समाचार

    Showing 3,171-3,180 of 19,097 items.
  • कात्तिक मसान्तसम्म मतदाता नामावली अद्यावधिक हुने, १८ वर्ष पुग्ने सबैलाई मतदानको अधिकार

    काठमाडौं— निर्वाचन आयोगले कात्तिक मसान्तसम्म देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको छ।बिहीबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेसँगै आयोग सक्रिय भएको हो।यस अन्तर्गत आगामी फागुन २० गतेभित्र १८ वर्ष पूरा गर्ने सबै नेपाली नागरिकलाई मतदानको अधिकार हुने व्यवस्था मिलाइएको छ। आयोगका अनुसार हाल १६ वर्ष उमेर पुगेका र नागरिकता प्राप्त गरेका नेपाली नागरिकले पनि नामावलीमा दर्ता गर्न सक्नेछन्। यसको लागि उनीहरूले प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क ग

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 444 पटक पढिएको
  • विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने

    काठमाडौँ, ९ असोजः नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ । पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न÷नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रवन्धक हङ्सराज पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गर

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 168 पटक पढिएको
  • घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

    काठमाडौँ, ९ असोजः घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरु गन्तव्यस्थलमा गएकाहरुको हो । नेपाल याता

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 186 पटक पढिएको
  • भक्तपुरमा राँगाको व्यापार : ९० हजारदेखि एक लाख रुपैंयाँसम्मका राँगा रोजाइमा

     भक्तपुर । दशैँको लागि भनेर भक्तपुरको महेश्वरी खेल मैदानमा राँगाको व्यापार सुरु भएको छ । हरेक वर्ष दशैँ विशेषका रुपमा राँगाको व्यापार हुने गरेको छ ।नेवार समुदायले राँगाको मासु अत्याधिक प्रयोग गर्ने भएकाले पनि दशैँको लागि भनेर विभिन्न जिल्लाबाट राँगा भक्तपुर भित्र्याएका हुन् । दशैंलाई लक्षित गर्दै भक्तपुरको महेश्वरी चौरमा दशैँको लागि भनेर सस्तो व्यापार मेला पनि लाग्ने गरेको छ । राँगा व्यापारी दिपक बुढाथोकीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा रामेछाप मन्थलीबाट दशैँको लागि भनेर ३५ वटा राँगा ल्याएको बताए । उनले ४० लाख लगानीमा ल्याएका राँगाहरु एउटाको ९० हजारदेखि एक लाख रुपैंयाँभन्दा ब

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 215 पटक पढिएको
  • ललितपुर–१ बाट सनोज महतको स्वतन्त्र उम्मेदवारी, कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकार मुख्य एजेण्डा

    काठमाडौं । सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकारको मुख्य एजेण्डा अगाडी सारेका छन् । नागरिक पहिलो अभियानका अभियान्ता समेत रहेका महतले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी फागुन २१ गते हुने निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।पछिल्लो समयमा ‘दलतन्त्र नै लोकतन्त्र हो भनेर पार्टी नेताहरुले लाोकतन्त्रको नाममा दलतन्त्र र नेता तन्त्र थोपरेको’ भन्दै स्वतन्त्र उम्मेदवारी दिएको जिकिर उनले गरेका छन् । नेता र नेताहरुका आसेपासेले देशलाई भ्रष्टाचारको आहाल बनाएकोले जेन्जीहरुको आन्दोलन

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 218 पटक पढिएको
  • भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश स्वीकृत

    काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश २०८२ स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको बताएका छन् । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेनजी आन्दोलनको क्रममा देशमा ठूलो धनजनको क्षति भएको भन्दै त्यसको पुनःनिर्माण गर्ने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले असोज ५ गते गरेको निर्णय अनुसार भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश २०८२ स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको बताएका हुन् । उनले भने, ‘भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको छ । उक्त

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 195 पटक पढिएको
  • केन्द्रीय कारागारबाट भागेका २० जना भक्तपुरमा पक्राउ

    काठमाडौं— भदौ २४ गतेको प्रदर्शनपछि केन्द्रीय कारागारबाट भागेका २० जना कैदी भक्तपुरबाट पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार पक्राउ परेकामध्ये १९ जना पुरुष र १ जना महिला छन्। उनीहरूलाई फिर्ता लगेर केन्द्रीय कारागार, जगन्नाथदेवमा बुझाइएको छ।प्रदर्शनपछि देशभरका २८ वटा कारागार र ९ बालसुधार गृहबाट १४,५४९ जना कैदीबन्दी भागेका थिए।त्यसमध्ये बुधबारसम्म ७,७३५ जना पुनः नियन्त्रणमा आइसकेका छन्। अझै ६,८१३ जना फरार छन्।यसबीच, भाग्ने क्रममा सेनाको गोली लागेर १० जनाको मृत्यु भएको पुष्टि भएको छ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 479 पटक पढिएको
  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन् । बिहीबार आयोजीत पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् । देशमा स्थिरता नभएसम्म सुशासन र समृद्धि नहुने भन्दै भने, ‘लोकतान्त्रिक स्थिरताको निम्ती शासकीय प्रणालीमा समय अनुसार सुधार गर्नैपर्छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै हो । प्रधानमन्त्री भन्ने वहस पनि छ तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन,’

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 117 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

    पोखरा— कास्कीको पोखरा–१ हरिचोकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।दुर्घटनामा पोखरा–२५ हेम्जा क्रान्तिटोलका २५ वर्षीय मानदेव गुरूङ गम्भीर घाइते भएका थिए। उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।ग ३ प ७३१७ नम्बरको मोटरसाइकल ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ग १ ख ९९६१ नम्बरको ट्रक र मोटरसाइकलका चालक दुवैलाई प्रहरीको नियन्त्रणमा लिइएको कास्की प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 424 पटक पढिएको
  • जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो

    काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ ।नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ८ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २ हजार ९८८ दाबी दर्ता भएका छन् । ती बीमा दाबीहरूको रकम २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ ।प्राधिकरणका अनुसार सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३०७ दाबीमार्फत ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यसपछि ओरिएन्टल इन्स्योरेन्सले ८६ दाबीमार्फत ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १९६

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 166 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा