समाचार

    Showing 3,211-3,220 of 19,097 items.
  • नारायणगढ–मुग्लिन सडकको दिगो समाधान निकाल्न ट्रक व्यवसायी महासंघको माग

    काठमाडौं— नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा देशको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै सरकारलाई दिगो समाधान निकाल्न माग गरेको छ ।महासंघका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईनखोलामा मंगलबार साँझ ४ देखि ५ बजेसम्म लगातार खसेको भीषण सुक्खा पहिरोका कारण सडक अनिश्चितकालका लागि अवरुद्ध बनेको छ ।  निरन्तर पहिरो खसिरहेको, सडक भासिएको र उच्च जोखिम देखिनुले यातायात व्यवसाय गम्भीर संकटमा परेको महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाले बताए ।गत असोज ३ गते साँझ खसेको पहिरो ठूलो मेहनतपछि पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि फेरि म

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 522 पटक पढिएको
  • तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग

    काठमाडौं— नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।बैठकले जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने समेत निर्णय गरेको सापकोटाले बताए । उनले भने, ‘बैठकले घोषित मितिमै निर्वाचन गराउन सरकारको पूर्ण  ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने छ । जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता सम्वाद गरेर समझदारी कायम गर्

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 494 पटक पढिएको
  • राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन

    काठमाडौं— राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेका छन् । आज बुधबार उनले भदौ २४ गतेको आगजनीबाट क्षति भएको संसद भवनको अवलोकन गरेका हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा संसद भवन जलेर ध्वस्त भएको थियो । 

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 475 पटक पढिएको
  • सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु

    बाजुरा— सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चौसाल निवासी सर्जन बुढा रहेका छन् ।  ४० बर्षिय सर्जनलाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप– प्रमुख कमला कुमारी जैशी न्यौपानेले बताएकी छन् ।दृष्टिविहीन बुढालाई मङ्गलबार राती गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो । टोकेपश्चात उपचारको लागी सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको बताईएको छ ।चौसाल निवासी स्थानिय  कलाकार  समेत रहेका सर्जन बुढा गौरीगंगा नगरपालिकाको राजिुरमा बस्दै आएका थिए । उनी अशक्त शरीरका साथै न

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 468 पटक पढिएको
  • लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से

    काठमाडौं— शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ । दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो । यसअघि दुईदिन लगातार बढेको बजार आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो ।यसअघि मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा रोकिएको थियो । नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ । यसदिन कुल ३१७ स्टकको ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका मध्ये १९३ कम्पनीको शेयर

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 427 पटक पढिएको
  • रूपन्देहीमा करेन्ट लागेर दम्पतीको मृत्यु

    बुटवल— रूपन्देहीको गैडहवा गाउँपालिकामा करेन्ट लागेर एकै परिवारका श्रीमान–श्रीमतीको मृत्यु भएको छ।मृत्यु हुनेमा गैडहवा गाउँपालिका–६ निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी ६८ वर्षीया श्रीमती अकाली सिंह सैठवार रहेका छन्।सोमबार बिहान ह्याण्ड पाइपबाट पानी तान्न मोटरको तार जोड्ने क्रममा अकाली सिंहलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए । श्रीमतीलाई जोगाउन दौडिएर पुगेका रामरतनलाई समेत करेन्ट लाग्दा घटनास्थलमै दुबै जनाको मृत्यु भएको डीएसपी कार्कीको भनाइ छ ।प्रहरीका अनुसार मोटरको पावर सकेटमा टुपिन (प्लग) नहुनुका कारण नाङ्गो तार सिधै जोड्दा करेन

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 444 पटक पढिएको
  • काठमाडौं महानगरले यस वर्षको दसैँमा फोहोर सङ्कलन नगर्ने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले दसैंको समयमा तीन दिन फोहोरमैला संकलन सेवा स्थगित रहने जानकारी दिएको छ।महानगरले सार्वजनिक सूचना जारी गर्दै असोज १४, १५ र १६ गते (विजया दशमीको मुख्य दिनहरू) फोहोर संकलन नहुने जनाएको हो।यस अवधिमा फोहोर व्यवस्थापनमा खटिने कर्मचारीहरू समेत चाडपर्वका लागि घर जाने व्यवस्था गरिएको र अन्तिम फोहोर विसर्जन स्थल (ल्यान्डफिल साइट) समेत बन्द रहने भएकाले सेवा स्थगन गरिएको स्पष्ट गरिएको छ।महानगरले सो समयमा घरबाट निस्कने फोहोर स्रोतमै छुट्याई सुरक्षित तरिकाले व्यवस्थापन गर्न सबै नागरिकलाई आग्रह गरेको छ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 451 पटक पढिएको
  • मलद्वारमा लुकाएर सुन ल्याउँदै गरेका भारतीय नागरिक विमानस्थलमा पक्राउ

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन लुकाएर ल्याउँदै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्।मंगलबार दिउँसो विमानस्थलको आगमन भन्सार क्षेत्रबाट पक्राउ पर्ने व्यक्ति ४८ वर्षीय रोनक मदनी रहेको विमानस्थल प्रहरीले जनाएको छ। भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका मदनीको शारीरिक हाउभाउ शंकास्पद देखिएपछि प्रहरीले थप जाँच गरेको थियो।प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको थियो। त्यहाँ गरिएको भिडियो एक्सरेबाट मलद्वारभित्र लुकाइएको अवस्थामा तीनवटा डल्लामा राखिएको ८३५ ग्राम सुन फेला परेको हो।बरामद गरिएको सुन अवैध रूपमा

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 516 पटक पढिएको
  • मतदाता नामावलीसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी

    काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।प्रधानमन्त्री सुशीला कार्कीसँग भेट भएलगत्तै बुधबार उनले अध्यादेश जारी गरेका हुन्। जेनजी मतदातालाई सहभागी गराउनका लागि मतदाता नामावलीमा नाम लेखाउने अवसरका लागि मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश सिफारिस भएको थियो।उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 297 पटक पढिएको
  • ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास र माया अनुबन्धित

    काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् ।गुरुङ सिनेमाका चर्चित अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, फिच्यो र सिरसुवामा अभिनय गरेका छन् । यता, अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मा अभिनय गरिसकेकी छन् । यी दुवै गुरुङ सिनेमाबाट पहिलो पटक नेपाली रजतपटमा डेब्यु गर्न उत्साहित रहेको बताए ।त्यसमाथी गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा प

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 164 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा