । प्रसाइले मङ्सिर ७ देखि आन्दोलनको घोषणा गरेका थिए। सोमबार मात्रै पनि प्रसाईंले
एजेन्सी— चीनमा नवप्रवर्तन उद्योग एवम व्यवसायले उल्लेखनीय प्रगति गर्दै गएको छ ।रोबोटिक्स, फोटोनिक्स, हाइड्रोजन ऊर्जा र क्वान्टम प्रविधि क्षेत्रहरूमा चीनको केही उल्लेखनीय उपलब्धिहरूको पछाडि नवप्रवर्तन प्रेरक बनेको छ । बेइजिङमा रहेको मानवोइड रोबोट उद्योग भर्खरै संचालनमा आएको छ । जुन १४,००० वर्ग मिटर क्षेत्रफलमा छ । देशभरि देखा पर्दै गरेका धेरै नवनिर्मित रोबोट र प्रविधि केन्द्रहरू मध्ये सबैभन्दा ठूलो हो।त्यस्तै उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा, लगभग २० कम्पनीहरू आवद्ध हुने फोटोनिक्स सेन्सिङ औद्योगिक पार्कको निर्माण लगभग पूरा भएको छ।झोङवेई शहरमा नौ डाटा सेन्टर औद्योगिक पार्कहरू स्थापना गरिए
सर्लाही— सर्लाहीमा करिव ३९ केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा रातभर खटिएको प्रहरी टोलीले जिल्लाको लालबन्दी नगरपालिका – ६ स्थित शिव मन्दिर नजिकबाट करिव गाँजा ३८ किलो ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जिल्लाकै हरिवन नगरपालिका – १, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठ रहेका छन्। उनलाई उक्त परिमाणको गाँजासहित इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले बिहान करिब ५ बजे पक्राउ गरेको हो ।लखन्देही खोलातर्फबाट भित्री बाटो हुँदै गाँजा ल्याइँदै गरेको ज
काठमाडौं— तिलक फिल्म्स संस्थाको नवौं वार्षिकोत्सवको शुभ अवसरमा ‘राष्ट्र निर्माणमा प्राविधिक शिक्षा र कलाकारको भूमिका’ विषयक विचारगोष्ठी, सम्मान प्रदान तथा विशेष सांस्कृतिक समारोह–२०८२ राष्ट्रिय नाचघर, जमलमा भव्यतापूर्वक सम्पन्न भएको छ ।समारोहमा उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहेका थिए भने वरिष्ठ शिक्षासेवी कुमुद भट्ट विशिष्ट अतिथि तथा दीपक जोशी सभापतिको भूमिकामा रहेका थिए।कार्यक्रमको विशेष आकर्षणको रूपमा राष्ट्रिय शिक्षा सम्मान २०८२ प्रदान गरिएको थियो। सो अवसरमा सुदूरपश्चिम प्रदेश, कञ्चनपुरकी सरस्वती चन्द भट्टलाई शिक्षाक्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको थियो। आयो
कटार। सिद्धिचरण राजमार्गको स्तरोउन्नतीको काम तत्काल थालिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जानकारी दिनुभएको छ । राजमार्ग अन्तर्गतको उदयपुरको कटारी–घुर्मी सडकखण्डसङ्घर्ष समितिले आइतबार काठमाडौमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले एक महिनाभित्र बहुवर्षीय ठेक्का लगाउने र काम अघि बढाउने जानकारी दिनुभयो । “आफूले पनि यो सडक हिँडेको र समस्या बुझेको भन्नुहुँदै तत्काल सडक स्तरोउन्नतीको काम अघि बढाउन निर्देशन दिनुभयो ।” समितिका संयोजक लीलाबहादुर खत्रीले भन्नुभयो,“उहाँको स्वकीयहरुलाई पनि यो सडकको समस्या थाहा रहेछ यहाँका जनता पीडित नै छन् भनेपछि ठेक्का प्रक्रिया अघि बढाउछौँ
सुरुङ्ग। सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो ।गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो ।दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ ।सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएको र उपचारका क्रममा गएराति जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर
दमौल। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई मतदान केन्द्र थप गर्ने निर्णय सहित निर्वाचन आयोगमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको आइतबार बसेको बैठकले जिल्लामा दुई मतदान केन्द्र थप गर्ने निर्णयसहितको सिफारिस निर्वाचन आयोगमा पठाएको हो । ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । उक्त ठाउँमा मतदान केन्द्र थप गर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.