-देवेन्द्र किशोर ढुङगाना नेपालमा सरकार परिवर्तनपछि उत्पन्न नयाँ राजनीतिक वातावरणले कूटनीतिक क्षेत्रलाई पुनः सक्रिय मात्र बनाएको छैन, बरु क्षेत्रीय शक्तिहरूबीचको संवेदनशील सन्तुलनलाई पनि पुनः परिभाषित गरिरहेको देखिन्छ। विशेषगरी हालैको भनिएको उच्चस्तरीय भेटवार्ता, जहाँ चीनका राजदूत झाङ माओमिङले नेपालका गृहमन्त्रीसँग उठाएका विषयहरूले काठमाडौँको विदेश नीतिमा रहेको सूक्ष्म सन्तुलन र दबाब दुवैलाई उजागर गरेका छन्।यो घटनालाई केवल औपचारिक कूटनीतिक संवादका रूपमा मात्र होइन, बरु दक्षिण एसियामा बदलिँदो रणनीतिक प्रतिस्पर्धाको प्रत्यक्ष प्रतिबिम्बका रूपमा विश्लेषण गर्न थालिएको छ। नेपालले ला
-देवेन्द्रकिशोर ढुङगाना नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस अहिले फेरि एकपटक गम्भीर आन्तरिक संकटको घेरामा छ। सभापति शेरबहादुर देउवा पक्ष र महामन्त्री गगन कुमार थापा पक्षबीचको विवाद केवल नेतृत्वको प्रतिस्पर्धा मात्र होइन, यो पार्टीको वैधानिकता, संस्थागत प्रक्रिया र भविष्यको दिशासँग गाँसिएको जटिल प्रश्न बनेको छ। सर्वोच्च अदालतमा विचाराधीन आधिकारिकता सम्बन्धी मुद्दाले अहिले कांग्रेसको राजनीतिक जीवनरेखालाई नै थामेर राखेको छ।देउवा पक्षले विशेष महाधिवेशनलाई पूर्णतः अवैधानिक ठहर गर्दै सभापतिबाहेक अरू कसैले अध्यक्षता गर्न नसक्ने तर्क अघि सारेको छ। वरिष्ठ अधिवक्ता र
बागमती। धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका एक जनाको सनाखत भएको छ ।मृत्यु हुनेमा बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकलमा पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका–७ फापरबारी निवासी ४१ वर्षीय सूर्यबहादुर थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।हेटौँडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किँदा गम्भीर घाइते भएका थोकरको हेटौँडा अस्पतालमा उपचारको क्रम
काठमाडौँ। आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भू–भागमा तातो दिन हुने सम
काठमाडौंँ। सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको वाग्मती प्रदेश सरकार अन्तर्गत संस्कृति र प
काठमाडौँ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ ।उहाँले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाउनुभएको हो । श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको प्रतिक्रिया दिनुभयो ।सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ २०८१ मङ्सिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुनुभएको थियो ।
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र मधेस र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदबीच सीमापार अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणसम्बन्धी विषयमा छलफल भएको छ ।शुक्रबार गृह मन्त्रालयमा भएको छलफलका क्रममा सांसदले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने माग गर्नुभएको थियो । यसक्रममा विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने, भन्सार दर पुनरावलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन संयन्त्र विकास गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चि
काठमाडौं— काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनाधीकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ । महानगरले शुक्रबार गौशाला,तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका अनाधीकृतमाथि डोजर लगाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए । उनले कोषबाट अनुरोध भए अनुसार नै अनाधीकृत संरचना हटाइएको उल्लेख गरे ।केहि समय अघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनाधीकृत संरचना हटाउने कार्य राकिएकोमा अब भने तीव्रताका साथ काम अघि बढ्ने उनले बताए । महानगरभित्र कवाडी व्यवसाय गर्न नपाइने न
काठमाडौं— अबदेखि ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। बिक्रम तिमिल्सिनाले अबदेखि ट्रायल पास भएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट हुने जनाएका हुन् ।काभ्रेको पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्रमा पुगेर लाइसेन्स छपाईको अवस्थाबारे जानकारी लिँदै उनले यस्तो बताएका हुन् ।उनले ट्रायल पास गरेको वर्षौंसम्म पनि लाइसेन्स नपाउने अवस्थाको अन्त्य भएको र अब ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स प्रिन्ट गरी हस्तान्तरण गरिसक्ने व्यवस्था कार्यान्वयन भएको बताएका छन् । त्यस्तै, सञ्चारम
धनुषा— धनुषामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका अनुसार बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एक पुरुषको शव फेला परेको हो । शव बटेश्वरकै स्थानीय ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आज सोही वडाका जगदीश रविदासको बाँसघारीमा थापाको शव फेला परेको हो । मृतकका छोरा अमित थापाका अनुसार उनी बुधबार साँझदेखि घरबाट बेपत्ता भएका थिए । बेपत्ता हुनुअघि उनले मादक पदार्थ सेवन गरेको जानकारी दिइएको छ ।शव फेलापरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक राजाराम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.