समाचार

    Showing 3,251-3,260 of 19,097 items.
  • चीनमा विवाहको सिजन : सुन पसलहरु ग्राहकले भरिए

    एजेन्सी । विवाहको सिजन नजिकिँदै गर्दा चीनमा सुनका गहनाको बिक्री बढेको छ ।अक्टोबरमा चीनको विवाहको मौसम मानिन्छ र विवाहको लागि अत्यावश्यक सुनका गहनाको देशभर माग उच्च छ ।शेन्जेन शहरको गहना केन्द्रमा, नयाँ विवाहित जोडीहरू एवम विवाहको तयारीमा रहेका जोडीहरु पसलहरूमा भरिभराउ देखिन्छन् । जसका लागि सुनको व्यापार बढाएको छ ।एक उपभोक्ता भन्छन्,‘हाम्रो विवाहमा सुनका लागि मात्र भनेर १४ हजार अमेरिकी डलरको बजेट छ । मूल्य अझ बढ्नु अघि नै सुन किन्न आएका हौं ।’सुनको मूल्यमा भएको वृद्धिबाट चाँडै विवाह गर्ने जोडीहरू विचलित छैनन् । जसका कारण बजारका खुद्रा विक्रेताहरूले बिक्री राम्रो  भइरहेको छ ।शेन्जेन शुइबेई

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 193 पटक पढिएको
  • निर्वाचन तयारीका लागि आयोगसँग प्रधानमन्त्री र गृहमन्त्रीको छलफल

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीहरूसँग मंगलबार छलफल गरेका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा निर्वाचन सामग्री, बजेट तथा मतदाता नामावली संकलनसँग सम्बन्धित विषयमा केन्द्रित भएर कुराकानी भएको आयोग स्रोतले जनाएको छ।छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, अन्य आयुक्तहरू, सचिव र उच्च कर्मचारीहरू सहभागी थिए। प्रधानमन्त्री र गृहमन्त्रीले आयोगसँग समन्वय गर्दै नयाँ मतदाता नामावली संकलनका लागि आवश्यक अध्यादेशको मस्यौदाबारे पनि परामर्श गरेका

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 466 पटक पढिएको
  • जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाँईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् । उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरु जेनजीका बच्चाहरुले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैंले एउटा पोष्ट गरें । यो भष्ट्रचार विरुद्धको आन्दोलन, तस्कर लखेट्ने आन्दोलन भएको कारण म आफैं सरिक हुन्छु भनेर पवित्र मनले स्टाटस लेखें । त्यसको दुई घण्टापछि महानगरका प्रमुख बालेनजीको स्टाटस आयो । कस्तो आयो भने आन्दोलन २८ वर्ष मुनिको हो २८ वर्ष माथिका जानै हुँदैन ।उनले थप अगाडि भने, ‘कुनै राज

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 211 पटक पढिएको
  • दशैंअघि नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालन कति संभव ?

    काठमाडौँ। केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले चाडपर्वलाई लक्षित गर्दै २४ सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनस्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए । यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 235 पटक पढिएको
  • रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

    काठमाडौं । अर्थमन्त्री समेत रहेका रामेश्वर खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि समालेका छन् । मंगलबार सिंहदरबारस्थित सङ्घीय मामिला मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहरणपछि उनले कर्मचारीतन्त्रको आत्मसम्मान भनेको नेपाल सरकारको संयन्त्रले साच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउन सक्नु रहेको बताए । ‘कर्मचारीतन्त्रको आत्मासम्मान भनेको नेपाल सरकारको संयन्त्रले साँच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउने नै हो ।’त्यस्तै उनले आफूहरुको उद्देश्य भनेको देशमा भ्रष्टाचार उन्मुलन गर्ने रहेको बताउँदे सोही अनुरुप काम गर्ने प्रतिबद्ध

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 191 पटक पढिएको
  • जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेका छन् ।उपमहानगरपालिकाका उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरुले मंगलबार ९आज० पेन डाउन गरेका छन् ।सोमबार ९हिजो० घटस्थापनाको दिन प्रत्येक वर्ष झैं उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो ।सो यात्राबाट फर्केर आएका महिला कर्मचारीसहित उपमहानगरपालिकका अन्य कर्मचारीहरु पालिका प्राङ्गनमा निर्माण गरिएको टेन्टमुनि आराम गरिरहेको बेला उपमेयर साहले आएर आफूलाई सम्मान नगरेको, आफ्नो आदेश नमान्ने गरेको भन्दै जथाभावी गालीगलोज गर्न थालेको भण्डारण महाशाखा प्रमुख गणेश यादवले जानकारी दिए ।कर्मचारीहरूले विरोध जनाउ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 143 पटक पढिएको
  • सुरुङ्गामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    झापा— सुरुङ्गा नगरपालिका–२, हर्दियास्थित एक पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर ज्यान गएको छ।मृत्यु हुनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतका अनुसार बालिकाहरू नुहाउने क्रममा पोखरीमा डुबेका थिए। घटना थाहा पाउनेबित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि स्थानीयवासीको सहयोगमा शव पोखरीबाट निकालिएको हो।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 407 पटक पढिएको
  • नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् ।मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हनु् । उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए । गत भाद्र र २४ गते भएको जेनजी आन्दोलनपछि उनले  प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन् । 

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 498 पटक पढिएको
  • भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छः ज्ञवाली

    काठमाडौं— लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुननिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् । भुकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिंदा सफल भएको बताए । उनले भुकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अबपनि आत्मबल बढाएर अघि बढ्नुपर्ने बताए । ‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको अर्थतन्त्र नकरात्मक अवस्थामा रहेको थियो । नेपालको अर्थतन्त्रका सूचक राम्रो अवस्थाम

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 458 पटक पढिएको
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाद्वारा पदभार ग्रहण

    काठमाडौं— नवनिर्वाचित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भू–उपयोगमा तेस्रो संशोधनको लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । उनले भने,‘हाम्रो कृषिप्रधान देशमा भूमिसुधारका कार्यक्रमहरु पनि लागू भए तर धेरै सस्याहरु विभादित रुपमा रहेका छन् । भू–उपयोगमा तेस्रो संशोधनको निमित्त भनेर प्रकृया अगाडि बढाएको हो । कित्ता काटहरु अहिले रोकिएका छन् ,त्यसले गर्दा कतिपय ट्रान्समिसनलाइनहरु जस्ता विकाससँग सम्बन्धित कुराहरु पनि छन् । ती विकासका कुरालाई सहजिकरणको निमित्त पनि यो न

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 389 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा