समाचार

    Showing 3,911-3,920 of 19,131 items.
  • पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

    काठमाडौं— कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । यसअघि पनि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको थियो । ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो । केही समयपछि पहिरो पन्छाएर राजमार्ग सुचारु गर्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन् । 

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 387 पटक पढिएको
  • शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

    काठमाडौं— शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ । योग्यताका लागि कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनी मात्रै आवेदन दिन सक्नेछन् ।हकप्रद शेयर खरिदका लागि सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा तथा सि–आस्बा सेवामा सहभागी बैंक/वित्तीय संस्था र ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ । यस

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 476 पटक पढिएको
  • रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन

    काठमाडौं— ९२२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सहज बनाउन संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ ।अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको उक्त आयोजनाबारे सभापति कुसुमदेवी थापाको अध्यक्षतामा बसेको समितिको बैठकमा वन तथा वातावरण मन्त्रालय, अपर तामाकोशी हाइड्रोपावरका पदाधिकारी र सरोकारवालाहरूसँग छलफल भएको थियो ।छलफलपछि समितिले आयोजना निर्माण सुचारु गर्न आवश्यक वातावरणीय व्यवस्थापन योजना परिमार्जनसहित सहजीकरण गर्न निर्देशन दिएको हो । यससँगै २०७९ साल चैत ५ गते स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 494 पटक पढिएको
  • अभियानता सुनारले रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधको विरुद्धको हस्ताक्षर गर्दै

    काठमाडौं— दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप आज हस्ताक्षर गर्दै छन् । उनले बिहीबार दिउँसो १ बजे रास्वपाको पार्टी कार्यालय वनस्थलीमा गएर हस्ताक्षर अभियानमा सहभागी जनाउन लागेको हुन् । ्सभापति लामिछानेविरुद्ध सरकारले प्रतिशोध राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको हस्ताक्षर अभियान सुरु गरेको हो । 

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 474 पटक पढिएको
  • बुङ्गल हाइड्रो पावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

    काठमाडौं— बुङ्गल हाइड्रो पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर जारी गरेको थियो ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू र मेराशेयरमार्फत दिन सकिन्छ ।यस आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी’ रेटिङ दिँदै कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको बताएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थ

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 443 पटक पढिएको
  • दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा

    काठमाडौं— दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपाल आइपुगेको छ। बुधबार राति त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्।नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने छ । खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताका लागि एन्फाले भीआईपी प्यारापिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 399 पटक पढिएको
  • पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल भदौ अन्तिम सातामा हुने

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता भदौ २८ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा मोफसलका ४ सहित १६ टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । ४० वर्षमाथि उमेरसमूहका सहभागी हुन पाउने प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ ।चावहिल स्पोट्र्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।असोज २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल म

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 465 पटक पढिएको
  • खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता

    काठमाडौं— नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि सम्झौता भएको छ ।ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी, रगत परीक्षण र कुनैपनि आकस्मिक दुर्घटनामा २० प्रतिशत छुट दिने छ । औषधि तथा फार्मेसी सेवा, भर्ना भइ उपचार गर्नु पर्ने अवस्था, अवस्था हेरी माइनर र मेजर अपरेसनमा पनि ब्लु क्रसले विशेष छुट दिने सम्झौता भएको भारोत्तोलन संघले जनाएको छ ।भारोत्तोलन संघले उपलब्ध गराएको योग्य सदस्य र खेलाडीको नामवली, भारोत्तोलन संघको आधिकारिक परिचय पत्र वा सिफारिस पत्रको अधारमा ब्लु क्रसले उपरोक्त सेवा प्रदान गर्न

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 453 पटक पढिएको
  • एएफसी यू–२३ एसियन कप छनोटः पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

    काठमाडौं— एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ। बुधबार राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को खेलमा नेपाल आयोजक टोली ताजकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको हो।ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गरे भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक–एक गोल गरेका थिए।समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल आगामी शनिबार सिरियासँग खेल्नेछ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 482 पटक पढिएको
  • इन्डो–नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने

    काठमाडौं— समृद्धि स्कुलको आयोजनामा इन्डो–नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगिताको काता र कुमुतेमा ४५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रवि शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।नेपालका २५ तथा भारतका ५ विद्यालयबाट २ सय ८३ खेलाडीको सहभागिता रहने इसीएस निर्देशक विकास शाहीले जानकारी दिाए । १ सय ६२ पुरुष तथा १ सय २१ महिला खेलाडी सहभागी हुने छन् । भारतबाट २० खेलाडी आउने छन् ।टिम च्याम्पियन र उपविजेतालाई ट्रफी प्रदान गरिने छ । कुमुतेमा उत्कृष्ट पुरुष÷महिला तथा कातामा १ उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ । उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि पुरस

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 458 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा