समाचार

    Showing 6,071-6,080 of 19,509 items.
  • जेनेस सलुशन बन्यो नेपालकै पहिलो एडब्लुएस

    काठमाडौँ – डिजिटल रूपान्तरण र साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनले  अमेजन वेब सर्भिसेज (एडब्लुएस) को प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस प्राप्त गरेको छ।  विश्वभरका १ लाख ४० हजारभन्दा बढी  एडब्लुएस  साझेदारहरुमध्ये शीर्ष १ प्रतिशतमा स्थान सुरक्षित गरेर जेनेस सलुशन यो प्रतिष्ठित उपाधि प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र कम्पनी बनेको छ ।जेनेस सलुशन को यो उपलब्धिले प्राविधिक नवप्रवर्तन, उच्चस्तरीय सेवा वितरण र ग्राहक सफलताप्रति यसको निरन्तर प्रतिबद्धतालाई पुष्टि गर्छ, कम्पनीद्वारा  जारी प्रेस विज्ञप्तिमा भनिएको छ।  जेनेस सलुशनले विश्वभरका

    • प्रकाशित मितिः असार २६, २०८२
    • 311 पटक पढिएको
  • भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का

    काठमाडौं – बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्लीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।स्थानिय समय अनुसार विहान ५ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । भुकम्पका कारण राजधानी दिल्ली सहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन् । भुकम्प गएको समय छोटो भएपनि यस क्षेत्रका अधिकांश मानिसहरू घरबाट बाहिर निस्कन बाध्य भएको बताइएको छ ।यद्यपी, हाल सम्म कुनै पनि मानविय हताहत वा क्षति भएको खबरहरु भने आएका छैनन् । तर त्यहाँको स्थानिय सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

    • प्रकाशित मितिः असार २६, २०८२
    • 263 पटक पढिएको
  • डोटिम परिसंघको राष्ट्रिय भेला गर्दै जसपा नेपाल

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले डोटिम परिसंघको राष्ट्रिय भेला गर्ने भएको छ ।डोटिम परिसंघको असार २८ गते (शनिबार) काठमाण्डौको डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा गर्न लागिएको राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।बस्नेतले नेपालको वर्तमान राजनीतिक प्रणालीमा संरचनागत भेदभाव कायम रहेको भन्दै दलित, आदिवासी जनजाति, महिला, थारु, अन्य पिछडावर्ग तथा अल्पसंख्यक समुदायहरुको राजनीतिक र आर्थिक अधिकार र सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीले डोटिम परिसंघ गठन गरेको बताएका छन् ।राष्ट्रको मूलधारम

    • प्रकाशित मितिः असार २६, २०८२
    • 170 पटक पढिएको
  • निफ्राको हरित उर्जा ऋणपत्र आज देखि कारोबारमा

    काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको निफ्रा हरित उर्जा ऋणपत्र आज देखि कारोबारमा आउने भएको छ ।निफ्राले ६ प्रतिशत ब्याजदर रहेको ७ वर्षे अवधिको ’निफ्रा हरित उर्जा ऋणपत्र ६% –२०८८÷८९’ नामको ऋणपत्र जारी गरेको थियो । प्रतिकित्ता १ हजार अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निफ्राले नेप्सेमा असार २५ गते सूचीकृत गराएको हो ।सम्बन्धित ऋणपत्रधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यसको कारोबार गर्न सक्नेछन् । निफ्राले नेपालमै पहिलो पटक हरित उर्जा ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । यो ऋणपत्र गत जेठ १८ देखि २५ गतेसम्म निष्कासन गरी जेठ २९ गते बाँडफाँट गरिएको थ

    • प्रकाशित मितिः असार २६, २०८२
    • 285 पटक पढिएको
  • बालुवाटारमा कांग्रेस नेता कोइराला समूहको बैठक

    काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् ।बैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ ।  कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।

    • प्रकाशित मितिः असार २६, २०८२
    • 215 पटक पढिएको
  • चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

    काठमाडौँ – ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) चार दशकभन्दा लामो समयदेखि देशको शैक्षिक क्षेत्रलाई उल्लेखनीय योगदान दिँदै आएको छ। हरियाली वातावरण, स्मार्ट क्लासरुम र वातावरणमैत्री इभी गाडीको प्रयोग गर्दै एलएले आफूलाई पूर्ण रूपमा वातावरणमैत्री शिक्षण संस्थाका रूपमा स्थापित गरेको छ।सन् १९८१ मा स्थापना भएको यस शैक्षिक संस्थाले आधुनिक शिक्षण पद्धति र प्रविधिमा आधारित सिकाइको अभ्यास गर्दै नेपाली शिक्षाक्षेत्रमा नयाँ आयाम थप्दै आएको छ। सन् १९९७ देखि प्लस टु तहको अध्यापन सुरु गरेको एलए अहिले स्नातक तहसम्मका कक्षा सञ्चालन गरिरहेको छ।स्थापनाकालदेखि नै शतप्रतिशत न

    • प्रकाशित मितिः असार २६, २०८२
    • 234 पटक पढिएको
  • साम्बासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान

    काठमाडौं– एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० फुटबलरलाई सम्मान गरेको छ ।वुधबार नगद र छात्रवृत्तिसहित धुम्बाराहिस्थित स्कुलमा आयोजित कार्यक्रममा कप्तान सावित्रा, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, युवा खेलाडीहरू सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनहि १० हजार रुपिया र समग्रमा १८ लाख बढीको छात्रवृत्तिसहित सम्मान गरेको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अथिति दिनेश महर्जन, स्कुलका सं

    • प्रकाशित मितिः असार २६, २०८२
    • 334 पटक पढिएको
  • वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव

    वीरगञ्ज (पर्सा) – खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गरिने बिश्वास व्यक्त गरेका छन् । मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा, टोल तथा घर घरमा पुगेर निरीक्षण तथा अनुगमन गरि तत्कालै खानेपानीको समस्या समाधान गर्न आफु लागि परेको बताए ।उनले भने,‘वीरगन्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म पहल गरिरहेको छु । सयौँ ठाउँमा डिप बोरिङ जडान भइ खानेपानी आपूर्ति भइरहेका छन् । अन्य समस्या ग्रस्थ क्षेत्रमा पनि डिप बोरिङ जडानको कार्य स

    • प्रकाशित मितिः असार २६, २०८२
    • 221 पटक पढिएको
  • ६ वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसुची

     काठमाडौँ – आज संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।अर्थसमितिको बैठक आज दिउसो १ बजे बस्ने छ । बैठकमा पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची रहेको छ भने दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचे

    • प्रकाशित मितिः असार २६, २०८२
    • 273 पटक पढिएको
  • आज गुरु पूर्णिमा पर्व मनाइँदै

    काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। अर्थात्, कुनै विषयमा अत्यन्त दक्ष वा विज्ञ व्यक्तिलाई पनि गुरु भनिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधीको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो

    • प्रकाशित मितिः असार २६, २०८२
    • 340 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा