समाचार

    Showing 4,851-4,860 of 25,555 items.
  • अन्तर्राष्ट्रिय उडान बारे जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मध्यपूर्वमा क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने बताएको छ ।इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण गरेपछि कतार, दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले काठमाडौंस्थित विमानस्थलले शनिबार साँझ एक सूचना जारी गर्दै मध्यपूर्वी क्षेत्रका हवाई क्षेत्र बन्द गरिएका कारण केही उडान रद्द वा ढिला हुने जनाएको हो । विमानस्थल अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, पुनः तालिकामा पर्ने वा रद्दसमेत हुन सक्ने सम्भावना रहेको बताएको हो ।विमानस्थले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 430 पटक पढिएको
  • मुस्ताङका दश मतदान केन्द्र संवेदनशील

    मुस्ताङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका ३९ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ । भौगोेलिक विकटता तथा मतदाता सङ्ख्याका आधारमा यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको हो ।यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको भए पनि संवेदनशील सूचीमा राखिएका मतदान केन्द्रको नामावली सुरक्षा दृष्टिकोणका कारण सार्वजनिक गर्न अप्ठ्यारो हुने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो । “जिल्ला सुरक्षा समितिले यहाँका केही मतदान केन्द्रलाई विविध कारणले पहिचान गरी संवेदनशील सूचीमा राखेका छौँ, ती संवेदनशील मतदान केन्द्र गोप्य नै

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 262 पटक पढिएको
  • चुनावैपिच्छे वाचा, शुक्लाफाँटा आरक्ष विस्थापित २४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा

    दोधारा चाँदानी। हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष विस्थापितको विषय यसपटकको निर्वाचनमा पनि सबै दलका उम्मेदवारको चुनावी एजेन्डामा छ । स्थानीय तह निर्वाचनदेखि सङ्घीय निर्वाचनमा आरक्ष विस्थापितको पुनःस्थापनाको एजेन्डा बन्दै आएको दुई दशक भइसकेको छ ।तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा २०५८ सालमा विस्तापित भएका आरक्ष विस्थापित अहिले पनि कञ्चनपुरका विभिन्न स्थानमा शिविरमा बस्दै आएका छन् । एक सय ५० वर्गकिलोमिटर क्षेत्रमा रहेको शुक्लाफाँटाको पूर्वी क्षेत्र विस्तार गरेर ३०५ वर्गकिलोमिटर पुर्याइएको थियो । उक्त क्षेत

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 290 पटक पढिएको
  • सार्वजनिक स्थानमा होली नखेल्न प्रशासनको आग्रह

    कञ्चनपुर। होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सार्वजनिक स्थानमा होहल्ला, जुलुस, भीडभाड, मदिरा सेवन तथा बिक्रीवितरण, जबर्जस्ती रङ दल्ने, फोहर पानी छ्याप्नेजस्ता कार्य गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही हुने बताउनुभयो ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्ष्य गर्दै लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३(घ) अनुसार जुलुस वा आमसभामा सहभागी हुने तथा प्रचारप्रसारमा संलग्न व्यक्तिले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअङ्कि

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 266 पटक पढिएको
  • नयाँपुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

    मध्यविन्दु। आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् ।यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा पुगेका छन् । सामाजिक सञ्जाल, बहस, छलफल र विद्यालय–क्याम्पसस्तरीय संवादमार्फत उनीहरू निर्वाचन, संविधान, शासन प्रणाली र नागरिक दायित्वबारे बुझ्न खोजिरहेका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)का नयाँ मतदाताहरूले आफ्नो पहिलो मत ‘व्यक्तिगत स्वार्थ’भन्दा पनि ‘भविष

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 284 पटक पढिएको
  • रुपन्देहीमा यस्तो छ निर्वाचनको तयारी

    लुम्बिनी। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी रुपन्देहीमा पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित चारवटै सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारी अन्तिम चरणमा पुर्याएका छन् ।निर्वाचनमा खटिने कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट यसअघि नै नियुक्तिपत्र बुझेको र आजबाट निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुग्ने मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो ।जिल्लाका निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पुग्न सहज यातायातको सुविधा भएकाले आज सामग्रीसहित कर्मचारी केन्द्रमा पुग्नेगरी व्यवस्था मिलाइए

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 296 पटक पढिएको
  • हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन

    भजनी । दुई दशकदेखि कैलालीको टीकापुरको एकतानगर सुकुम्बासी शिविरमा बस्दै आउनुभएका राजु विकको चाहना एउटै छ लालपुर्जासहितको जग्गा प्राप्ति । जग्गाजमिन नभएर वर्षौँदेखि घरबासको आशामा बस्नुभएका उहाँको त्यो आशा अझै पूरा हुनसकेको छैन । पटकपटक लालपुर्जाको आश्वासन पाउँदै आउनुभएका उहाँको सपना पूरा गर्न कसैले सकेका छैनन् ।विसं २०६४ देखि हरेक निर्वाचनका बेला लालपुर्जासहितको आवास उपलब्ध गराउने बताएका राजनीतिक दल, नेता तथा उम्मेदवारहरू हरेक निर्वाचनमा रित्तो बस्तीमा फर्किँदा राजु मन खिन्न हुने गरेको बताउनुहुन्छ । हरेक निर्वाचनमा भोट बटुल्न सबै उम्मेदवारले प्रमुख एजेन्डा बनाए पनि पूरा गर्ने उम्मेदवार कोही नभएक

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 222 पटक पढिएको
  • चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए, २१ ले खोले

    चितवन। आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन् । बैंक खाता खोल्नका लागि ३९ले सिफारिस लिएका थिए ।जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा ६४ जना उम्मेदवार छन् । सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतिपय उम्मेदवारले त हामी खर्च नै गर्दैनौँ, किन खाता खोल्ने भन्नुहुन्छ ।” कतिपयले भने खाता खोल्ने प्रक्रियामा नै रहेको जवाफ दिएको उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार आसन्न निर्वाचनका लागि बैंकिङ खाता अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 260 पटक पढिएको
  • पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा...

    त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता रहेको छ । पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा जिल्लाको हुप्सेकोट गाउँपालिका–५ का स्थानीयलाई समस्या हुने गरेको छ ।फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । तर नवलपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्रका रोबहादुर रानालाई भने भोट हाल्न कसरी पुग्ने भन्ने चिन्ताले अहिले नै सताउन थालेको छ । जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने यस वडामा रहेका दुईवटा मतदानस्थलमध्ये रुद्रपुरमा रहेको शिक्षा वोधनी आधारभूत विद्यालय पुग्न झण्डै १० किलोमिटरको यात्रा गर

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 243 पटक पढिएको
  • हिमपातले यातायात बन्द, हुम्लाका चार मतदान केन्द्रमा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन समाग्री ओसारिँदै

    हुम्ला, १७ फागुन । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ ।नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए ।उनका अनुसार यी चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्र गरी २० कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 242 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.