समाचार

    Showing 3,851-3,860 of 26,789 items.
  • सुनको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ ।शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।आइतबार नेपाली बजारमा चाँदी प्रतितोला ५ हजार १० रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 397 पटक पढिएको
  • मेवा–चाङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाको पुनः बोलपत्र आह्वान

    काठमाडौं— राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले मेवा–चाङ्गे (ढुङ्गेसाँघु) १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत ढुङ्गेसाँघु सबस्टेशनको विस्तारका लागि पुनः बोलपत्र आह्वान गरेको छ ।कम्पनीले सबस्टेशनमा १३२ केभी बे एक्सटेन्सन र सम्बन्धित भूमिगत केबलिङ कार्यका लागि डिजाइन, आपूर्ति, जडान, परीक्षण र कमिसनिङ सम्बन्धी काम गर्न इच्छुक योग्य बोलपत्रदाताहरूबाट प्रस्ताव माग गरेको हो । यो ठेक्का राष्ट्रिय प्रतिष्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत डिजाइन एण्ड बिल्ड मोडेलमा अगाडि बढाइने सूचनामा उल्लेख छ ।यस बोलपत्रमा सहभागी हुनका लागि निर्माण व्यवसायीहरूको योग्यता समेत तोकिएको छ । जसअनुसार आवेदन दिने कम्पन

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 425 पटक पढिएको
  • मोरङमा स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

    मोरङ— मोरङमा स्रोत नखुलेको ठूलो रकमसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका एक भारतीय नागरिकलाई शनिबार नियन्त्रणमा लिइएको हो। भारतको माल्दा जिल्लाका ३६ वर्षीय मोहिदिल अलीसँग १५ लाख ९८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।यसअघि शुक्रबार सोही विमानस्थलबाट धरान–१८ का ३५ वर्षीय दिलीप तामाङ पनि पक्राउ परेका थिए। उनीसँग ११ लाख रुपैयाँ नगद बरामद गरिएको थियो, जसको स्रोत खुल्न सकेको छैन।प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 431 पटक पढिएको
  • प्रेस स्वतन्त्रताको मोडमा नेपाली पत्रकारिता: गौरव, चुनौती र सुधारको अपरिहार्यता

    अपरिचित भद्रपुरे :  मे ३—विश्व प्रेस स्वतन्त्रता दिवस—प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको महत्त्व स्मरण गर्ने मात्र अबसर होइन, यसको वर्तमान अवस्थाको गम्भीर समीक्षा गर्ने दिन पनि हो। “शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन” भन्ने यस वर्षको नाराले पनि स्पष्ट संकेत गर्छ  स्वतन्त्र प्रेस बिना लोकतन्त्रको जग मजबुत रहन सक्दैन। तर विडम्बना, लोकतान्त्रिक संविधान लागू भएको एक दशक बितिसक्दा पनि नेपालमा प्रेस स्वतन्त्रताको अवस्था सुदृढ हुँदै गएकोभन्दा चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।नेपाली पत्रकारिताको इतिहास गौरवपूर्ण छ। राणा शासनको दमनकारी

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 318 पटक पढिएको
  • उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुराः ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । वैशाख २१ र २२ गते काठमाडौंमा आयोजना हुन लागेको साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको जनाइएको छ ।साधारणसभाबाट महासंघको नयाँ कार्यसमिती चयन हुनेछ जसका लागि ७३ पदका लागि १३७ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । बाँकी चार उपाध्यक्षसहित अन्य पदका लागि निर्वाचन हुनेछ । साधारणसभा २१ वैशाखमा ललितपुरस्थित होटेल रोयल टुलिपमा उद्घाटन हुने तथा २२ वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान हुने कार्यक्रम रहेको महासंघले जा

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 448 पटक पढिएको
  • मन्त्री गौतम भन्छिन् विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ

    काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने बताएकी छन् ।आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो जारी गर्दै उनले वधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने भन्दै विधायिका संसद्ले बनाएको कानुनकै अधीनमा रहेर सरकारले काम गर्ने बताइन् ।उनले भनिन्, ‘विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ । विधायिका संसद्ले बनाएको कानुनकै अधीनमा रहेर सरकारले काम गर्न मिल्छ । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संरचनाको परिकल्पना गरेको छ ।’मन्त्री गौतमले नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहक

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 405 पटक पढिएको
  • डरलाई जित्दै सर्प उद्धारको अभियानमा होमिएकी सम्झना राई

    मोरङ— सर्प देख्ने वित्तिकै धेरै मानिसहरू डरले आत्तिन्छन् । कोही भाग्छन, कोही मार्न खोज्छन् । तर मोरङको उर्लाबारीकी सम्झना राई भने यही डरलाई चुनौती दिँदै सर्प र मानव दुवैको जीवन जोगाउने अभियानमा होमिएकी छन् ।सङ्खुवासभाको खाँदवारीमा जन्मिएकी सम्झना हाल उर्लाबारी–१ मा बसोबास गर्छिन् । पछिल्लो चार वर्षदेखि उनी सक्रिय रूपमा सर्प उद्धारमा लागेकी छन । यो अवधिमा उनले करिब एक हजारभन्दा बढी सर्प सुरक्षित रूपमा उद्धार गरिसकेकी छन् । स्थानीय क्षेत्रमा सर्प देखिएपछि सबैभन्दा पहिले सम्झनालाई नै खबर गरिन्छ, र उनी निडर भएर उद्धारका लागि पुग्छिन् ।सामान्यतया सर्पलाई मानिसहरूले शत्रुको रूपमा लिने गर्छन् । तर सम

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 444 पटक पढिएको
  • विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली

    काठमाडौं— विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै क्रममा नेपाल पत्रकार महासंघले राजधानीको माइतीघरमा ऐक्यवद्धता ¥याली आयोजना गरेको छ।‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित निकालिएको ¥यालीमा पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनको माग गर्दै विभिन्न प्लेकार्ड बोकेका थिए।¥यालीमा ‘प्रेस स्वतन्त्रता बेपत्ता’, ‘पूर्ण प्रेस स्वतन्त्रता संविधानको बाचा’, ‘सरकारी सूचना साझा गर’, र ‘प्रेस स्वतन्त्रता सम्झौता होइ

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 408 पटक पढिएको
  • प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    सुर्खेत— प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा प्रभावित पार्दै आएको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागीजस्ता विपद्का कारण यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ । मनसुन सुरु भएसँगै नदी–खोलाहरू उर्लिने, पहाड चिरिने र बस्तीहरू जोखिममा पर्ने क्रम दोहोरिँदै आएको छ । हरेक वर्ष विपद्का घटनाले केही समय चर्चा पाए पनि दीर्घकालीन समाधान भने अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कअनुसार कर्णालीमा विपद्का कारण २७७ जनाले ज्यान गुमाएका छन् भने ८३३ जना घाइते भएका छन् । चार जना अझै बेपत्ता छन् । सबैभन्दा बढी क्षति भूकम्पबाट भएको देखिन्छ, जस

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 400 पटक पढिएको
  • इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएको नयाँ १४ बुँदे प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । तर, उनले उक्त प्रस्तावप्रति गहिरो आशंका व्यक्त गर्दै इरानले आफ्ना विगतका कार्यहरूका लागि अझै पर्याप्त मूल्य नचुकाएको टिप्पणी गरेका छन् ।शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन,‘मैले इरानले भर्खरै पठाएको योजनाको चाँडै समीक्षा गर्नेछु । तर यो स्वीकार्य होला भनेर म कल्पना गर्न सक्दिनँ, किनकि विगत ४७ वर्षमा मानवता र विश्वका विरुद्ध इरानले जे–जति गरेको छ, त्यसको लागि उसले अझै ठूलो मूल्य चुकाएको छैन ।’फ्लोरिडामा एयर फोर्स वनमा चढ्नुअघि पत्रका

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 401 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.