समाचार

    Showing 3,321-3,330 of 26,789 items.
  • प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं— प्रतिनिधि सभा बैठक आज सोमबार बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदबारमा बस्ने भएको हो ।आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।यस्तै, बैठकमा आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुनेछ ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 423 पटक पढिएको
  • एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ ।बैठक दिउँसो १ बजे गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बस्ने कार्यालय सचिव डा। भीष्म अधिकारले जानकारी दिए ।जेठ २ गते बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकोले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ ।हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुम

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 424 पटक पढिएको
  • कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान

    काठमाडौं— कान्स फिल्म फेस्टिभलको ७९औँ शृङ्खलामा भाग लिन काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा भाग लिन गएको हो । फेस्टिभलका विभिन्न सत्रका कार्यक्रममा भाग लिएर उनी ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले कार्यवाहक प्रमुख डंगोललाई पठाउनुभएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 504 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा नयाँ सदस्य मनोनयन

    काठमाडौं— गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रसले केन्द्रीय लेखा समितिमा तीन जनालाई सदस्य पदमा मनोनयन गरेको छ ।पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा ३८ उपधारा (१०) बमोजिम भरत कुमार साहको संयोजकत्वमा गठित समितिमा निम्न व्यक्तिहरूलाई सदस्य नियुक्त गरिएको छ ।धनुषाका दिलिप ढुंगाना, भक्तपुर रमेश नेपाल र गुल्मीका पदम भट्टराईलाई केन्द्रीय लेखा समितिको सदस्यमा मनोनयन गरेको हो ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 441 पटक पढिएको
  • गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    गुल्मी। कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभएको छ ।ल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 435 पटक पढिएको
  • सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

    खोटाङ। सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो ।  पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात् लागेपछि पुनः खोलेर राख्नेगरी अस्थायी बेलिब्रिजको विकल्प अगाडि सारिएको हो ।  मौसम परिवर्तनसँगै निरन्तरको वर

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 223 पटक पढिएको
  • मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।  कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 283 पटक पढिएको
  • बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

    म्याग्दी। यहाँको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् ।हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गर्नुभएको हो । सडकबत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज, सुरक्षित महसुस र चितुवालगायत वन्यजन्तुको आवतजावत घटेको कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।“नवदम्पतीलाई टोल सुधार समिति र स्थानीय बिहानी आमा समूहले सडकबत्तीको आवश्यकता दर्शाएका थियौँ”, उहाँले भन्नुभयो, “हाम्रो प्रस्ताव स्वीकार गरी प्रकाश र राधिकाले १

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 228 पटक पढिएको
  • कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    मुस्ताङ। यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरलानाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ ।कोरलानाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो । कोरलानाकामा त्रिपाल टाँगेर व्यापार गरी बस्ने व्यवसायी र अवलोकनका लागि जाने पर्यटकको सहजताका लागि सञ्चारको पहुँच स्थापित गरिएको थियो ।कोरलानाकामा सञ्चारको पहुँच स्थापना गरिएको भए पनि

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 368 पटक पढिएको
  • सहकारीको छायाँमा जनताको घरबार : बिर्तामोड घटनाले उजागर गरेको डरलाग्दो यथार्थ

    देवेन्द्र किशोर:  झापाको बिर्तामोडमा शर्मिला राजवंशी परिवारमाथि आएको संकट केवल एउटा घरजग्गा फुकुवा नहुँदाको प्रशासनिक ढिलासुस्ती होइन, यो देशभर फैलिँदै गएको सहकारी विकृति, राजनीतिक संरक्षण, आर्थिक अपारदर्शिता र सर्वसाधारणमाथि संस्थागत रूपमा भइरहेको अन्यायको प्रतिनिधिमूलक चित्र हो। पाँच लाख रुपैयाँ ऋणका लागि धितो राखिएको घरजग्गा सहकारी संस्थाले पुनः राष्ट्रिय सहकारी बैंकमा २० लाख रुपैयाँ ऋणका लागि प्रयोग गरेको तथ्य सार्वजनिक भएपछि यो घटना एउटा परिवारको निजी पीडाबाट उठेर राष्ट्रिय बहसको विषय बनेको छ।सहकारीको मूल अवधारणा “एकका लागि सबै, सबैका लागि एक” भन्ने सामाजिक–आर्थिक दर्शनमा आधारित थियो

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 338 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.