रामेछाप— सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ ।मृतकका परिवारले प्रहरी यातनाका कारण मृत्यु भएको आशंका गर्दै निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन् भने प्रहरीले घटनाबारे फैलिएका समाचारलाई ‘भ्रामक’ भन्दै खण्डन गरेको छ । यसैबीच राष्ट्रिय दलित आयोगले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।सुनकोशी गाउँपालिका–३ निवासी मृतकका आमा विन्दामाया विकले जारी गरेको प्रेस विज्ञप्तिमा श्रीकृष्ण वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट पक्राउ परेपछि खुर्कोट प्रहरी चौकीमा राखिएको उल्लेख छ ।उनका अनुसार बालविवाहको आरोपमा पक्राउ गरिए पनि श्री
काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्राडा मनोहर प्रधान नियुक्त हुने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले उक्त जिम्मेवारी दिने तयारी गरेको हो ।चिकित्सा तथा प्राध्यापन क्षेत्रमा लामो अनुभव हासिल गरेका डा.प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्तिपत्र प्रदान गरिनेछ ।चितवनलाई कार्यथलो बनाउँदै आएका उनी विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुरमा प्राध्यापनरत छन् ।पेशागत दक्षता र मर्यादाका कारण डा। प्रधान दुई पटक नेपाल
काठमाडौं— हास्य विधामा स्थापित जोडी कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् ।निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रको मुख्य भूमिकाका लागि भित्र्याएको जानकारी दिएको छ ।यसअघि नै मोडल तथा चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझी यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्ने घोषणा भइसकेको छ । गत आइतबार निर्माण टिमले एक पोस्टरमार्फत प्रशंसालाई फिल्ममा स्वागत गरेको जानकारी दिएको थियो ।आशीर्वाद यस चलचित्रमा प्रशंसाको जोडीका रुपमा देखिने हुन् या हैनन् टिमले कुनै जानकारी खुलाएको छैन ।चलचित्रको औपचारिक घोषणा गत म
काठमाडौं— बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा साइबर बुलिङ्गलगायत साइबर अपराध नियन्त्रणका लागि भइरहेका प्रयासहरू तथा वर्षायामको सुरुवातसँगै आगलागी, बाढीपहिरो, महामारी लगायत विपद्जन्य जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र पुनर्लाभ तयारीबारे छलफल गरिएको छ ।बैठकमा बोल्दै सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडामगरले विभिन्न खालका विपद्जन्य तालिमसहित गोताखोरसहित ४ हजार ५१३ जनाले तालिम प्राप्त गरी परिचालित रहेको जानकारी दिए ।उनले हेडक्वार्टरदेखि बाहिनी, शिक्षालय र बीओपीसम्म ‘विपद् डेडिकेटेड टिम’ गठन गरिएको भन्दै ८ हजार ११० जना सशस्
काठमाडौं— नेपाली काँग्रेसले संसदीय दलको नेतृत्व चयनका लागि आन्तरिक निर्वाचन प्रक्रिया प्रारम्भ गरेको छ। दलको नेता चयनसम्बन्धी जिम्मेवारी पाएको समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको हो।पार्टीका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको संयोजकत्वमा रहेको समितिले मतदाता नामावली सार्वजनिक गरेसँगै निर्वाचनका औपचारिक चरण सुरु गरिएको जनाएको छ। कार्यतालिका अनुसार उम्मेदवारी दर्ता वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म तोकिएको छ भने मतदान सोही दिन अपराह्न ४ बजेदेखि ५ बजेसम्म सम्पन्न हुने व्यवस्था गरिएको छ।यद्यपि दलभित्र सहमतिको प्रयास पनि जारी रहेको छ। सम्भावित सहमतिबाटै नेतृत्व
रौतहट— जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणको अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकी डाँडास्थित सडकखण्डमा भारतीय पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले ९५ केजी ९६५ ग्राम गाँजा बरामद गरेको हो ।गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहान करिब ०९ः३० बजे बीआर ०१ पीइ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई चेकजाँच गरेको थियो।जाँचका क्रममा गाडीको सिटमुनि ’फल्स बटम’ ९फल्स क्याबिन० बनाएर लुकाइराखेको अवस्थामा ३० वटा प्याकेटमा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ ।घटनामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका वडा नं. ०३, पदमपुर बस्न
काठमाडौं— नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सरकारी विज्ञापनसम्बन्धी हालैको निर्णयप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।महासंघले उक्त निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि विभेद गरेको भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सचिवस्तरीय परिपत्रमा संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायलाई सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको थियो ।साथै, विज्ञापनको भुक्तानी सम्बन्धित सञ्चार संस्थाको खातामा सिधै जम
काठमाण्डौ । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र उद्धार कार्यलाई सुदृढ बनाउन देशभर स्थायी र अस्थायी संरचना बनाउने भएको छ ।बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले ९ वटा विपद् व्यवस्थापन सम्बन्धी स्याथी बेस र ६० वटा अस्थायी बेस सञ्चालन ल्याउन लागेको जानकारी दिएकाछन । मगरका अनुसार हालै सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लाको सीमामा ६ वटा बेस स्थापना गरिएको छ ।सशस्त्र प्रहरीले हाल चार वटा स्थायी अपरेशनल युनिट स्थापना गरेको छ । कुरिनटारस्थित तालिम केन्द
-देवेन्द्र किशोर ढुङगाना सिन्धुलीको एक प्रहरी हिरासतभित्र भएको एक युवाको मृत्यु केवल एउटा आपराधिक घटना मात्र होइन, यो नेपाली समाजको संरचनागत असमानता, पूर्वाग्रह र राज्य संयन्त्रभित्रको गम्भीर समस्याको दर्पण हो। २३ वर्षीय श्रीकृष्ण विकको मृत्युले धेरै प्रश्नहरू उठाएको छ—के यो आत्महत्या हो, वा दबाब, यातना र विभेदको परिणाम हो ? तर यसको उत्तर खोज्नु मात्र पर्याप्त छैन; यो घटनाले हाम्रो सामाजिक चेतना, कानुनी कार्यान्वयन र राजनीतिक इच्छाशक्तिको वास्तविकतालाई उजागर गर्छ।नेपालले संविधानमार्फत समानता, स्वतन्त्रता र सामाजिक न्यायको वाचा गरेको छ। कागजमा दलित, महिला, जनजाति र सीमान्तकृत समुदायका अधिक
रामेछाप— सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने निर्णय गरेकोप्रति नेपाल पत्रकार महासंघ रामेछाप शाखाले आपत्ति जनाएको छ ।महासंघको केन्द्रीय समितिको निर्णयअनुसार शाखाले बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरेको हो ।२०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको सचिवस्तरीय निर्णयले निजी सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रहार गरेको महासंघले जनाएको छ ।ज्ञापनपत्रमा ‘सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने निर्देशनात्मक परिपत्रले नेपाली आमसञ्चार माध्यमको बहुसंख्यक हिस्सा ओगटेका निजी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.