समाचार

    Showing 3,381-3,390 of 26,789 items.
  • इरान–अमेरिका तनावले चर्कियो विश्व तेल संकट : भारतमा इन्धन महँगिँदा नेपालमा कस्तो पर्ला असर ?

    देवेन्द्र किशोर:  पश्चिम एसियामा चर्किएको इरान–अमेरिका तनावले विश्व अर्थतन्त्रलाई पुनः ऊर्जा संकटतर्फ धकेल्ने संकेत देखिएको छ । युद्धको जोखिम बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको छ । यही दबाबका बीच भारतले चार वर्षपछि पेट्रोल र डिजेलको मूल्य बढाएको छ । भारत सरकार तथा भारतीय आयल मार्केटिङ कम्पनीहरूले लामो समयसम्म मूल्य स्थिर राखे पनि अन्तर्राष्ट्रिय बजारको चाप थेग्न नसकेपछि अन्ततः इन्धनको मूल्य समायोजन गर्न बाध्य भएका हुन् ।भारतमा शुक्रबारदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार दिल्लीमा पेट्रोल ९७.७७ रुपैयाँ र डि

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 682 पटक पढिएको
  • नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    काठमाडौँ। थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिन सँग बिहीबार भेटवार्ता गर्नुभएको छ ।त्यस अवसरमा उहाँहरूले नेपाल र थाइल्यान्डबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षालगायत आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको ब्याङ्ककस्थित नेपालको राजदूतवासले जनाएको छ । साथै उहाँहरूले गत वर्ष नेपाल र थाइल्यान्डबीच सम्पन्न आठवटा समझदारीको कार्यान्वयन अवस्थाबारे

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 345 पटक पढिएको
  • अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    काठमाडौँ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ ।सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसङ्घले विशेष ध्यान दिन थालेको भए पनि आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले सन् १९८३ मा ‘विकास प्रक्रियामा परिवारको भूमिका’ सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता तथा

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 306 पटक पढिएको
  • पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ। हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।ल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली तथा पहाडी भागका केही तथा तराईका

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 348 पटक पढिएको
  • अर्थमन्त्रीले सदनमा प्रस्तुत गरेका आगामी आवको बजेटको प्राथमिकताको पूर्ण पाठ

    काठमाडौँ। आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्का दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता प्रस्तुत गर्नुभयो ।सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग गर्ने बजेटको प्राथमिकता रहनेछ । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकता यसप्रकार छ । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोगसहकार्यात्मक सङ्घीय शासन प्रणालीमार्फत सबल राज्य संरचना

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 421 पटक पढिएको
  • अदालतमाथि गम्भीर आक्रमण भइरहेको छ, नागरिक अधिकार कटौती हुनथालेः वरिष्ठ अधिवक्ता त्रिपाठी

    काठमाडौं— वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमाथि गम्भीर आक्रमण भइरहेको बताएका छन् । उनले न्यायलयमाथि प्रहार भएको संकेत गरेका हुन् ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले संविधानको धारा माथि नै ग्रहण लाग्नेगरी अध्यादेश ल्याएको भन्दै संविधानलाई निष्क्रिय बनाइएको आरोप लगाए ।उनले भने,‘यतिबेला सर्वोच्च अदालतमाथि गम्भीर आक्रमण भइरहेको छ । किनकी हामीले के देखिरहेको छौं भने एउटा गैर संवैधानिक, संविधानको धारा माथि नै ग्रहण लाग्नेगरी, संविधानको धारा २८४ संकुचित हुनेगरी यसको आधारभूत उद्देश्य पराजित हुनेगरी अध्यादेश ल्याइयो । नेपालमा संविधान संशोधन गरिँदैन छ । संविधानलाई निष्क्

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 413 पटक पढिएको
  • सरकारको नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभावः सांसद दुलाल

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारको नीति तथा कार्यक्रमले समतामूलक समाज निर्माण र समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट गन्तव्य नसमेटेको भन्दै बिडम्बना व्यक्त गरेका छन् ।बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद दुलालले राजनीतिक र वैचारिक दिशानिर्देश स्पष्ट नभए नीति तथा कार्यक्रम अन्योलमा पर्ने टिप्पणी गरे ।उनले भने, ‘बिडम्बना भन्नुपर्छ, सरकारको नीति कार्यक्रमले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्ने कुरा देखिएन। राजनीतिक वैचारिक गन्तव्य स्पष्ट छैन भने नीति कार्यक्रम अन्योलमा पर्छ । सरकारले आफ्नो राजनीतिक–आर्थिक

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 491 पटक पढिएको
  • एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

    काठमाडौं— नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख छाता संगठनहरूले गम्भीर आपत्ति जनाएका छन् ।नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो ।विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरू प्रचलित ऐन र नेपाल राष्ट्र बैंकको निर्देश

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 550 पटक पढिएको
  • एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

    काठमाडौं— नेपालमा पहिलो पटक एकै नेपाली अनलाइन प्लेटफर्ममार्फत १८० भन्दा बढी देशको भिसा आवेदन दिन सकिने ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा आएको छ । भेन्चर्स होलिडेज प्राविद्वारा प्रवद्र्धित उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार प्रयोगकर्ताले एउटै लगइनमार्फत भिसासम्बन्धी जानकारी लिन र आवेदन दिन सक्नेछन् भने रियल–टाइम अपडेट र डकुमेन्ट प्रि–चेकिङ सुविधा समेत उपलब्ध हुनेछ ।त्यस्तै यस प्रणालीमार्फत ईसेवा, कनेक्ट आईपीएस तथा डेबिट क्रेडिट कार्ड प्रयोग गरी नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने भएकाले डलर कार्डको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ ।पर्यटन क

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 510 पटक पढिएको
  • मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर

    काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मारवाडी समुदायमाथि अन्याय भइरहेको भन्दै स्वदेशी पूँजीलाई नै निरुत्साहित गरिएको बताएका छन् ।बिहीबार बसेको राष्ट्रियसभा समितिको बैठकमा बोल्दै उनले व्यवसायीमाथि बारम्बार कारबाही र पक्राउको वातावरण बनाइँदा स्वदेशी लगानीकर्ता डराएको टिप्पणी गरे । उनले भने, ‘मारवाडी समाज नामैले बदनाम भएको जस्तो बनाइएको छ । कहिले सम्पत्ति शुद्धीकरणको नाममा समात्ने, दुई दिनपछि छोड्ने, फेरि समात्ने भइरहेको छ । घर जलाउने, लुटपाट गर्ने जस्ता घटना पनि भए ।’उनले अर्थमन्त्रीले स्वदेशी, विदेशी र प्रवासी पूँजी भित्र्याउने कुरा गरिरहे प

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 482 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.