समाचार

    Showing 361-370 of 26,780 items.
  • बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

    काठमाडौँ। रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरुले सजगता अपनाउन आग्रह गरेका छन् ।बुधबार बिहान करिब ९ः०० बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ ।अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च) का

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 204 पटक पढिएको
  • ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    काठमाडौँ। रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ ।महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ ।उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ ।नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 140 पटक पढिएको
  • भोटेकोशी बाढीः खोटाङका नागरिकको अवस्था बुझ्दै जिल्ला प्रशासन

    खोटाङ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।प्रशासनले बुधबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए÷नभएको तथा आफन्तसँग सम्पर्कमा रहे÷नरहेको जानकारी गराउन अनुरोध गरेको हो ।बाढी प्रभावित क्षेत्रमा गएका नागरिकले तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ ।भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठ

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 155 पटक पढिएको
  • आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

    काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ । सेनाका ती सवारीमा आज राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत छन् ।बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री नेपाली सेनाका ट्रकमार्फत राति नै प्रभावित क्ष

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 152 पटक पढिएको
  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ६० पैसा र बिक्रीदर २०८ रुपैयाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 141 पटक पढिएको
  • भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    काठमाडौँ। रसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।यसअघि भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिनुभएको थियो ।विदेशमन्त्री जयशङ्करले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 231 पटक पढिएको
  • बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

    काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन ।प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा छ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा छ जना (पहिचान नखुलेको)को शव भेटिएको छ । गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ ।प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ । त्यसैगरी, तनहुँमा एक महिला, पाँच पुरुष,

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 214 पटक पढिएको
  • घाइतेको निःशुल्क उपचारको प्रबन्ध गरेका छौं : मुख्यमन्त्री थापा

    भक्तपुर। वागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते भएका नागरिकको प्रदेश सरकारले निःशुल्क उपचारको प्रबन्ध गरेको बताउनु भएको छ ।बुधबार नुवाकोट पुगेर बाढीग्रस्त क्षेत्रको अनुगमनपछि राससलाई जानकारी दिँदै उहाँले घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिनुभयो । “विपद्मा जीवनको रक्षा नै हाम्रो पहिलो जिम्मेवारी हो । प्रादेशिक अस्पताल तथा आयुर्वेदिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेका छौँ,” मुख्यमन्त्री थापामगरले भन्नुभयो ।प्रदेश सरकारले आकस्मिक उपचारका लागि भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रवाराही अस्पतालका स्वास्थ्यकर्मी रसुवा तथा नुवाकोट

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 115 पटक पढिएको
  • भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

    दमौली। रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा शव तनहुँमा फेला परेका छन् । तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढीले बगाएर ल्याएका नौ वटा शव भेटिएका छन् । बाढीबाट तनहुँमा अन्य क्षति भएको विवरण भने हालसम्म प्राप्त नभएको उहॉले जानकारी दिनुभयो ।आँबुखैरेनी–४ पुलजीपदेखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रका विभिन्न स्थानमा शव फेला परेको तिवारीले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार नदीमा फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेका छन् । फेला परेका

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 137 पटक पढिएको
  • ‘भोटेकोशी बाढी प्रभावितको पहिचान तथा उद्धारका लागि समन्वय भइरहेको छ’

    सुदूरपश्चिम। रसुवामा आएको बाढीका कारण समस्यामा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रमा रहेका सुरक्षा युनिटसँग समन्वय गरिरहेको जनाएको छ ।विभिन्न माध्यम तथा सशस्त्र प्रहरीको आपत्कालीन तथा टोल फ्री नम्बर १११४ मा प्राप्त सूचनाका आधारमा खोज तथा उद्धारका लागि केन्द्रीय कार्यालय र रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा रहेका युनिटसँग समन्वय भइरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले जानकारी दिनुभयो ।उहाँका अनुसार बाढीपछि आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नआएको भन्दै प्रदेशका विभिन्न जिल्लाबाट सूचना

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 123 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.