काठमाडौँ । बुधबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा अत्यधिक गर्मी हुने भएको छ। मौसम पूर्वानुमान अनुसार आज दिउँसो यी क्षेत्रमा तापक्रम निकै बढ्ने सम्भावना छ। पश्चिमी तराईका अधिकांश सहरमा दिउँसो कडा घाम लाग्ने र ‘तातो दिन’ महसुस हुनेछ।आज सबैभन्दा बढी गर्मी धनगढीमा हुने पूर्वानुमान छ। त्यहाँको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। यसैगरी नेपालगञ्जको तापक्रम ३८ देखि ४० डिग्री, दिपायलको ३७ देखि ३९ डिग्री तथा भैरहवा र वीरेन्द्रनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्नेछ। यी सहरहरूमा वर्षाको कुनै सम्भावना नरहेकाले दिउँसोको समयमा अत्यधिक गर्मी
कञ्जगाउँ लालझाडी। विसं २०७९ असार २५ को साँझ । सिमसिम पानी त परिरहेकै थियो । थप ठूलो पानी पार्ने सङ्केत आकाशमा थिएन । गाउँ नजिकको दोदा नदीमा बेग उर्लिएको थिएन । आकाश र नदी हेरेर केही ढुक्क भएर कञ्ज गाउँवासी सुत्ने तरखरमा थिए, निदाउन भने भ्याएका रहेनछन् ।वर्षाका समय । एक्कासी गाउँको माथिल्लो भेगमा घोप्टे वर्षा भएपछि तटीय भेगमा दोदा नदी उर्लेर आयो । एकाएक भेल गाउँमै पस्नै लाग्यो । सर्वत्र अन्धकार । लालझाडी–२ का वडाध्यक्ष आशाराम रानाले तत्क्षणलाई सम्झँदै भन्नुभयो, “मध्यरातमा हाहाकार मच्चियो । हेर्दाहेर्दै नदीको भेल गाउँमै पस्न लाग्यो । गाउँलेले आशा मार्न थाले । बालबच्चा बोकेर जाने ठाउँ पनि भएन ।”&
देवेन्द्र किशोर: नेपालको न्यायिक इतिहासमा फेरि एकपटक प्रधानन्यायाधीश नियुक्तिको विषय राष्ट्रिय बहसको केन्द्रमा आएको छ। संसदीय सुनुवाइबाट अनुमोदित भएपछि मनोज कुमार शर्माले राष्ट्रपतिबाट प्रधानन्यायाधीश पदको शपथ ग्रहण गरेसँगै न्यायालयभित्र मात्र होइन, राजनीतिक वृत्त र कानुनी समुदायमा समेत गम्भीर चर्चा सुरु भएको छ। कारण स्पष्ट छ—सर्वोच्च अदालतको वरिष्ठता सूचीमा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको निर्णयले परम्परागत अभ्यासलाई चुनौती दिएको छ।नेपालमा लामो समयदेखि संवैधानिक निकायहरूमा नियुक्ति गर्दा राजनीतिक भागबण्डा, शक्ति सन्तुलन र दलगत प्रभावलाई प्राथमिकता दिने प्रवृत्ति म
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका के
काठमाडौँ। मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा विशेष प्राथमिकताका साथ स्थान दिएको छ । नीति तथा कार्यक्रममा समेत प्राथमिकता पाएपछि आगामी आवको बजेटमा समेत त्यसलाई थप महत्वपूर्ण स्थान पाउने विश्वास गरिएको छ । सरकार र निजी क्षेत्रको सहकार्यले यस क्षेत्रले प्रगति गरिरहेको अवस्थालाई ख्याल गर्दै बजेटमा एउटा नयाँ ‘डिपार्चर’ हुने सरोकारवालाहरुको कथन छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले समेत यस पटक आफूहरुले खोजे जस्तै मार्गदर्शन आगामी आवको बजेटले सम्बोधन गर्ने अपेक्षा राखेको
मुस्ताङ। मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ । मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो । यहाँको कठिन भूगोल र यहाँका उच्चस्थानका न्यून मानव वस्ती रहेका स्थानमा वन अनुगमन गर्नका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो ।
गण्डकी। पोखराको अमरसिंह चोकमा अमरसिंह माविको जग्गामा रहेका ५२ वटै टहरा हटाइएको छ । गत वैशाख २९ गते सर्वपक्षीय हस्ताक्षरसहित जेठ ४ गतेभित्र व्यवसायीहरूले आफैँ टहरा हटाउने र जेठ ५ गते महानगरपालिकाले डोजर प्रयोग गर्ने सहमति अनुरुप सबै टहरा हटाइएको पोखरा महानगरपालिका–१२ का अध्यक्ष सन्तोष बाँस्तोलाले जानकारी दिनुुभयो । उक्त स्थानमा विसं २०३८ देखि टहरा बनाएर बस्न थालिएको थियो । अमरसिंह माविको नाममा रहेको यहाँको जग्गा विद्यालयले नै भाडामा लगाएपछि व्यवसायीले भाडामा लिएर टहरा निर्माण गरी विभिन्न व्यवसायहरू गर्दै आएका थिए । व्यावसायिक टहरा व्यवस्थापन गर्ने कार्यमा महानगर प्रमुखसहित अमरसिंह माविका प्रधान
बाजुरा— बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत नगरपालिका अघि बढेको बताएका छन् ।नगर प्रमुख खड्काले पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा नगरपालिका ‘पर्यटन गुरु योजना’ लाई आत्मसात गरेर अघि बढेको बताएका हुन् ।नगरभित्र सम्भावना बोकेका पर्यटकीय क्षेत्रको उजागरको लागी नगरपालिकाले निति तथा कार्यक्रममा ‘पर्यटन गुरु योजना’ बनाई सोही अनुरुप ती क्षेत्रको पर्यटन, प्रबद्र्धन, संरक्षण तथा सम्बद्र्धनमा नगरपालिका लागेको उनले प्रष्ट पारे ।नगरको प्रमुख विकास समृद्धि धार्मिक र पर्यटन क्षेत्र भएकोले पालिका भित्र रहेका व
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) र नेपालस्थित अष्ट्रेलियन दूतावासको सहकार्यमा यहाँ आयोजित ‘नेपाली डायस्पोरा इन अष्ट्रेलिया’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री खनालले गैरआवासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारभित्र छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले त्यसमा कानुनी जटिलता रहेको उल्लेख गर्दै विद्यमान कानुनी संरचनाभ
इलाम— इलामको रोङ गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने र बिहान ९ बजेदेखिनै कार्यालय खोल्ने व्यवस्था लागू गरेपछि स्थानीय तहमा अपेक्षित सेवा प्रवाह हुन नसकेको निष्कर्ष निकाल्दै गाउँपालिकाले आफ्नै सहजता अनुसार निर्णय गरेको हो ।गाउँपालिकाको जेष्ठ ४ गते बसेको कार्यपालिका बैठकले जेष्ठ ६ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालय बाहेक अन्य सबै कार्यालयहरू पुरानै समय तालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार यो व्यवस्था असार मसान्तसम्म लागू हु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.