समाचार

    Showing 6,061-6,070 of 19,509 items.
  • ‘प्रधानमन्त्री ओलीकै संलग्नतामा दमक भ्यू टावरमा संगठित भ्रष्टाचार ?’

    काठमाडौँ – झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् । स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन् ।तत्कालिन ओली नेतृत्वको सरकारले गौरवको योजनाको रुपमा निर्माण गरेको उक्त भ्यू टावरसम्बन्धी सम्झौता पनि सार्वजनिक गर्न मेयाङ्ग्वोले माग गरे । दमक नगरपालिका–३ मा १८ तले भ्यू टावर ४ बिघा १८ कठ्ठा ७ धुरमा निर्माण गरिएको छ । भ्यू टावर निर्माणको लागि २०७३ सालतिर माँ पञ्चकन्य हाउजिङ प्रा.लि.लाई करिब

    • प्रकाशित मितिः असार २६, २०८२
    • 453 पटक पढिएको
  • अर्थ समिति बैठक : ऐनहरु कार्यान्वयनअघि ‘कुलिङ पिरियड’को प्रस्ताव

    काठमाडौं – संघीय संसद् अन्तर्गत रहेको अर्थ समितिको बैठकमा ऐनहरु जारी भइसकेपछि तत्काल कार्यान्वयन नगरी ‘कुलिङ पिरियड’ को व्यवस्था गर्नुपर्ने विषय उठान गरिएको छ । बिहीबार बसेको अर्थ समितिको बैठकमा सांसद् सोबिता गौतमले ऐन जारी भएको कम्तिमा तीन वर्षको कुलिङ पिरियड राख्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘यहाँ कुलिङ पिरियड राख्नुपर्छ भन्ने हो ।  ऐन जारी भएको तीन वर्षपछि लागु हुनेछ भनेर राख्नुपर्छ । प्रस्तावित व्यवस्था तत्काल कार्यन्वयन गर्दा प्रभावकारी नहुने र समस्या उब्जिने देखिएकाले कार्यान्वयन गर्न केही समय अर्थात तीन वर्ष राखिनुपर्छ भनेको हो । यसबारे समितिमा छलफल गरी मिलाउन सकिन्छ

    • प्रकाशित मितिः असार २६, २०८२
    • 220 पटक पढिएको
  • २४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

    काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरू दर्ता भएका छन् । यस अवधिमा चार जनाको मृत्यु, ६ जना बेपत्ता र ६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।असार २५ गते बिहान १० बजेदेखि असार २६ गते बिहान १० बजेसम्मको अवधिमा सबैभन्दा धेरै बाढी र पहिरोका घटना दर्ता भएका छन् । बाढीका कारण १ जनाको मृत्यु, ५ जना बेपत्ता र ५ जना घाइते भएका छन् भने पहिरोका कारण १ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएका छन् ।चट्याङ लागेर २ जनाको ज्यान गएको छ । त्यस्तै, आगलागी, जनावर आक्रमण लगायतका घटनाहरू समेत रिपोर्ट भएका छन् । यस अवधिमा

    • प्रकाशित मितिः असार २६, २०८२
    • 252 पटक पढिएको
  • ट्रम्पले लगाए ब्राजिलमाथि ५० प्रतिशत भन्सार, आन्तरिक राजनीतिमा हस्तक्षेपको आरोप

    वासिङ्टन– अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलबाट आयात हुने सबै वस्तुमा ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। उनले यो कदम ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्जोनारोलाई राजनीतिक प्रतिशोधस्वरूप दुःख दिइएको आरोप लगाउँदै चालेका हुन्।ट्रम्पले ब्राजिलका हालका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई कडा शब्दमा पत्र लेख्दै बोल्जोनारोमाथि भइरहेको न्यायिक कारबाहीको विरोध गरेका छन्। उनले लुला सरकारमाथि बोल्जोनारोको अभिव्यक्ति स्वतन्त्रता उल्लंघन गरेको र "स्वतन्त्र निर्वाचनमाथि आक्रमण" गरेको आरोप लगाएका छन्।ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भन्सार वृद्धि अगस्ट १ देखि लागू

    • प्रकाशित मितिः असार २६, २०८२
    • 271 पटक पढिएको
  • मनिषा कोइरालाद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

    काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् ।हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको बताइन् । उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन् । उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ । जसले पनि समाच

    • प्रकाशित मितिः असार २६, २०८२
    • 288 पटक पढिएको
  • वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय : मुख्यमन्त्री सिंह

    जनकपुर – मुख्यमन्त्री सतिश कुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताएका छन् ।राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा आयोजित प्रदेश स्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठकको बिहीबार धनुषाको लालगढ़मा उदघाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताए ।मौसमको प्रतिकुलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढने खतरा रहेको बताउँदै मुख्यमन्त्री सिंहले चुरे संरक्षणमा तिनै तहका सरकारको साझा प्रयास आवश्यक रहेको बताए ।चुरेको मरुभुमीकरण रोक्न र नदीको संरचनाहरुको सुरक

    • प्रकाशित मितिः असार २६, २०८२
    • 232 पटक पढिएको
  • रसुवा बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द, ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकियो

    काठमाडौं – मंगलबार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकिएको छ ।स्वतन्त्र उर्जा उत्पादकहरुको समुह नेपाल इप्पानले बिहीबार विज्ञप्ती जारी गर्दै जलविद्युत आयोजनाहरुमा भएको क्षति बारे जानकारी दिएको हो । इप्पानका अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा बाढीले क्षति पु¥याएको छ ।जसका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ ए जलवद्यिुत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 318 पटक पढिएको
  • कांग्रेसको कारवाही डा.कोइराला समूहले नमान्ने, प्रतिवाद गर्ने

    काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेलाले पार्टीले विभिन्न नेता एवम कार्यकर्ताहरुमा पार्टी अनुशासन कारवाहीका नाममा एकतर्फी प्रक्रिया अगाडि बढाएकोप्रति आपत्ति जनाएको छ । डा.कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बसेको भेलाले कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरुलाई एकतर्फी रुपमा विधान विपरित कारबाही गर्ने भनि नाम सार्वजनिक गरेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो ।छलफललमा कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने निर्णय समेत भएको छ । कारवाहीका सम्बन्धमा पार्टी सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह

    • प्रकाशित मितिः असार २६, २०८२
    • 271 पटक पढिएको
  • घरेलु मदिरा उत्पादन र नियमन गर्न विधेयक

    बर्दिया – बर्दियाको राजापुर नगरपालिकाको आठौँ अधिवेशनले थारू मद तथा घरेलु मदिरा उत्पादन, नियमन तथा व्यवस्थापन ऐन पारित गरेका छ  । थारू समुदायमा साँस्कृतिक रुपमा उत्पादन भइरहेको घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्नका लागि ऐन ल्याएको हो । ८२ प्रतिशत थारू जातिको बसोबास रहेको राजापुर नगरपालिकामा जन्मदेखि मृत्यु संस्कारसम्म स्थानीय मदिरा आवश्यक पर्ने भएकाले कानूनी रुपमा मान्यता दिने र नियमन गर्नेगरी विधेयक ल्याइएको राजापुर नगर प्रमुख दिपेश थारूले बताए । ऐन नभएपनि थारू समुदायमा घरेलु मदिरा उत्पादन र प्रयोग भइरहेको हुनाले सो कार्यलाई व्यवस्थापन गर्ने कार्य ऐनले गर्ने उन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 199 पटक पढिएको
  • अमेरिकाको टेक्सासमा बाढीमापरी ११९ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या बढ्ने क्रम जारी

    काठमाडौं – अमेरिकाको टेक्सास राज्यमा जुलाई ४ मा आएको विनाशकारी बाढीले हाल सम्म कम्तिमा ११९ जनाको ज्यान लिएको छ । स्थानिय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।‘बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको काउन्टीमा अझैंपनि कम्तिमा १६१ जना बेपत्ता छन । ग्वाडालुप नदीको किनारमा रहेको एक समर क्याम्पका सल्लाहकार सहित जसमा पाँच जना महिलाहरु पनि हाल सम्म बेपत्ता छन,‘ केर काउन्टीका शेरिफ ल्यारी लेइथाले पुष्टि गरे ।टेक्सासका गभर्नर ग्रेग एबोटले मंगलबार राति राज्यभरि कम्तिमा १७३ जना बेपत्ता रहेको बताए । पीडितहरूको सम्मानमा उनले जुलाई १४ मा सूर्योदय नभएसम्म राज्यको झण्डा आधा झुकाउ

    • प्रकाशित मितिः असार २६, २०८२
    • 203 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा