समाचार

    Showing 4,081-4,090 of 26,789 items.
  • अस्थायी शिक्षक तथा विद्यालय कर्मचारी महासंघद्वारा ‘थापागाउँ घोषणापत्र–२०८३’ जारी

    काठमाडौं— अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीहरूको बृहत राष्ट्रिय भेलाले ‘थापागाउँ घोषणापत्र–२०८३’ जारी गरेको छ ।नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघको आयोजनामा काठमाडौंको थापागाउँमा १२ गते सम्पन्न भेलाले पेशागत सुरक्षा, स्थायित्व र सामाजिक सुरक्षासम्बन्धी मागहरूलाई मुख्य एजेन्डा बनाउँदै घोषणापत्र सार्वजनिक गरेको हो ।भेलाले अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरूको दीर्घकालीन व्यवस्थापन, सम्मानजनक सेवा–सुविधा र शिक्षा प्रणाली सुदृढीकरणलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ । संविधानले सुनिश्चित गरेका समानता, श्रमको सम्मान, सामाजिक सुरक्षा तथा गुणस्तरीय शिक्षाको अधिकार कार्यान्व

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 692 पटक पढिएको
  • जित्ने होइन, समेट्ने राजनीति आवश्यक छ: धर्म चौधरी

    काठमाडौं— उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरीले नेपालमा जित–हारको राजनीति अन्त्य गरी सबैलाई समेट्ने सहकार्यको राजनीति आवश्यक रहेको बताएका छन्।आइतबार न्यूज एक्सप्रेसले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले संविधानले परिकल्पना गरेको समन्वय, सहकार्य र सहअस्तित्वको मर्म बुझेर अघि बढे मात्र देश विकासले गति लिने बताए ।उनले भने, ‘हामीसँग तीन तहका सरकार छन्, जसमा हाम्रो संविधानले समन्वय, सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको छ । यही मर्म बुझेर संविधानको रक्षार्थ काम गर्दा देश विकासमा टेवा पुग्नेछ ।’चौधरीले नेपालमा अरूको भूमिकामा बढी चासो दिने तर आफ्नो जिम्मेवारी पूरा गर्न नसक्न

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 504 पटक पढिएको
  • संघीयता कार्यान्वयन र संवाद आवश्यकताबारे जोड

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले संघीयताको कार्यान्वयनप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै सापकोटाले संघीयताको समीक्षा गर्दा संघीय संसद र संघीय सरकारले बढी जिम्मेवारी लिनुपर्ने बताए ।उनले संविधानको मूल मर्मअनुसार आवश्यक कानुन निर्माण हुन नसकेको उल्लेख गरे । उनले संघीयताका कमजोरी सुधार्न संघीय सरकार र संसदले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए ।उनले भने, ‘ तीनै तहको सरकारको कुरा गर्दा सबैभन्दा पहिला संघीयताको समिक्षा गर्दा संसदले र संघीय सरकारले ज्यादा समिक्षा गर्नुपर्दछ । संविधानको आधारमा ब

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 501 पटक पढिएको
  • अव्यवस्थित बस्तीबाट उद्धार गरिएकालाई महानगरद्वारा स्वास्थ्य सेवा प्रदान

    काठमाडौं— अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरू समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।यस्तै, मनोसामाजिक परामर्शका लागि पती नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरूले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 472 पटक पढिएको
  • काठमाडौंमा वैशाख १७ देखि ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो’ हुने

    काठमाडौं— स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौँमा आयोजना हुने भएको छ।एस डी प्रोमो मिडिया प्रालिले केमसान नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त एक्स्पो २०२६ अप्रिल ३० देखि मे २ सम्म (बैशाख १७ देखि १९ सम्म) तीन दिन भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ। आयोजकका अनुसार यस वर्षको संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ।प्रदर्शनीमा नेपाल, भारतसहित विभिन्न देशका ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र १

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 517 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।काठमाडौं उपत्यकाका सुकुमवासी बस्ती भत्काउने क्रम चलिरहेका बेला मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौंस्थित नदी किनारका अव्यवस्थित बस्ती डोजर प्रयोग गरेर हटाउने क्रम चलिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 488 पटक पढिएको
  • कार्यवाहक मेयरले गरिन् सुकुम्बासीलाई बनाइएको भवन अवलोकन

    काठमाडौं— काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनीता डंगोलले सुकुम्बासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका १ मा रहेको सरकारी भवनको अवलोकन गरेकी छन्।सरकारले काठमाडौंको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने काम गरेको छ।यी स्थानबाट सुकुम्बासीहरूलाई यही सरकारी भवनमा राखिने भएकाले सरसफाइ र मर्मतको काम भइरहेको छ। 

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 502 पटक पढिएको
  • सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

    काठमाडौं—  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० ले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।आइतबार सामाजिक संजालमार्फत उनले सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे ।उनले लेखेका छन्, ‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?’उनले सुकुमबासी बस्ती भत्काएपछि जनता सडकमा रात बिताउन बाध्य भएको गुनासे बताए ।‘माननीय रवि लामिछानेजी कता हराउनु भयो ? सरकारले के ग¥या त्यस्तो, जनता सडकमा रा

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 514 पटक पढिएको
  • ह्वाइट हाउस गोलीकाण्डमा संलग्न व्यक्तिको पहिचान खुल्यो

    एजेन्सी । वासिङ्टनस्थित वासिङ्टन हिल्टनमा आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छ।घटनालगत्तै पक्राउ परेका युवक ३१ वर्षीय कोल एलेन दक्षिणी क्यालिफोर्नियाका शिक्षक र भिडियो गेम निर्माणकर्ता रहेको खुलेको हो।वाशिङ्टन हिल्टन होटलमा आयोजित कार्यक्रममा एक्कासी गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प, उनकी पत्नी मेलानिया, उपराष्ट्रपति जेडी भान्स लगायतलाई सुरक्षाकर्मीहरुले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए । घटनालगत्तै सुरक्षाकर्मीहरुले एलेनलाई नियन्त्रणमा लिएका थिए ।शनिबार राति आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले एलेनले कार्यक्रमस्थलमा रह

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 202 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली बस्ने

    काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 479 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.