समाचार

    Showing 3,321-3,330 of 19,097 items.
  • चाडपर्वलाई मध्यनजर गर्दे गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष स्थापना

    कञ्चनपुर— कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार नेपाल–भारत सीमा गड्डाचौकी स्थित ७ नम्बर पिल्लर नजिक नागरिक सहायता कक्ष स्थापना गरिएको जनाएको हो । भारतबाट स्वदेश फर्कने सर्वसाधारणको सुरक्षा तथा सुविधाका लागि नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक खडक बहादुर खत्रीले बताए। गत बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाका तथा महेन्द्रनगर बस पार्कमा सुरक्षाकर्मीहरूले संयुक्तरुपमा यात्रु सहायता

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 488 पटक पढिएको
  • जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् ।नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिए । “अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन,” मन्त्री घिसिङले भने ।उनले विदेशमा उत्कृष्ट काम गर्ने

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 487 पटक पढिएको
  • सात दिनपछि पुनः खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

    बागलुङ— गत भदौ २९ गते बिहानदेखि बन्द भएको बागलुङ–सिगाना–बरेङ शान्तिपुर सडक सात दिनपछि पुनः सञ्चालनमा आएको छ।बागलुङ नगरपालिका–८ सिगानामा माथिबाट ठूलो पहिरो खसेर सडक र एउटा गोठ पुरिएपछि सडक बन्द भएको थियो। पहिरोका कारण एक परिवार विस्थापित भएको छ। चट्टानसहितको भारी पहिरो हटाउन समय लागेको थियो।आजदेखि सडक सञ्चालनमा आएपछि यात्रुहरू आफ्ना गन्तव्यमा जान थालेका छन्।यो सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत बागलुङ बजारदेखि सिगानासम्मको १० किलोमिटर कालोपत्र गरिएको थियो। सडक डिभिजन कार्यालय बागलुङले कर्ण वर्ल्डसलाई ठेक्का दिइएको थियो।बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने, “कार्यालय र नि

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 420 पटक पढिएको
  • कोरला नाकाबाट धमाधम भित्रिँदै विद्युतीय गाडी, ६ दिनमै ३४ करोड राजस्व संकलन

    काठमाडौं— सरकारले मुस्ताङ भन्सार कार्यालय सञ्चालनमा ल्याएको ६ दिनमै सो नाकाबाट २ सय ९ विद्युतीय सवारी साधन र १ सय ७ मालवाहक सवारी साधन भित्रिएका छन्। यस अवधिमा करिब साढे ३४ करोड रुपैयाँ राजस्व पनि संकलन गरिएको छ।०८२ असार २४ गते रसुवा जिल्लामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द भयो। त्यसपछि तातोपानी भन्सारतर्फको कोदारी राजमार्गमा आएको पहिरोले यातायात अवरुद्ध भएपछि सरकारले मुस्ताङ नाका पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो।चीन र नेपालबीचको वैदेशिक व्यापार सहज बनाउन भदौ ३० गतेदेखि मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) पूर्ण रूपमा कामकाजमा आएको हो।अर्थ मन्त्रालयका प्रवक्ता

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 485 पटक पढिएको
  • वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा

    सुर्खेत— वीरेन्द्रनगर नगरपालिकाले १२ दिन पछि सेवा प्रवाह सुरु गरेको छ । जेन–जी आन्दोलनकारीले भदौ २४ गते वीरेन्द्रनगर नगरपालिकासहित १२ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भए पछि नगरपालिकासहित वडा कार्यालयको सेवा ठप्प भएको थियो । सेवा प्रभावित भएको १२ दिन पछि आइतबारदेखि नगरपालिका कार्यालयबाटै सबै वडाको सेवा प्रवाह थालिएको नगर प्रमूख मोहनमाया ढकालले बताईन् । आगजनी र तोडफोड गरिएका वडा कार्यालयको पुर्ननिर्माण, मर्मत र पूर्वाधारहरुको तयारीका लागि समय लाग्ने भएकाले नगरबासीको सेवामा अवरोध हुन नदिन नगरपालिकाबाटै सेवा प्रवाह गर्न थालिएको नगरप्रमूख ढकाललेको भनाई छ । ‘वडा कार्यालयहरु बनाउन समय लाग

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 486 पटक पढिएको
  • बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते

    काठमाडौं— काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।आइतबार बिहान काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनले भने,‘३४ जना घाइते भएका छन् । काठमाडौंको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ । अहिले सम्म कसैको मृत्यु भएको छैन् । ’उनको अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 443 पटक पढिएको
  • बैंकिङ प्रणालीमा अधिक तरलता, ७ दिनका लागि ७० अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज असोज ५ गते फेरि बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलक

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 422 पटक पढिएको
  • मानव अधिकार समाजद्वारा ओली र लेखकलगायतमाथि कानुनी कारबाहीको माग

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिबापत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाही गर्न माग गरेको छ।४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आइतबार समाजले जारी गरेको विज्ञप्तिमा आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबारे छानबिन गरी जिम्मेवारहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको हो।सभापति रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचार, कुशासन र दण्डहीनता शान्ति र स्थायित्वका मुख्य बाधक भएको उल्लेख गर्दै सुधारका लागि ठोस कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरिएको छ।समाजले पूर्वविशिष्ट

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 449 पटक पढिएको
  • दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो

    रामेछाप— पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ । भोलि घर घरमा घटस्थापना गरी जमरा राखिँदै छ । रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवीमा भने घटस्थापनाको अघिल्लो दिन जमारे औँसी अर्थात् आजै जमरा राखिएको छ । सर्वसाधारणले लगाउने जमरा घटस्थापनाको दिन राखिने भएपनि देवीले लगाउने जमरा त्यसो अघिल्लो दिन नै राख्ने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार आज खाँडादेवीमा जमरा राखिएको छ । खाँडादेवी विकास कोषको आयोजनामा खाँडादेवी मन्दिरमा जमरा राखिएको हो । जमरा राख्ने कार्यक्रममा विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ लगायत कोषका पदाधिकारीहरू, पुजारीहरू तथा मन्दिरका गुठियारहरूक

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 502 पटक पढिएको
  • कर्णालीका कृषि उत्पादन युरोप निर्यात

    सुर्खेत— कर्णालीका कृषि उत्पादनहरु युरोप निर्यात हुन थालेपछि किसानहरु खुशी भएका छन् ।आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन अदुवा र बेसारको धुलोलगायत कृषि उत्पादनहरु युरोपमा निर्यात गरिएको छ । कर्णाली सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत खड्काकाअनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मन निर्यात गरिएको छ । कर्णालीका सल्यान, रूकुम पश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अर्गानिक भ्याली’ले संकलन गरी जर्मनीलगायत देशमा निर्यात गर्दै आएको खड्काले ब

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 452 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा