समाचार

    Showing 3,401-3,410 of 26,789 items.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, दुई देशबीच सम्बन्ध सुधारबारे उच्चस्तरीय वार्ता हुने

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सिजिन पिङको निमन्त्रणामा उनले तीन दिने औपचारिक राजकीय भ्रमण सुरु गरेका हुन् ।बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए । साथै चिनियाँ उप–विदेशमन्त्री मा झाओशु र संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत सिए फेङ पनि स्वागत समारोहमा उपस्थित थिए ।ट्रम्पको स्वागतका क्रममा जनमुक्ति सेनाले उनलाई गार्ड अफ अनर प्रदान गरेको थियो । सैन्य ब्यान्डको धुनसँगै चिनियाँ युवा समूहले दुवै देशका झण्डा फहराउँदै अमेरिकी राष्ट्रपतिलाई स्वागत गरेका थिए ।यो भ्रमण पछिल्लो नौ वर

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 516 पटक पढिएको
  • सर्लाहीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

    सर्लाही— सर्लाहीको हरिवन नगरपालिका–११ कडरिया चौकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।गए राति करिब ११:१५ बजेको समयमा गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ९६७० नम्बरको बसले पैदल हिँडिरहेका अन्दाजी ३५ वर्षका पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न नसकेको र मागी खाने व्यक्ति जस्तो देखिने प्रहरीले उल्लेख गरेको छ ।मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाइएको छ । दुर्घटनामा संलग्न बस र चालक उदयपुरको त्रियुगा नगरपालिका–१० बसबारी

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 405 पटक पढिएको
  • सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह

    काठमाडौं— सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका तथा सेवा निवृत्त व्यक्तिहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको छ । आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सम्पत्तिको विवरण संकलन गरी बुझाउन सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरेको हो ।आयोगका अनुसार नेपाल सरकारले पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ देखि आर्थिक वर्ष २०८२/८३ सम्म सार्वजनिक पदमा रहेका वा उक्त अवधिमा कार्यरत रही हाल अवकाश प्राप्त भएका राजनीतिक पदाधिकारी, कर्मचारी तथा उनीहरूका परिवारको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।सूचनाअनुसार प्रधानमन्त्री, उपप्रधानमन्

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 485 पटक पढिएको
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा नगरपालिका-१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय शम्भु गौतम र काठमाडौं महानगरपालिका-२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ३७ वर्षीय सनम गुरुङ रहेका छन् ।पक्राउ मध्ये सागरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५८

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 425 पटक पढिएको
  • ‘एक मुठी बादल’ चलचित्रको प्रिमीयर सार्वजनिक

    काठमाडौं—  ‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको छ । कमलपोखरीस्थित सिटी सेन्टर मलको हलमा बुधबार ‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको हो ।प्रिमीयरमा कालाकार आँचल शर्मा लगायत अन्य कलाकारको पनि उपस्थिति रहेको थियो । अभिनेत्री आँचल शर्माले यो चलचित्र आफ्नो लागि नयाँ अनुभव भएको बताइकी छन् । उनले यस चलचित्रमा जोडिन पाउँदा अन्य नयाँ प्रोजेक्टमा काम गर्ने ढोका खुला भएको समेत बताएकी छन् ।उनले भनिन्, ‘यो चलचित्र मेरो लागि नयाँ अनुभव थियो । साढे १० वर्ष भयो चलचित्र क्षेत्रमा लागेको तर ‘एक मुठी बादल’ चलचित्रसँग जोडिन पाउँदा यसले अरू प्रोजेक्टमा काम गर्नको लागी प

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 473 पटक पढिएको
  • स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

    काठमाडौं— काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ । जसमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गर्नुभएको छ । यो संख्या गत आर्थिक वर्षहरूको तुलनामा बढ्दै गएको छ ।आर्थिक वर्ष २०८०/०८१ मा १ लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिएका गिए । आ.व. २०८१/०८२ मा १ लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको संख्या ५९ हजार ५९ थियो । यस वर्ष करिब २ लाख ४० हजार सेवाग्राहीले सेवा लिने आँकलन गरिएको छ ।बुधबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको बैठक कक्षमा स्वास्थ्य विभागका अधिकारीहरूले स्वास्

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 453 पटक पढिएको
  • सङ्घीय मन्त्रालयको संख्या घटाएर १८ पु¥याउने सरकारको निर्णय (सूचीसहित)

    काठमाडौं— सरकारले सङ्घीय मन्त्रालयहरूको संख्या घटाएर १८ पु¥याउने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो ।सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ,ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय यथावत राखेको छ ।यसैगरी, पूर्वाधार विकास मन्त्रालय, भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका,

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 442 पटक पढिएको
  • वडाध्यक्ष महर्जन भन्छन स्थानीयवासीको क्षमता विकासबाट आयआर्जन गराउन मेला आयोजना गरेका हौँ

    काठमाडौं—  काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ । गएको शुक्रबारबाट सुरु भएको मेला ७ दिनसम्म चल्नेछ । प्रशिक्षणमा १२५ जना स्थानीय बासी सहभागी छन् ।तालिममा वारिस्ता, वेकरी, सेल्फ मेक अप, नेल आर्ट र रेडिमेड साडी तयारी सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । स्थानीय बासीमा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगार मूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विधाहरू छानिएको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए ।‘गएको वर्ष परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमुना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद् व्यवस्थापनमा स्थान

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 443 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं— राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो ।बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 466 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ ।सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री बालेन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले बुधबार सदन अवरुद्ध गरेका थिए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 466 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.