समाचार

    Showing 3,281-3,290 of 19,097 items.
  • काठमाडौंबाट पेस्तोल, गोलीसहित एक युवक पक्राउ

    काठमाडौं— राजधानीको खरिबोटस्थित कार वास सेन्टरको पार्किङबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति उदयपुरगढी गाउँपालिका–८, उदयपुर घर भई तारकेश्वर नगरपालिका–५, लोलाङमा बस्दै आएका ३० वर्षीय हिरा बहादुर मगर छन् । हिरा बहादुरले पार्किङ गरेका बा.प्र.०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा हातहतियार लुकाइएको सूचना पाएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट टोली खटिएको प्रहरीको भनाइ छ।ट्याक्सीको डिक्की चेक गर्दा प्रहरीले ७ थान पेस्तोल, ६ थान म्यागजिन, ३३ राउण्ड एसएलआरमा प्रयोग हुने गोली, र ह्याण्डसेटको ब्याट्री फेला पारेको छ।पक्राउ परेका उनीमाथि

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 444 पटक पढिएको
  • सिरहाका ६ पालिकाको खाता अझै बन्द, कर्मचारी तलबदेखि विकास निर्माण प्रभावित

    सिरहा— चालु आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि सिरहाका छ वटा पालिकाले अझै आफ्नो बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्। यसले कर्मचारी तलब, भत्ता, र विकास निर्माणजस्ता महत्वपूर्ण काममा असर पुर्‍याएको छ।जिल्लाका १७ मध्ये ११ वटा पालिकाले मात्रै हालसम्म खाता सञ्चालनमा ल्याएका कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका सूचना अधिकारी दीपेशकुमार शर्माले बताए। बाँकी ६ पालिकाले भने कानुनी प्रक्रिया पूरा गर्न नसकेकाले खाता खोल्न सकेका छैनन्।खाता बन्द रहेका पालिकाहरूमाः धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका, रबरियारपट्टी गाउँपालिका रहेका छन् ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 451 पटक पढिएको
  • चीनले प्रयोगमा ल्यायो स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली

    एजेन्सी— चीनले स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली प्रयोगमा ल्याएको छ । चाइना अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले देशको पहिलो पिरामिड आकारको मूल्याङ्कन ढाँचा सुरु गरेको हो ।जुन बहुस्तरीय बेन्चमार्क हो, जुन वैज्ञानिक र कडाईका साथ स्वायत्त रुपमा ड्राइभिङ क्षमताहरूको ग्रेडिङ गर्न डिजाइन गरिएको हो । यो नयाँ प्रणालीले सवारी साधनको प्राविधिक र कार्यसम्पादन थ्रेसहोल्ड मापन गर्दछ र तीन तहमा संरचित छ । प्रत्येक तहले उत्पादन स्थिति, अनुसन्धान र विकास लगानीको तीव्रतासँग मेल खान्छ ।सुरक्षा परीक्षणमा दुई प्राविधिक रोडम्यापहरू मार्फत आगामी पाँच वर्षको लागि अनुसन्धान र विकास प्राथमिकताहरू एवम

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 421 पटक पढिएको
  • सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन

    काठमाडौं— सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो ।सर्वसाधारणका लागि निष्कासन गरिएका ११ लाख ९० हजार कित्तामध्ये १ लाख १९ हजार ६४ जनाले मात्र न्यूनतम १० कित्ता पाउनेछन भने करिब २२ लाख ३३ हजार आवेदकको हात खाली हुनेछ । आईपीओ बाँडफाँट गोला प्रथामार्फत हुनेछ ।कम्पनीले जारी पूँजीको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता शेयर निष्कासन गरेको हो । यसमध्ये १०% वैदेशिक रोजगारीमा रहेका नेपाल

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 452 पटक पढिएको
  • नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं— नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज(सोमबार) आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन् । आइतबार सिफारिस भएकी डा. संगीता मिश्राको नाम भने अन्तिम चरणमा हटाइएको थियो । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए ।अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय ,मह

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 485 पटक पढिएको
  • मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङज्यूले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन् । अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरेका हुन् । छलफलमा मन्त्रीले चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन निर्देशन दिए ।साथै, आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषयहरू भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 436 पटक पढिएको
  • तीन सवारी एक आपसमा ठोक्किँदा ३१ जना घाइते

    हेटौंडा— मकवानपुरको हेटौंडा–१९ दारिमटारमा ट्याङ्कर, ट्रक र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्। दुर्घटना पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान भएको हो। पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रु लिएर आएको बस एकआपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।दुर्घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ र घटनाको विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानक

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 374 पटक पढिएको
  • जेनजी आन्दोलनपछिको अवस्था गम्भीरः मानव अधिकार आयोगको संयमता र सहकार्यका लागि अपिल

    काठमाडौं— हालैको जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति र राज्यका संरचनामा भएको क्षतिले लोकतान्त्रिक अभ्यास, मानव अधिकारको प्रत्याभूति, कानूनको शासन र शान्तिसुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सबै सरोकारवालालाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी अपिलमा आयोगले यस संवेदनशील अवस्थामा संयम, सहकार्य र एकीकृत प्रयासद्वारा स्थिति सामान्य बनाउन जोड दिएको छ।'सुरक्षा निकाय, अदालत, कारागार, बाल सुधार गृह, जिल्ला प्रशासन कार्यालयलगायतका प्रशासनिक निकायहरूमा पुगेको क्षति तत्काल पुनःसंरचना र मर्मतसम्भार आवश्यक छ,

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 406 पटक पढिएको
  • चिठीपत्र नआएपछि दाङमा पाँच हुलाक कार्यालय बन्द, २५ वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा

    दाङ— सेवाग्राहीको चाप नहुँदा दाङ जिल्लाका पाँचवटा अतिरिक्त हुलाक कार्यालय बन्द गरिएको छ। उक्त कार्यालयहरू बन्द गर्ने निर्णय सेवा उपयोगमा आएको गिरावटका कारण गरिएको हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतले जानकारी दिए ।बन्द गरिएका हुलाक कार्यालयहरूमा तुलसीपुर–१३ फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ हलवार, बबई गाउँपालिकाको पुरन्धारा, र दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरी रहेका छन्।'अहिले अतिरिक्त हुलाक कार्यालयको काम शून्यप्रायः बनेको छ,' अधिकृत बस्नेतले बताए, 'केही बैंकका चिठीबाहेक अन्य कुनै पत्र–पत्रिका आउन छाडेका छन्।'उनका अनुसार पछिल्लो समय सेवाग्राहीको संख्या नघटेर ‘शून्यजस्तै

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 402 पटक पढिएको
  • पाँच दिनमा राजधानीबाट करिब १ लाख ९० हजार यात्रु बाहिरिए, अझै बाहिरिने क्रम जारी

    काठमाडौं— चाडपर्वको अवसरमा दशैँ मनाउन राजधानी काठमाडौंबाट पछिल्लो पाँच दिनमा झण्डै १ लाख ९० हजार यात्रु बाहिरिएका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीमार्फत १ लाख ८९ हजार २१८ यात्रु उपत्यका बाहिर गएका हुन्।कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले राजधानीमा अध्ययन, रोजगारी, वा व्यापार व्यवसायका लागि आएका नागरिक चाडपर्व मनाउन घर फर्किन थालेको जानकारी दिए। उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रुहरू विभिन्न गन्तव्यतर्फ गएका छन्।यसैबीच, बर्खे पहिरो र सडकको खराब अवस्थाले यात्रुहरूको यात्रामा अस

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 430 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा