समाचार

    Showing 31-40 of 26,780 items.
  • भोटेकोशी बाढीः डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

    नारायणगढ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डिएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् ।चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डिएनए नमुना (रगत) सङ्कलन भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर (सेवा इकाइ चितवन) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा हराएका आफन्तबाट रगतको नमुना सङ्कलन भइरहेको छ ।बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौँतार

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 114 पटक पढिएको
  • रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

    काठमाडौँ। भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको जानकारी दिनुभयो । “आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून छ । यद्यपि रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने स्म्भावना छ”, उहाँले भन्नुभयो ।उहाँका अनुसार मनसुन मध्यमदेखि पश्चिमतर्फ बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने सम्भावना छैन ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 143 पटक पढिएको
  • भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन

    जनकपुरधाम। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएको र १६२ जना अझै सम्पर्कविहीन रहेका छन् ।सम्पर्कविहीनमध्ये पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम, स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता सम्पर्कमा आएको प्रवक्ता ढकालले बताउनुभयो ।यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 168 पटक पढिएको
  • रास्वपा सचिवालय बैठक बस्दै

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १०ः०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्न लागेको जानकारी दिनुभयो ।सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताउनुभयो ।

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 130 पटक पढिएको
  • भोटेकोशी बाढी: सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म

    जनकपुरधाम। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाका नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि मधेसका सरकार, स्थानीय तह, राजनीतिक दल, उद्योगी–व्यवसायी, युवा तथा नागरिक समाज एकजुट भएर सहयोगमा जुटेका हुन् ।यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जनधनको क्षति पुर्‍याएपछि मधेसका विभिन्न जिल्लामा राहत सङ्कलन अभियान सञ्चालन भइरहेको छ ।कतै स्थानीय तहले आफ्नो विपद् कोषबाट रकम उपलब्ध गराएका छन् भने कतै जनप्रतिनिधि र कर्मचारीले आफ्नो सेवा सुविधा तथा तलबबाट रकम कटाएर सहयोग गर्ने निर्णय गरेका छन् । युवा, व्यवसायी र सामाजिक संस्था भने खाद्यान्नलगाय

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 160 पटक पढिएको
  • उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

    चितवन। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो । साल्ट ट्रेडिङ कर्पाेरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ ।  बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मङ्गलबार चितवनको बाबा ग्यासले एक हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ । श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा रहेको छ । यस्तै यहाँको साइबाबाले आफ्नै ९०० सिलिन्डर काठमाडौँ पठाएको छ । नेपाल ग्यास गण्डकीले ब

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 173 पटक पढिएको
  • अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ

    काठमाडौँ। साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ ।गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पाेरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर (बोटलिङ) काठमाडाँै ल्याउने नीति लिएको हो ।सो राजमार्ग अवरुद्ध हुँदा कर्पाेरेशनको धादिङ जुगेखोलास्थित ‘एलपिजी प्लान्ट’मा पनि असर परेको छ । आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पाेरेशनले तत्काल अन्य निजी क्षेत्

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 142 पटक पढिएको
  • भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग

    कञ्चनपुर। भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरबाट रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ ।जिल्लाका विभिन्न स्थानीय तह, सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।जिल्लाको शुक्लाफाँटा नगरपालिकाले रु सात लाख कोषमा जम्मा गरेको नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिनुभयो ।त्यसैगरी, सुदूरपश्च्मि विश्वविद्यालयले रु ८८ लाख बराबरको रकम राहत कोषमा प्रदान गरेको विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार उपकुलपतिले एक महिनाको तलब, प्राध्यापक तथा कर्मचारीले १० दिनसम्मको र अन्य तहक

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 137 पटक पढिएको
  • सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

    महोत्तरी। बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उहाँ मोबाइलमा आँखा डुलाइ रहनुहुन्छ । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा ओभाएका छन् ।अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत् छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन हुनुभएको छ । “बाबुले मामु ठिकै छु भनेर फोन गरी हाल्छ कि भन्ने लाग्छ, एकछिन यो मोबाइल छाडेकी छैन,” सरिता भन्नुहुन्छ, “अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ ।”यही भदौ १० गते नै पनि बिहान छोरासँग कुरा भएको सम्झँदै सरिता भन्नुहुन्छ, “बाढीको खबर आउन थालेपछि सम्पर्क गर्न चाह्यौँ । त्यो दिन बिहान ९ः०० बजेपछि बाबुसँग

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 132 पटक पढिएको
  • नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

    काठमाडौं । चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ । हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने आपूर्ति स्थिरता र भोल्टेजको गुणस्तरमा समेत सुधार भएको जनाइएको छ ।हालै चार्ज गरिएका क्षेत्रमा विदुर–६, विदुर–१२ का बाँकी क्षेत्र, विदुर–३ को करिब आधा भाग, तारकेश्वर गाउँपालिकाका वडा नं. १, २, ३, ५ र ६ तथा बेलकोटगढी–७ रहेका छन् । यससँगै थप ३१ वटा ट्रान्सफर्मरसमेत चार्ज गरिएको छ ।विद्युत् आपूर्ति अझै पुनःस्थापित हुन बाँकी क्षेत्रमा विदुर–३ को बाँकी आधा भाग, तारकेश्वर–४, किस्पाङ गाउँपालिका, बेलकोटगढी–८ र

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 30 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.