समाचार

    Showing 3,851-3,860 of 19,130 items.
  • एनआरएनए एकताबद्ध गराउन जनसम्पर्क समिति विस्तार हुँदैछ, विश्वभर फैलिन्छः किरण पौडेल

    काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम जनसम्पर्क समन्वय विभागको प्रमुख किरण पौडेलले हाल पार्टीको १५ औं महाधिवेशन केन्द्रीत गतिविधिहरु भइरहेकाले समयसीमा भित्रै महाधिवेशन हुने बताएका छन् ।विदेशमा पार्टीको संजाल विस्तार गर्नेक्रम जारी रहेको बताएका उनले महाधिवेशनलाई नै केन्द्रीत गर्दै विदेशस्थित जन सम्पर्क समितिहरुको अधिवेशनको तयारी भइरहेको पनि बताए ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा जनसम्पर्क समितिलाई आश्विन मसान्तसम्म सबै देशले नवीकरण गरेर नयाँ सदस्य बनाएर केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन भइसकेकाले सम्पर्क समितिहरुले समयमै अधिवेशन सम्पन्न गर्ने दाबी पनि गरे ।‘हामी महाधिवेशनको तयारीकै

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 343 पटक पढिएको
  • शान्ति समाजले भन्योः सामाजिक संजाल बन्द गर्ने सरकारी हठ प्रत्युपादक हुनसक्छ

    काठमाडौं— सरकारको निर्देशन अनुरुप दर्ता हुन नआएको भन्दै नेपालमा दुई दर्जन बढि सामाजिक संजाल प्लाटफर्मलाई बन्द गर्ने सरकारी निर्णयबारे मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।समाजकी अध्यक्ष रेनुका पौडेलले शुक्रबार एक विज्ञप्तिजारी गर्दै लोकतान्त्रिक पद्दतिमा निर्वाचित संसदले कानून बनाउँदा मानव अधिकारका विश्वव्यापी मान्यता, संबिधान र स्वतन्त्रताका मूल्यहरुको सम्मानलाई केन्द्रबिन्दुमा राखेर कानून बनाउनुपर्ने औल्याएकी छिन् । ‘लोकतान्त्रिक पद्दतिमा निर्वाचित संसदले कानून बनाउँदा मानव अधिकारका विश्वव्यापी मान्यता, संबिधान र स्वतन्त्रताका मूल्यहरुको सम्मानलाई केन्द्रबिन्द

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 409 पटक पढिएको
  • बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कार्तिकदेखि

    काठमाडौं— स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन् ।मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) स्वीकृत गरेका थियो। संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो । सेवा निरन्तरताका ल

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 397 पटक पढिएको
  • गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गेष्ट हाउसका संचालक सोही ठाउँ बस्ने झापा दमक नगरपालिका-१ घर भएका ४२ वर्षीय विक्रम बजगाँईसमेत छ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 328 पटक पढिएको
  • तोलामा २५ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सयले बढेर तोलामा २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहिबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले बढेर २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 346 पटक पढिएको
  • वल्र्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द

    काठमाडौं— सरकारको निर्देशन अनुसार वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ ।वल्र्डलिंक बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।वल्र्डलिंकले जारी गरेको सूचना अनुसार ‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९ २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२, २०८२ को मन्त्रालयस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशनिका २०८० अनुसार नेपालमा दर्ता नभएका साम

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 278 पटक पढिएको
  • निजामति सेवा दिवसको अवसरमा उर्जा मन्त्रालयमा बृक्षारोपण

    काठमाडौं, २० भदौ । निजामति सेवा दिवस–२०८२ को अवसरमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा वृक्षारोपण तथा सरसफाई गरिएको छ । मन्त्रालयले आज विहान आयोजना गरेको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेेका हुन् ।निजामति सेवा दिवसको पूर्वसन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा उर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटो छरितो रुपमा आम नागरिकलाई सेवा प्रदान गर्न कर्मचारीहरु लाग्नुपर्ने बताए । उनले कर्मचारीले आफ्नो हक अधिकारको संरक्षण गर्दैगर्दा दायित्वलाई नविर्सन समेत आग्रह गरे । उर्जामन्त्री खड्काले उर्जा मन्त्रालयले विगतका वर्षदेखि नै ड

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 260 पटक पढिएको
  • गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

    काठमाडौं— नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ । रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार एकदिन मात्र उडान गरिने जानकारी दिए । निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उनले बताए ।प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन । खराब मौसम र बाक्लो हुस्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 292 पटक पढिएको
  • भेरी अस्पतालमा मस्तिष्कघातको उपचारमा ठूलो राहत, महँगो 'अल्टेप्लेज' इन्जेक्सन अब निःशुल्क

    नेपालगन्ज— अबदेखि भेरी अस्पताल, नेपालगन्जमा मस्तिष्कघात भएका बिरामीहरूले महँगो ुअल्टेप्लेजु इन्जेक्सन निःशुल्क पाउने भएका छन्। यो इन्जेक्सन समयमै दिन सके बिरामीलाई प्यारालाइसिस हुनबाट बचाउन सकिने र उनीहरू धेरै हदसम्म सामान्य जीवनमा फर्किन सक्ने अस्पतालका प्रमुख फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिए ।डा. पाण्डेले भने, “मस्तिष्कघातको संकेत देखिएपछि साढे चार घण्टाभित्र अस्पताल ल्याउन सके यो इन्जेक्सन अत्यन्त प्रभावकारी हुन्छ।” उनले थपे, “समयमै उपचार हुन सके बिरामीको ज्यान मात्र हैन, जीवनशैली पनि जोगिन्छ।”८० हजार रुपैयाँ पर्ने यो औषधी सबैका लागि पहुँचमा नपुग्ने भएकाले भेर

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 330 पटक पढिएको
  • सामूदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनकः मन्त्री सिंह

    काठमाडौं— उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सामूदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले समयानुकूल शैक्षिक संस्थाहरूले आफूलाई अनुकूल बनाउनु आवश्यक रहेको बताए ।‘अहिलेको समयमा सामूदायिक विद्यालयहरुमा विद्यार्थीको चाप घट्दै गइरहेको छ । बिल्डिङ छन्, इन्फ्रास्ट्रक्चर छन्, तर समयको मागअनुसार तिनीहरूको सदुपयोग गर्न सक्नुपर्छ,’ सिंहले भने, ‘क्याम्पसको व्यवस्थापनले अब सोच्नुपर्ने अवस्था आएको छ ।’उनले शिक्षा प्रणालीमा आएको परि

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 350 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा