समाचार

    Showing 3,141-3,150 of 14,963 items.
  • काठमाडौं महानगरः हाजिर गर्न पुगेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ गेटमै रोकिएपछि...

    काठमाडौं— काठमाडौं महानगरपालिकामा तनाव भएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज महानगरपालिकामा हाजिर हुन पुगेका थिए ।तर मेयर बालेन शाहले गेटमै नगर प्रहरी तैनाथ गरेपछि थप तनावको अवस्था सिर्जना भएको हो ।कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गरेपछि नगर प्रहरीले हस्तक्षेप गरेपछि तनावको अवस्था भएको हो । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेक

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 253 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले थाइल्याण्डका उद्योगीसँग छलफल गरे, कृषि र प्रविधिमा लगानी गर्न व्यवसायी इच्छुक

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डमा रहेका उद्योगी व्यवसायीहरुसँग छलफल गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाल—थाइल्याण्डबीच दौंत्य सम्बन्ध कायम भएको लामो समय भइसकेको र दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताए ।नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेशमा बस्नु नपरेको र समान गरिबीबाट उठ्न खोजेका दुवै देशमध्ये नेपाल धेरै नै अघि बढिसकेको बताए । पछिल्लो दशमा थाइल्याण्डले विकास गरेको प्रविधि, हाँसिल गरेको समृद्धि र गरिबी निवारणमा अख्तियार गरेका नीतिहरुका कारण अहिले समृद्ध म

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 230 पटक पढिएको
  • आज छ वटा समितिका बैठक बस्दै

    काठमाडौँ । ‘मिनी संसद्’का नामले पनि परिचित सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठक आज हुँदैछन् । संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र आर्थिक मामिला तथा सुशासन समितिका बैठक बिहान ११ः०० बजे हुँदैछन् । त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक  भने बिहान ११ः३० बजे हुने भएको छ ।शिक्षा समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 174 पटक पढिएको
  • यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय)

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 174 पटक पढिएको
  • ‘समर शेड्युल’ नहुँदा विमानस्थल फेरि सुनसान

    भैरहवा (रूपन्देही) । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल एकपटक फेरि सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएको कारण सुनसान बन्न पुगेको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमान बन्द हुनु संजोग मात्र हुन नसक्न

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 117 पटक पढिएको
  • काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

    काठमाडौँ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन् । हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन् । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन् ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको तथा लुम्बिनी प्रद

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 151 पटक पढिएको
  • आज वासन्ती छठ पर्वको व्रत र सझियाघाट

    महोत्तरी । महोत्तरीसहित मधेसका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको रौनक छ । बोलीचालीमा चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुुले आज षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ । आज साँझ नै व्रतालुुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्ति

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 130 पटक पढिएको
  • खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

    तानसेन (पाल्पा) । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् । आफ्नो पहिचान र मुद्दाबारे यस समुदायका केही व्यक्तिहरू सङ्गठित हुन थालेपछि लुकेर बसेकाहरू विस्तारै खुल्न थालेका हुन् । पाल्पामा २२ जना यौनिक अल्पसङ्ख्यक नागरिक खुलेर आएका छन् । हाल यहाँ हुने कार्यक्रममा पनि आफ्नो पहिचानसहित उनीहरू खुलेर आउन थालेका छन् । हालै साहसी कदम नेपालको आयोजना र तानसेन नगरपालिकाको सहयोगमा भएको यौनिक तथा अल्पसङ्ख्याक समुदायको तथ्याङ्क सङ्कलनका लागि अन्तरक्रिया र सचेतना कार्यक्रममा जिल्लाका २२ जना व्यक्ति खुलेरै उपस्थित भए । आफ्ना व

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 149 पटक पढिएको
  • मानव सेवा आश्रमद्वारा रु एक करोडको अक्षयकोष स्थापना

    झापा । सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि मानव सेवा आश्रमले झापामा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ ।सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरणपोषण र हेरचाहका लागि दिगो स्रोत जुटाउन अक्षयकोष स्थापना गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए । अक्षयकोषमा जो कोही दाताहरूले रकम प्रदान गर्नसक्ने र त्यसरी प्राप्त कोषको ब्याजबाट आश्रितहरूको दैनन्दिनको खर्च जुटाउन सहज हुने उनको भनाइ छ । समाजसेवी नीलकण्ठ तिवारीले अक्षयकोषका लागि आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा रु एक लाख ११ हजार १११ प्रदान गरेर सहयोगको थालनी गरिएको छ । मेचीनगर

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 167 पटक पढिएको
  • बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ३० पैसा र बिक्रीदर ९५ रूपैयाँ ७२ पै

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 142 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा