समाचार

    Showing 3,861-3,870 of 19,131 items.
  • सामूदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनकः मन्त्री सिंह

    काठमाडौं— उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सामूदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले समयानुकूल शैक्षिक संस्थाहरूले आफूलाई अनुकूल बनाउनु आवश्यक रहेको बताए ।‘अहिलेको समयमा सामूदायिक विद्यालयहरुमा विद्यार्थीको चाप घट्दै गइरहेको छ । बिल्डिङ छन्, इन्फ्रास्ट्रक्चर छन्, तर समयको मागअनुसार तिनीहरूको सदुपयोग गर्न सक्नुपर्छ,’ सिंहले भने, ‘क्याम्पसको व्यवस्थापनले अब सोच्नुपर्ने अवस्था आएको छ ।’उनले शिक्षा प्रणालीमा आएको परि

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 350 पटक पढिएको
  • दिवा खाजामा छेपारो फेला परेको दावी, दर्जनौं विद्यार्थी विरामी

    जनकपुर— महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीहरुलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो । मरेको छेपारोको विभिन्न शरीरका अंगहरु अलग अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीहरुले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीहरुको भनाई छ ।विद्यार्थीहरुले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिहरुलाई अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँवासी विद्यालय पुगेका थिए । सो क्रममा उनीहरुले प्रधानाध्या

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 336 पटक पढिएको
  • एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

    काठमाडौं— वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ ।इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि सुरु भएको लिग पहिलो पटक काठमाडौं बाहिर पोखरामा हुन लागेको हो ।पहिलो संस्करणको विजेता कर्णाली यशविस र पोखरा निन्जाज उद्घाटन खेलमा भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु हुनेछ ।आजै ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल अपरान्ह ४ बजे सुरु हुनेछ। कर्णाली र पोखरा दुवै टिम उद्घाटन खेलका लागि तयार छन् । दुवै टिममा घरेलु भलिबलको सफल टोली न्यु डायमण्ड युथ स्पोट्र्स क्लबमा खेलिरहेका सुमित्रा र प्रगति मार्की छन्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 356 पटक पढिएको
  • नेसनल प्याब्सनद्वारा शिक्षा विधेयकका प्रावधान संशोधन मागसहित राष्ट्रियसभा अध्यक्षलाई लिखित धारणा पेस

    काठमाडौं— विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई भेट गरी लिखित धारणा बुझाएका छन् ।उक्त भेटमा नेसनल प्याब्सन पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष तथा कम्पनीमा दर्ता भएर सञ्चालनमा रहेका संस्थागत विद्यालयसम्बन्धी प्रावधान व्यवहारिक नभएको भन्दै पुनर्विचार आवश्यक रहेको बताएका हुन् । पूर्ण छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था लागू भए शुल्क वृद्धि भई श्रमजीवी अभिभावकलाई थप बोझ पर्ने र मध्यम आय भएका परिवारका बालब

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 365 पटक पढिएको
  • मधेश प्रदेशमा आज सार्वजनिक विदा

    जनकपुर— मधेश प्रदेशमा शुक्रबार सार्वजनिक विदा दिइएको छ ।मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेश सरकारले आज प्रदेशभरी विदा दिएको हो । मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सूचना जारी गर्दै आज मधेश प्रदेश भरी सार्वजनिक विदा रहेको जानकारी दिएका छन् । २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा बमोजिम शुक्रबार विदा दिइएको सूचनामा उल्लेख रहेको छ ।प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा विदा दिँइदै आइएको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 263 पटक पढिएको
  • एनपीएलका लागि सुदूरपश्चिमले अनुबन्ध ग¥यो पहिलो विदेशी खेलाडी

    काठमाडौं— सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । लिनले टी२० फम्र्याट मा २९३ खेल खेलेका छन् र ८,००० भन्दा बढी रन बनाएका छन् । आक्रामक ब्याटिङका लागि चर्चित लिनले अष्ट्रेलियाबाट १८ वटा टी२० अन्तर्राष्ट्रिय र ४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।लिन अष्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् ।  उनले इन्डियन प्रिमियर लिगसहित विश्वका

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 333 पटक पढिएको
  • झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला

    काठमाडौं— झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको शेयर जारी गरेको हो ।यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक, वित्तीय संस्थाका शाखा तथा मेरो शेयरमार्फत दिन सकिनेछ ।आईपीओ छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ । आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘सिंगल बी माइनस’ प्रदान गरेको छ । ज

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 270 पटक पढिएको
  • दशरथ रंगशाला अयोग्यः भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुस्त

    काठमाडौं— नेपालले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला दाबी गर्दै आइरहेको छ ।तर पछिल्लो समय रंगशालामा अन्तर्राष्ट्रिय खेलहरु हुन सकेको छैनन् । एसियन फुटबल महासंघ (एएफसी)ले समेत रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डमा नपुगेको ठहर गरेपछि रंगशाला नै अयोग्य ठहर भएको छ । तर यतिबेला अखिल नेपाल फुटबल संघ (एन्फा) भने दशरथ रंगशालालाई परिमार्जनसहित अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भन्दापनि त्यसको विकल्पमा जुटेको छ । भक्तपुरको सूर्यविनायकमा दशरथ रंगशालाको विकल्पमा अर्को रंगशालाको निर्माणको प्रक्रिया अगाडि बढाएको एन्फाका प्रवक्ता सुरेश शाह

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 323 पटक पढिएको
  • वाक स्वतन्त्रता गालीगलौजको छुट होइन, सामाजिक सञ्जाल नियमन आवश्यकः रामकुमारी झाँक्री

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्महरूको नियमन आवश्यक रहेको बताएकी छन् ।शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै झाँक्रीले वाक स्वतन्त्रताको नाममा गालीगलौज र चरित्र हत्या गर्न छुट नहुने स्पष्ट पारेकी हुन् । उनले सामाजिक सञ्जाललाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतामा बन्देज लगाउनु नभएको बताउँदै, अधिकारसँगै कर्तव्य पनि महत्वपूर्ण हुने बताएकी छन् ।उनले लेखेकी छन्, ‘सोसल मिडिया र भर्चुअल प्लाटफर्मलाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतालाई बन्देज गर्नु होइन । हामी नागरिकले आफ्नो अधिकार र दायित्वलाई सँगसँगै

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 315 पटक पढिएको
  • हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि हो : परराष्ट्रमन्त्री

    काठमाडौं— परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि भएको बताएकी छिन् । एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उनले बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिन नहुँने बताइन् । उनले भने ‘बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिनु हुँदैन, यो त एउटा मानवीय सेवा पनि हो ।’हेरचाहसम्बन्धी कार्यको यो अपरिहार्य भूमिकाका बाबजुद

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 317 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा