काठमाडौं— चर्चित अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ ।प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रलाई दर्शकमाझ भावनात्मक कथावस्तु बोकेको नयाँ प्रस्तुति रूपमा लिइएको छ ।चलचित्रको निर्माण हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठले गरेका हुन् । कलाकारमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।पटकथा
काठमाडौं— सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परियार (परिश्रमी) पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको हो । सरकारले काठमाडौंको खोला किनारमा बसिरहेका सुकुम्बासीहरूलाई हटाउने तयारी गरिरहेका बेला परिश्रमी बैंकिक कसुरमा पक्राउ परेका हुन् । परिश्रमीको पक्राउ सकुम्बासी समस्यासँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं— टिकटकमार्फत उपहारको नाममा ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले इलामको फाकफोकथुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बू उर्फ सुशन थेगिम पक्राउ परेका हुन् ।प्रहरीका अनुसार उनले ‘रोहन राजपूत’ नामबाट टिकटक आइडी सञ्चालन गर्दै नेपाली महिलासँग चिनजान बढाउने गर्थे। सुरुमा सामान्य कुराकानीमार्फत विश्वास जितेपछि उनले विभिन्न प्रलोभन देखाउँदै ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।उनले डलर, गरगहना लगायतका उपहार पठाइसकेको दाबी गर्दै ती सामान काठमाडौँ विमानस्थलस्थित डीएचएल शाखामा आइपुगेको भन्दै सन्देश पठाउने गरेका थिए। त्यसपछि सामान छुटाउन भन्स
हेटौँडा— लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । ‘हामीसँग कोइला, ढुङ्गालगायत कच्चा पदार्थ छैनन् । तत्काल कच्चा पदार्थ आउने सम्भावना पनि छैन, कच्चा पदार्थका लागि सम्झौता भए पनि रकमको अभाव देखाउँदै ठेकेदारले कच्चा पदार्थ ढुवानी गर्न नसकेकाले उद्योग बन्द गर्नुपरेको छु, उद्योगमा भएको कच्चा पदार्थबाट पाँच हजार टन क्लिङ्कर उत्पादन गरेर अहिले सिमेन्ट ‘प्याकेजिङ’ भइरहेको उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठले भने । दैनिक १६ हजार बोरा सिमेन्
एजेन्सी— रुसले बिहीबार आफ्नो सेनाले २४ घण्टामा १३८ क्षेत्रहरूमा युक्रेनी लक्ष्यहरूमाथि प्रहार गरेको जनाएको छ । यता, युक्रेनी सेनाले सोही दिन रुसको नोभगोरोड क्षेत्रमा रहेको तेल पम्पिङ स्टेशन विरुद्ध ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।रुसी रक्षा मन्त्रालयले विगत एक दिनमा रुसी सेनाले युक्रेनी सेनाले प्रयोग गर्ने ऊर्जा र यातायात पूर्वाधार, साथै १३८ क्षेत्रहरूमा युक्रेनी सेना र विदेशी भाडाका सैनिकहरूको अस्थायी तैनाथी स्थलहरूमा आक्रमण गरेको बताएको छ ।रुसी वायु रक्षा प्रणालीले १० वटा सटीक-निर्देशित बम र ४१८ वटा फिक्स्ड–विङ ड्रोनहरू खसालेको बताइएको छ ।यसैबीच, युक्रेनको सशस्त्र बलको जनरल स्टाफले आफ्नो वा
काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैया कायम भएको छ । बिहीबार २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो ।
एजेन्सी— इरान र अमेरिकाबीचको द्वन्द्वले नयाँ मोड लिएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा र वैदेशिक नीति समितिका सदस्य महमूद नबभियानले पाकिस्तानमा अमेरिकासँग भएको वार्तालाई रणनीतिक गल्तीको संज्ञा दिएका छन् ।नबभियानका अनुसार, पाकिस्तानमा भएको वार्तामा इरानको परमाणु मुद्दालाई छलफलको विषय बनाउनु नै गलत थियो ।उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘परमाणु मुद्दालाई वार्ताको टेबुलमा राखेर हामीले ठूलो रणनीतिक गल्ती गर्यौं । त्यसका कारण शत्रु झन् साहसी भएको छ ।’अमेरिकाले इरानको ६० प्रतिशत संवर्धित युरेनियम हटाउन र त्यसलाई २० वर्षसम्म रोक्न राखेको प्रस्तावलाई तेहरानले अस्वीकार गरेको उनले जानकारी दिए
काठमाडौं— संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ परेका छन् । सरकारले थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्वासी बस्ती हटाउन लागेको छ ।तीन वर्षअघि त्यही क्षेत्रमा पेट्रोल बमलगायत प्रहार गरेको भन्ने विषयमा अनुसन्धान गर्नका लागि उनलाई होल्ड गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।यसअघि बालेन शाह काठमाडौं महानगर प्रमुख हुँदा ती क्षेत्रका बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यसबेला काठमाडौं महानगर प्रहरी सुकुम्बासी बस्ती क्षेत्रमा जाँदा महानगर प्रहरीमाथि ढुंगामुडा भएको थियो । उक्त घटनामा घाइते भएका महानगर प्रहरीहरूले सुकुम्
काठमाण्डौ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले परिश्रमीलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे।
काठमाडौं— प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख गरिएको छ । काउन्सिलका अनुसार यस्ता उजुरीहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति देखिएको छ ।काउन्सिलले केही सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूले विज्ञापनको नाममा दबाब दिने, अस्वीकार गरेमा संस्थाको प्रतिष्ठामा असर पार्ने खालका मिथ्या सामग्री सम्प्रेषण गर्ने गरेको गुनासा पनि प्राप्त
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.