लहान— सिरहाको लहान बजार क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदायका सुकुम्बासीहरू आइतबार आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय बालेन नेतृत्वको सरकारले विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने तयारी गरिरहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीहरूले आफूहरूलाई हाल बसोबास गर्दै आएको स्थानमै लालपुर्जा उपलब्ध गराउनुपर्ने, अन्यथा वैकल्पिक सुरक्षित व्यवस्थापन गरेर मात्रै हटाउनुपर्ने माग गरेका छन् । उनीहरूले “व्यवस्था बिना हटाउने निर्णय अन्यायपूर्ण हुने” बताएका छन् ।प्रदर्शनमा सहभागी महिलाहरूले सरकारको कदमले आफूहरू डर र त्रासमा बाँच्न बाध्य भएको गुनासो गरेका छन् । एक महिलाले भनिन्,
रौतहट— ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो। उनी पक्राउ परेको पुष्टि भए पनि प्रहरीले हालसम्म कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन ।महाअभियानको कार्यक्रमका लागि प्रसाईँ सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगन्ज आइपुगेका थिए। जिल्ला प्रशासन कार्यालय पर्साले उनलाई वीरगन्जमा
रौतहट— रौतहट जिल्लाको स्वास्थ्य क्षेत्रमा एउटा ठुलो र ऐतिहासिक सफलता मिलेको छ ।जिल्लाकै अग्रणी स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रा.ली. मा पहिलो पटक नवजात शिशुको फोक्सोको विकास नभएको जटिल अवस्थामा गरिने विशेष उपचार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । समय अगावै (प्रि-म्योचर) जन्मिएका वा जन्मनासाथ फोक्सोको पर्याप्त विकास नभएर गम्भीर अवस्थामा पुगेका नवजात शिशुका लागि आवश्यक पर्ने अत्यन्तै संवेदनशील र जटिल ‘सर्फेक्टेन्ट एडमिनिस्ट्रेशन प्रोसिजर’ चन्द्रपुर अस्पतालमा पहिलो पटक सफलतापूर्वक गरिएको हो ।अस्पतालका प्रख्यात तथा अनुभवी बालरोग विशेषज्ञ डा। श्याम बाबु साह को प्रत्यक्ष नेतृत्वमा यो उपचार
चितवन। यहाँका वजारमा याक चिज उपलब्ध हुन थालेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्ना डेरीमार्टहरुमा यसको उपलव्धता गराएको हो ।सङ्घका अध्यक्ष किशोर बगालेले सङ्घले आइतबारदेखि याक चिज जिल्लामा उपलब्ध गराउन थालेको जानकारी दिनुभयो । दुग्ध विकास संस्थान (डिडिसी)ले उत्पादन र बिक्री वितरण गर्दै आएको सो चिज जिल्लामा ल्याइएको हो ।संस्थानले उत्पादन गरेका अन्य वस्तुहरुसमेत मार्टबाट बिक्री गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “याकको चिज अहिले परीक्षणस्वरुप बिक्रीका लागि ल्याएका छौँ । ग्राहकको मागअनुसार यसको आयात बढाइने छ ।” स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि याकको चिजलाई
भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमा नै मृत्यु भएको थियो । सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान ६ः०० बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जङ्गलबाट ल्याइएको च्
झापा। चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उहाँहरुले नेपाल भारत खुला सीमाका कारण यहाँका व्यापारिक ‘सुपर मार्केट’ तथा खाद्यन्न पसलमा आयोडिनविहीन भारतीय नुन खुलमखुला बिक्री वितरण भइराखेकामा चिन्ता व्यक्त गर्दै आम उपभोक्ताको स्वास्थ्यमा असर पु¥याउन यस्ता नुनलाई बजार अनुगमन गरेर जफतसमेत गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् । अर्काेतर्फ सरकारले नुन बिक्री वितरणमा निजी क्षेत्रलाई प्र
म्याग्दी। सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधिबाट हाब्रेको अवस्था पहिचान गर्न थालिएको हो । बोयोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको आवतजावत हुने सम्भावित र दिसा भेटिएका ठाउँमा १२ वटा स्वचालित क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । “क्यामेरामा
जुम्ला। जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ ।प्रशासनको आयोजनामा सोमबार भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रुपमा नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको बताउनुभयो । जिल्लामा हुने विपद्को बैठकमा पटकपटक अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिए पनि सुनुवाइ नभएको उल्लेख गर्दै उहाँले विनादर्ता र अनुमतिविना सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने बताउनुभयो ।नदीजन्य तथा
देवेन्द्र किशोर: नेपालको कम्युनिष्ट आन्दोलन आज एउटा जटिल मोडमा उभिएको छ । दशकौँसम्म परिवर्तन, समानता, वर्गसंघर्ष र जनअधिकारको राजनीति गर्दै आएको नेपाली वाम आन्दोलन अहिले आफ्नै नेतृत्व, चरित्र र कार्यशैलीका कारण गम्भीर संकटमा फसेको देखिन्छ । पछिल्लो प्रतिनिधि सभा निर्वाचनपछि विशेषगरी ठूला वाम दलहरूबीच पुनः एकताको चर्चा चुलिनु केवल राजनीतिक रणनीति मात्र होइन, कमजोर जनाधार र घट्दो विश्वासको प्रत्यक्ष संकेत पनि हो ।निर्वाचनमा नराम्ररी पराजित भएपछि नेकपा एमाले र नेकपाबीच एकताको बहस पुन: सुरु भएको छ । तर यो बहस सैद्धान्तिक भन्दा बढी अस्तित्व जोगाउने राजनीतिक समीकरणजस्तो देखिन्छ । हिजो दुईतिहाइ
देवेन्द्र किशोर: झापाको बिर्तामोडमा शर्मिला राजवंशी परिवारमाथि आएको संकट केवल एउटा घरजग्गा फुकुवा नहुँदाको प्रशासनिक ढिलासुस्ती होइन, यो देशभर फैलिँदै गएको सहकारी विकृति, राजनीतिक संरक्षण, आर्थिक अपारदर्शिता र सर्वसाधारणमाथि संस्थागत रूपमा भइरहेको अन्यायको प्रतिनिधिमूलक चित्र हो। पाँच लाख रुपैयाँ ऋणका लागि धितो राखिएको घरजग्गा सहकारी संस्थाले पुनः राष्ट्रिय सहकारी बैंकमा २० लाख रुपैयाँ ऋणका लागि प्रयोग गरेको तथ्य सार्वजनिक भएपछि यो घटना एउटा परिवारको निजी पीडाबाट उठेर राष्ट्रिय बहसको विषय बनेको छ।सहकारीको मूल अवधारणा “एकका लागि सबै, सबैका लागि एक” भन्ने सामाजिक–आर्थिक दर्शनमा आधारित थियो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.