समाचार

    Showing 6,061-6,070 of 25,595 items.
  • सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ ।बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।सङ्घ प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उनीहरुबीच छलफल भएको छ । विकास निर्माणको कामलाई प्रभावनकारी बनाउदै जनताको आकांक्षालाई पुरा गर्न लागिपर्ने समझदारी बनेको छ ।सञ्चारमन्त्री खरेलले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि ठूला राजनीतिक दलका शीर्ष नेताहरुसँग एकपक्षीय र बहुपक्षीय भेटव

    • प्रकाशित मितिः माघ २, २०८२
    • 518 पटक पढिएको
  • आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

    काठमाडौं— आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।वि.सं.१९९० माघ २ गते गएको महाविनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।यस दिवसको उद्देश्य भूकम्पबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउनु र सुरक्षित पूर्वतयारीलाई प्रवद्र्धन गर्नु हो।भूकम्पीय जोखिम उच्च रहेको नेपालमा सुरक्षित निर्माण र व्यवहारिक सतर्कता अत्यन्त आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।दिवसका अवसरमा आज देशभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन्

    • प्रकाशित मितिः माघ २, २०८२
    • 548 पटक पढिएको
  • सोमबार जनकपुरमा रवि र बालेन पहिलोपटक एउटै मञ्चमा उभिँदै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले माघ ५ गते जनकपुरमा पार्टीको अभियान उद्घोषसभा आयोजना गरिने जानकारी दिएका छन् । आज उक्त सभाको तयारी र कार्यक्रमबारे जानकारी दिँदै उनले जनकपुरको कार्यक्रममा विशेष राजनीतिक महत्व र पार्टीका सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै मञ्चमा उभिँने बताए ।प्रवक्ता झाले भने, ‘माघ ५ गते जनकपुरमा आयोजना हुने उद्घोषसभामा पार्टीका सभापति रवि लामिछाने र पार्टीको निर्वाचन अभियानअन्तर्गत भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै राजनीतिक सभाम

    • प्रकाशित मितिः माघ २, २०८२
    • 467 पटक पढिएको
  • निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता मतदान केन्द्र पुग्दा सबै प्रक्रिया व्यवस्थित र सुरक्षित देखिन्छ।तर, यो व्यवस्थाको केन्द्रमा रहने व्यक्ति हुन्– मतदान अधिकृत । मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापन, सुरक्षा र निष्पक्षताको जिम्मेवारी उनकै काँधमा हुन्छ ।निर्वाचन आयोगले जारी गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृत नियुक्त भएपछि निर्वाचनसम्बन्धी अनिवार्य तालिममा सहभागी हुनुपर्छ। साथै, मतदानका लागि आवश्यक मतपेटिका, मतपत्र, मतदाता सूची, छापलगायतका सामग्री रुजु गरी बुझिलिनुपर्ने व्यवस्था छ।मतदान अधिकृतले आफूलाई तोकिएको मतदान केन्द्रमा प

    • प्रकाशित मितिः माघ २, २०८२
    • 461 पटक पढिएको
  • आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५७ औं बैठक बस्दैछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।यस्तै, बिहानको ११ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१८औं बैठक बस्दैछ ।बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/२०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • 479 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा निर्धारण छ ।यस्तै, राष्ट्र बैंकले युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०७ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा कायम गरेको छ।आज क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७४ पैसा र बिक

    • प्रकाशित मितिः माघ २, २०८२
    • 459 पटक पढिएको
  • आज देशभर मौसम सामान्य, तराईमा हुस्सु, कुहिरोको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ।कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।यस्तै, आज राती भने तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ ।हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • 523 पटक पढिएको
  • आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ २ गते शुक्रबार । माघ कृष्ण पक्षको त्रयोदशी तिथि । मेषः दिन राम्रो छ । आफन्तले तपाईंको सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । समाजसेवाको नाममा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ ।वृषः बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ । बोल्नु अगाडि सोच्नुपर्ने समय छ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ । परिवारमा खटपटी बढ्नेछ ।मिथुनः दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ

    • प्रकाशित मितिः माघ २, २०८२
    • 466 पटक पढिएको
  • समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छः प्रधानमन्त्री कार्की

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु देशको सभ्यता,संस्कृति र पहिचानमा अमूल्य सम्पदा रहेको बताएकी छिन् ।बिहीबार काठमाडौंको टुँडिखेलमा मगर संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिविधता र बहुल्यताबीचको एकताले नै हाम्रो नेपाल राष्ट्रलाई समृद्ध शसक्त बनाएको बताइन् ।उनले भनिन्,‘माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु हाम्रो सभ्यता संस्कृति र पहिचानमा अमूल्य सम्पदा हुन् । बिविधता र बहुलताबीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध वा शसक्त बनाएको छ । हाम्रो मौलिक संस्कृति र चाडपर्व र पहिचानमा हामी सबैले गर्भ गर्नुपर्छ । प्रवद्र्धन र संवद्र्धन गर्न आवश्यक छ

    • प्रकाशित मितिः माघ १, २०८२
    • 449 पटक पढिएको
  • रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    मुगु— मुगुको पूर्वी भेगमा पर्ने चीनसँग सिमाना जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाले पालिकामा उत्पादन भएको स्थानीय रैथाने उत्पादन गरेका अन्नबाली खरिद गरी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्ने सम्झौता भएको छ ।यसका लागि मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा र व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सम्झौतापत्रमा दोहोरो हस्ताक्षर गरेका छन् ।गाउँपालिका र व्यापार कम्पनीबीच भएको सम्झौता अनुसार गाउँपालिका भित्रका बस्तीमा सहज, सुलभ र नियमित खाद्यान्न बिक्री केन्द्र स्थापन गरी खाद्यान्नको संकलन, मौज्दात व्यवस्थापन, ढुवानी तथा बजारीकरण प्रभावकारी बनाउँ

    • प्रकाशित मितिः माघ १, २०८२
    • 521 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.