समाचार

    Showing 3,491-3,500 of 19,100 items.
  • आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ

    जनकपुर— जेनजी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जना आज पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिष कुमार अधिकारी तथा २१ वर्षीय सन्तोष कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउण्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सिसिटिभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।भाडाको घर

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 427 पटक पढिएको
  • आजको मौसम : सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ३१ भदौ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेको महाशाखाले जनाएको छ ।त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनुका स

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 289 पटक पढिएको
  • असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

    काभ्रेपलाञ्चोक  ।  यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवा

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 241 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य यथावत

    काठमाण्डौ ।   भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको हो । आईओसीबाट ३० भदौमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसा बढेर आएको निगमले जनाएको छ ।आसन्न चाडपर्वको अवसर एवं मुलुकको हालको विषम परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य  वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभरि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा मूल्यलाई नै यथावत कायम हुने नेपाल आयल निगमले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 266 पटक पढिएको
  • स्रोत नखुलेको ७ लाख ६६ हजार नगदसहित तीन जना पक्राउ

    बाँके— स्रोत नखुलेको नगद रकमसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बेलुकी कोहलपुर नगरपालिका–२ स्थित सालको बुटा नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।पक्राउ पर्नेमा कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोका २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन्।इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा नगद रु ७ लाख ६६ हजारसहित फेला पारेको थियो। रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरल

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 475 पटक पढिएको
  • गृहमन्त्री अर्याल भन्छन जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको भयो, निष्पक्ष छानबिन गर्नुपर्छ

    काठमाडौं— गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरूलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन् । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानुनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानबिनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाई थियो ।उनले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 489 पटक पढिएको
  • विराटनगरको भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव फेला

    विराटनगर—  विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ। सोमबार दिउँसो सुपरमार्केटको दोस्रो तल्लामा पूर्णरूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जानकारी दिए ।कंकाल कसको हो भन्ने खुल्न नसकेको मोरङका एसपी नारायणप्रसाद चिमोरियाले बताए । हालैको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले विराटनगरको भाटभटेनीमा आगजनी गरेका थिए । प्रहरीको प्रारम्भिक अनुमानअनुसार, सोही आगजनीको बीचमा लुटपाटका लागि भित्र पसेका एक व्यक्तिको जलेर मृत्यु भएको हुन सक्छ । “शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएकोले पहिचान गर्न कठिन भइरहेको छ,” चिमोरियाले भने, “हामी घटनाको थप अनुसन्धान गर

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 462 पटक पढिएको
  • अविरल वर्षासंगै आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

    बागलुङ— भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो । आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो । रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन कालापैरामा ठप्प भएका छन् । बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना तथा यातायातका साधन कानाबगर

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 447 पटक पढिएको
  • डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

    काठमाडौं— नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् । सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आजको यस पदबहालीको पहिलो निर्णय चाँही डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुलको जुन बक्यौता छ, त्यो बक्यौता रकम असुल्ने निर्णय भएको छ ।’प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले यसमा रोक लगाएको थियो । त्यस्तै उनले अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि भेटियो भने क

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 426 पटक पढिएको
  • सिन्धुलीमा जेनजी आन्दोलनः १३ कार्यालय र ६ घरमा तोडफोड तथा आगजनी

    रामेछाप— भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिन्धुलीमा ठूलो तोडफोड र आगजनीका घटना भएका छन् । सो क्रममा १३ वटा सरकारी तथा गैरसरकारी कार्यालयमा क्षति पुग्नुका साथै ६ जना जनप्रतिनिधि र स्थानीय व्यक्तिहरूको घरमा समेत आगजनी, तोडफोड र लुटपाट भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कमलामाई नगरपालिका, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालय, नेपाल बार एसोसिएसन जिल्ला वार इकाई, कमलामाई नगरपालिका वडा नं ४, ५ र ६ का कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन् ।यसैगरी नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्र

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 547 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा