समाचार

    Showing 3,601-3,610 of 19,113 items.
  • मिथिलाञ्चल क्षेत्रमा मनाईने जितिया पर्व आज देखि विधिवत शुरु

    जनकपुर— मधेशलगायत नेपालको तराई क्षेत्रमा मनाइने जितिया पर्व आजदेखि शुरु भएको छ । यो पर्व विशेषगरी मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी तथा अन्य समुदायका महिलाहरूले आस्थाका साथ मनाउने गर्दछन् । महिलाहरूले आफ्नो सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिका लागि निराहार ब्रत बस्ने परम्परा रहेको छ । जितिया पर्वको धार्मिक र सांस्कृतिक महत्व निकै गहिरो छ । हिन्दु धर्मशास्त्रअनुसार जितमहान नामक वीर पुरुषको स्मरणमा यो पर्व सुरु भएको मानिन्छ । जितमहानले कठिन सङ्घर्ष र वीरता प्रदर्शन गरेर धर्मको रक्षा गरेका थिए भन्ने धार्मिक विश्वास छ । यसैको स्मरणमा महिलाहरूले ब्रत बस्ने र भगवानलाई प्रसन्

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 450 पटक पढिएको
  • संसद विघटन असंवैधानिक छ : नेपाल बार

    काठमाडौं ।  नेपाल बार एशोसिएशनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको संसद विघटन असंवैधानिक रहेको बताएको छ ।  शुक्रबार राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि बारले एक विज्ञप्ति जारी गर्दै उक्त कदम असंवैधानिक भएको जनाएको हो । बारले विज्ञप्तिमा राष्ट्रपतिको उक्त कदम स्वेच्छाचारी र असंवैधानिकका साथै कानूनी शासन, संवैधानिक सर्वोच्चता तथा संविधानवादको विपरित रहेको उल्लेख गरेको छ ।‘नेपाल बार एशोसिएशन विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता र मानव अधिकारको संरक्षणमा समर्पित संस्था हो । प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने गरी रास्ट्

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 191 पटक पढिएको
  • चितवनमा हट्यो निषेधाज्ञा र कफ्र्यु आदेश

    चितवन । चितवनमा निषेधाज्ञा र कफ्र्यु आदेश पूर्ण रूपमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार एक सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्यु आदेश हटाइएको जानकारी दिएको हो।नागरिकको जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति चितवनको मिति २०८२÷०५÷२६ गतेको निर्णयानुसार चितवन जिल्लाभरको सीमाभित्र लागु हुने गरी जारी भएको निषेधाज्ञा एवं कफ्र्यु आदेश मिति २०८२÷०५÷२८ गते बिहान ७ बजे देखि लागु हुने गरी हट

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 188 पटक पढिएको
  • ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी

    काठमाडौं— जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि जारी गरिएको निषेधाज्ञा र कफ्र्यू ललितपुर जिल्लामा आज पनि जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्यू आइतबारसम्म जारी रहने जानकारी दिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार, शनिबार बिहान ११ः०० बजे देखि बेलुकी ५ः०० बजे सम्म निषेधाज्ञा लागू हुने प्रशासन कार्यालयले जनाएको छ । यस्तै सोही दिन बेलुकी ७ः०० बजे देखि भाद्र २९ गते बिहान ६ः०० बजे सम्म कफ्र्यू लाग्ने पनि जानकारी गराइएको छ । जिल्ला प्रशासन कार्याल

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 445 पटक पढिएको
  • रामेछापमा आज पनि कफ्र्यु जारी

    रामेछाप—  रामेछापमा आज साँझ पनि कफ्र्यु लगाइएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कफ्र्यु लगाएका छन् । सुरक्षा अवस्थालाई ध्यानमा राखेर स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो । जिल्ला सदरमुकाम मन्थली र पुराना सदरमुकाम रामेछाप बजार क्षेत्रमा कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख छ । मन्थलीमा अधिकांश प्रशासनिक भवन र वित्तीय संस्थाहरू रहेका छन् । त्यस्तै रामेछाप बजारमा कारागार, सेनाको ब्यारेक, अस्पताल लगायतका सरकारी संरचना र ब्यारेक रहेको छ । रामेछाप कारागारमा बिहीबार भएको झडप नियन्त्रण गर्न सुरक्षा

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 469 पटक पढिएको
  • प्रतिनिधि सभा विघटनको निर्णयप्रति माओवादी केन्द्रको असहमति

    काठमाडौं— माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति असहमति व्यक्त गरेको छ । शुक्रबार राति पदाधिकारीको आकस्मिक भर्चुअल बैठक बस्दैँ संसदलाई विघटन गर्ने निर्णयको विषयमा छलफल गरिएको थियो ।बैठक लगतै विज्ञप्ति जारी गर्दै बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत वर्तमान संसदलाई विघटन गर्ने निर्णयको गम्भीर रूपमा असहमति रहेको निर्णय गरिएको बताइएको छ । ‘बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरे

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 444 पटक पढिएको
  • नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटन

    काठमाडौं— नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभा विघटन गरेका छन् । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरका अनुसार राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेका छन् । जेनजी अभियानको भदौ २३ र २४ गतेको आन्दोलनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गठबन्धन

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 497 पटक पढिएको
  • आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने

     काठमाडौं— प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने भएको छ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेल प्रतिनिधिसभा विघटनको निर्णयसँगै निर्वाचनको मिति तोकेका हुन्। शुक्रबार राति प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन्।कार्कीले गरेको विघटनको सिफारिस र निर्वाचनको मिति राष्ट्रपति पौडेलले सदर गरेका हुन्। गत सोमबार र मंगलबार युवा पुस्ता जेनजीको आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन्। 

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 555 पटक पढिएको
  • नेपालको प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्की नियुक्त

     काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएकामा यसपाली भने धारा ६१ अनुसार नियुक्त गरिएको हो।(जेन–जी) आन्दोलनका बलमा उनलाई नियुक्त गरिएको हो। संविधानको धारा ६१- १ र २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ।राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 716 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशलगायत बाग

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 334 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा