समाचार

    Showing 3,731-3,740 of 19,127 items.
  • काठमाडौं चक्रपथभित्र आज बिहान साढे ८ पछि अनिश्चितकालीन कर्फ्यू आदेश

    काठमाडौं— काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र आज कर्फ्यू आदेश जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८ः३० बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू—भागमा कर्फ्यू आदेश जारी गरिएको हो ।सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यू भएपछि थप तनावपूर्ण अवस्था सिर्जना हुन नदिन भन्दै कर्फ्यू आदेश जारी गरिएको हो ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 413 पटक पढिएको
  • हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध

    हेटौंडा— हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ। आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्।स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।अहिलेसम्म आन्दोलनकारीहरूको माग र वार्ता प्रक्रिया सम्बन्धी विस्तृत जानकारी सार्वजनिक भएको छैन।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 423 पटक पढिएको
  • ललितपुरमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी

    ललितपुर— ललितपुर जिल्लास्थित ललितपुर महानगरपालिकाका केही क्षेत्रमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेका हुन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी कफ्र्यू आदेश जारी गरेका छन् । कफ्र्यू आदेशअनुसार तोकिएको सिमाना भित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि ग

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 418 पटक पढिएको
  • संसद भवन बाहिर आजपनि आक्रोशित युवाहरु

    काठमाडौं— जेनजीको पदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् । मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सर्वसाधरण युवाहरु आक्रोशित मुद्रामा देखिएका हुन् । संसद भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरुले राजिनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढाउनुपर्छ ।’ उनले थप भने,‘जेनजी पुस्ताका युवाहरुलाई आज पनि माइतीघर मण्डलामा आउनको लागि आव्हान गरिसकेको छ । म नेपाली सेनाको छोरा भएको हिसाबले पनि नेपा

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 334 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैँ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आव्हान गरेको छ । मंगलबार बैठक बस्न पार्टी कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समितिको आकस्मिक बैठक गरेका हुन् । बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा दिनको १ बजे बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ । 

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 342 पटक पढिएको
  • एमाले गण्डकीका युवा नेता विश्वदर्शन पराजुलीले पार्टी परित्याग

    पोखरा— जेनजी पुस्ताको आन्दोलनलाई चरम दमन गरेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजव विश्वदर्शन पराजुलीले पार्टी परित्याग गरेका छन् । सहसंयोजक पराजुलीले एमाले नेतृत्वको सरकारले युवासँगै सिंगो राज्य र जनताप्रति घात गरेको भन्दै सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।‘‘सरकारबाट कुनै लाभ नलिएको म एक कार्यकर्ताले जति दिएँ पार्टीलाई दिएँ । अब देशलाई दिने विचारका साथ आजैको मितिदेखि नेकपा एमालेको पार्टी सदस्यता निष्क्रिय पार्दै अनेरास्ववियुमा रहेको जिम्ममेवारीबाट राजीनामा दिएको स्वघोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।उनले आफु सरकारको मतियार

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 354 पटक पढिएको
  • बानेश्वरमा जेनजी युवाहरु भेला, आज दोश्रो दिनपनी सुरु गरे प्रदर्शन

    काठमाण्डौ । काठमाण्डौमा जेनजी युवाहरुले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेला भएर युवाले प्रदर्शन सुरु गरेका हुन् । जेन्जी बिहानैदेखि भेला भइरहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी युवाको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४२१ जना घाइते भएका छन् ।प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले साढे ८ बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 269 पटक पढिएको
  • मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने; नेपाल सरकार

    काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटा र एक्स (पहिलेको ट्विटर) प्रति असन्तुष्टि जनाउँदै ती कम्पनीहरूले नेपाललाई ‘भ्रष्ट देश’ भन्दै सूचीकरणमा नआउने निर्णय लिएको बताएका छन् ।सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले नेपालप्रति यस्तो व्यवहार गर्नु ‘हेपाइ’ भएको टिप्पणी गरेका हुन् । उनले भने, “मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपे।”नेपाल सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता प्रक्रियामा ल्याउने प्रयास गरिरहेको बेला मेटा र एक्सको अस्वीकारलाई मन्त्री गुरुङले गम्भीर रुपमा लिएका छन् ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 329 पटक पढिएको
  • "त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस्": बालेन शाह

    काठमाण्डौ  ।  जेन–जी आन्दोलनका क्रममा हिजो घटेको घटनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कठोर शब्दमा सरकार र प्रधानमन्त्रीमाथि प्रहार गरेका छन्। हिजो मध्यराति सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले प्रधानमन्त्री केइपी शर्मा ओलीलाई सीधै ‘आतङ्कवादी’को संज्ञा दिएका छन्।बालेनले आफ्नो पोस्टमा लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस्।”उनको उक्त टिप्पणी केही घण्टामै भाइरल बनेको छ। पोस्टमा करिब ५ लाख प्रतिक्रियाहरु, एक लाखभन

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 519 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेसलगायत देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ। कोशी,

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 283 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा